किन जलिरहेको छ संसार ?

निरन्तर चलिरहने संसार हो । आजमात्र होइन सदीयौँदेखि चलिरहेको हुनाले यसलाई संसार भनिएको होला ? संसार परिवर्तनशील भएको हुनाले यसलाई संसार भनिएको हो । सम् सारयति इति संसार पनि भनिएको पाइन्छ । त्यसैले चल्नु र सर्नु यसको नियति पनि हो । यही नियतिमा बाँचेका हामी पनि निरन्तर चलि नै रहेका छौं । हामी चलेको संसारमा हिजो हाम्रा पुर्खा पनि चले । आउँदो पुस्ता पनि यही संसारमा नै चल्ने हो । मानिस भएपछि यसभन्दा उसको चल्ने ठाउँ अन्य कतै छैन । अरू ग्रह मानिस बसोवासका लागि योग्य होलान् । ती ग्रहमा मानव उपस्थिति कमजोर छ । प्रयास भएका छन् । जान सक्लान् वा नसक्लान् त्यो विज्ञानकै हातमा रहेको देखिन्छ । सदा, निरन्तर, विश्राम नलिईकन चल्ने हुनाले नै यसलाई संसार भनिएको हो । त्यसैले यो संसार परिवर्तनशील छ । विगत केही वर्षदेखि युवा आफैंमा विद्रोही बनेर निस्कन खोजेको देखिन्छ । श्रीलंका, बंगलादेश, नेपालमा यो विद्रोहले सत्ता नै परिवर्तन गरिदियो । यी अल्पविकसित मुलुक थिए । विकासका खुड्किला चढ्दै गरेका मुलुक थिए । विकासलाई आत्मसात गर्ने मुलुक थिए । विकासका नाममा राजनीतिमा भ्रष्टाचार, आफन्तवाद, नातावाद, कृपावाद मौलाएको आरोप यस समयमा तत्कालीन शासकलाई लगाइयो । संसारमा परिवर्तन भए र हुँदै पनि छन् । परिवर्तन सधैं हुने पनि होइन । विस्तारै परिवर्तनका खाकाहरू कोरिने गरेको देखिन्छ । हामी र हाम्रो समयभन्दा उत्तरवर्ती समयले जे देखाउने हो, त्यही देख्नु नै आजको नियति बनेको छ । संसारमा जन्मिएको मानिस जीवननिर्वाहका लागि अनेक प्रकारका संघर्ष गर्दै जान्छ । उसले गरेका संघर्ष नै जीवनमा हरेक पलका लागि सुरक्षित र आरामदायी हुने गर्दछन् । विगत केही वर्षयता संसारको नियति नै परिवतर्तनको पक्षमा देखापरेको पाइन्छ । संसार परिवर्तन हुँदै संसारको सबैभन्दा व्यवस्थित प्रजातान्त्रिक व्यवस्थामा प्रवेश गरेको हो । संसारका विकसित मुलुकले यही कुरालाई अल्पविकसित र विकासोन्मुख मुलुकका लागि शिक्षा बनाएका छन् तर मानिसले यस परिवर्तनलाई पनि स्वीकार गर्न सकेन किन ? आज यसैको उत्तर संसारमा खोजिन थालेको देखिन्छ । प्रजातान्त्रिक व्यवस्था र यसले निर्वाह गरेका भूमिका कमजोर हुन् भने अर्को व्यवस्था के ? यही उत्तर खोजिररहको छ आजको मानिस । युवामा विद्रोह किन ?विगत केही वर्षदेखि युवा आफैंमा विद्रोही बनेर निस्कन खोजेको देखिन्छ । श्रीलंका, बंगलादेश, नेपालमा यो विद्रोहले सत्ता नै परिवर्तन गरिदियो । यी अल्पविकसित मुलुक थिए । विकासका खुड्किला चढ्दै गरेका मुलुक थिए । विकासलाई आत्मसात गर्ने मुलुक थिए । विकासका नाममा राजनीतिमा भ्रष्टाचार, आफन्तवाद, नातावाद, कृपावाद मौलाएको आरोप यस समयमा तत्कालीन शासकलाई लगाइयो । ती शासक, जसले जीवनका रहेक पल आफ्नोमात्र भलो गरे । देश र देशका जनताका हकमा ती शासकले व्यवस्थित गर्न सकेनन् भन्ने आरोप पनि लगाइयो । यो सत्य थियो वा थिएन । केही प्रतिशत सत्य थियो होला तर सबै सत्य भने होइन । शासन व्यवस्थामा आफ्नालाई पोस्न खोज्नु कदापि ठीक होइन तर शासकीय मर्यादामा राजनीतिकर्मीले गरेको संघर्ष र योगदानलाई बिर्सन पनि सकिँदैन । उनीहरूको योगदानबाट आज हामी खुला संसारमा विचरण गरिरहेका छौं । लेखन, वाक्स्वतन्त्रता, राजनीतिक भेला आदिको स्वतन्त्रता ती राजनीतिक दलका नेताले नै हामीलाई सुम्पेका हुन् र आज हामी उनीहरूले दिएको स्वतन्त्रतामा बाँचिरहेका छौं । अल्पविकसित मुलुकमा भ्रष्टाचार मौलायो । हामी भ्रष्टाचारविरोधी हौं । हामीले देशलाई नै सर्वोपरी मानेका छौं । देश रहेमात्र हामी र हाम्रो अस्तित्व रहन्छ भन्ने युवा शासनका विरुद्ध उत्रियो । धेरै दिन नभई केही दिनमै सत्ता परिवर्तनको खाका नेपालका हकमा ती युवाले कोरे । आज कतिपय मुलुक ती युवाको हातमा रहेको देखिन्छ । तर परिवर्तन र देशको विकास खोइ ? समाज सुधारको अपेक्षा बोकेका युवालाई समाजसुधारको खाका खोइ ? बेरोजगारी समस्याको अन्त्य खोइ ? समस्या ज्युँका त्यूँ देखिने सत्ता परिवर्तन नै आधार हो र ? यो पक्कै पनि होइन । समस्याको समाधान आजको संसारमा हामीबाट नै गरिनुपर्दछ । समस्यालाई समाधानको बाटोमा लैजानु आवश्यक छ । समस्या जस्ता छन् त्यस्तै रूपमा राख्न सकिँदैन र हुँदैन पनि । यही आधारमा गतिशील बन्ने हो संसार । अविकसित, अल्पविकसित, विकासोन्मुख मुलुक जले । परिवर्तन भए । त्यो ठीक थियो भन्ने विकसित मुलुक पनि आज जलिरहेका छन् किन ? ती मुलुकमा पनि यस किसिमको परिवर्तन आवश्यक थियो र ? ती मुलुक पनि विकासका माध्यमबाट अघि बढ्न नसकेका हुन् र ! यदि यो सत्य हो भने ती मुलुकले विकासोन्मुख मुलुकलाई शिक्षा दिनुको औचित्य के ? यही प्रश्न आजको विश्वमा अनुत्तरित देखापरेको पाइन्छ । आजको विद्रोह एशियमा मात्र होइन युरोपमा पनि देखियो । आज आएर फ्रान्स, इटाली, बेल्जियम, स्पेन, पोर्चुगल, अल्बानिया जस्ता विकसित मुलुक जलिरहेका छन् किन ? यी त विकसित मुलुक मानिन्छन् । विकासबाट हामीले अन्य मुलुकलाई देखाएका छौं भन्ने देश किन जलिरहेका छन् । यही बुझ्ने प्रयासमा आज संसार लागेको छ तर बुझेको छैन । यो युवामा आएको असन्तुष्टिको आधार के हो ? सत्ता परिवर्तन वा देशको सुधार हो । नेतृत्वमा रहेको व्यक्ति वा पार्टीले यस तथ्यलाई बुझ्नु अति आवश्यक देखियो । विकास नै सबै हो ?नेपाल गत साल भदौ २३ र २४ गते जल्यो । सत्तामा परिवर्तन भयो । निर्वाचन भएर वैधानिक सरकार पनि आयो तर जनता जस्ताको त्यस्तै किन ? यही हो परिवर्तन र ! युरोप जलिरहेको छ अथवा भनौं आन्दोलनको राप भोगिरहेको छ । त्यहाँ पनि समस्या यिनै छन् । बेरोजगार, महँगी, भ्रष्टाचार आदि किन यस अवस्था आए ? भारतमा पनि वर्तमान प्रधानमन्त्रीविरुद्ध कक्रोच पार्टी वा युवा आन्दोलनमा छ । भारतलाई विश्वमा चिनाउने र भारतको चौतर्फी विकासमा पूर्ण सहयोगी बनेर आएका मोदीविरुद्ध पनि आन्दोलन छेडियो । नरेन्द्र मोदी भारतको इतिहासमा शक्तिशाली प्रधानमन्त्री हुन् । प्रविधिले मानिसको रोजगारी खोस्यो । प्रविधिको सम्पन्नताले मानिसलाई बेरोजगार बनायो । प्रविधिबाट बाँच्न खोज्यो मानिस । प्रविधि र विकासले संसारलाई एकसूत्रमा बाँध्यो पनि । विकसित मुलुक देश र देशवासीका समस्याको समाधानमा भन्दा आणविक हातहतियारको निर्माणमा सक्रिय रहे । आफूलाई शक्तिशाली बनाउनु नै उनीहरूको ध्येय देखियो । जसले गर्दा युवा बेरोजगार भयो । उनले देशको विकासका लागि पूर्णरूपमा आफूलाई समर्पित गरेका छन् । सुधारका नाममा आएको यो आन्दोलनको औचित्य के ? प्रश्न यहाँ पनि अनुत्तरित नै छ । युवामा विद्रोही स्वभाव हुन्छ । यस स्वभावले उसलाई जीवननिर्वाहका लागि गतिशील तुल्याएको पनि हुन्छ तर आजको विश्वका युवा पूर्णतः विज्ञानप्रेरित छन् । संसार हेरेको छ । संसारमा विज्ञानले गरेको परिवर्तनको आधार बुझेको छ । विकसित मुलुक जल्नुमा पनि युवा नै अघि आउनुका कारण के हुन् ? युवामा देखिएको यो विद्रोहको आगोका कारण यो संसार जलिरहेको छ । विकसित मुलुक आफ्नो प्रतिष्ठा वा आफ्नो पहिचान कसरी सुरक्षित राख्ने भन्ने चिन्तामा छन् । विकासोन्मुख मुलुक कसरी विकास गर्ने भन्ने सोचमा छन् तर आजको विश्वमा देखापरेको विज्ञानको चमत्कारले देखाएको आधार भने भिन्नरूपमा आएको पाइन्छन् । प्रविधिले मानिसको रोजगारी खोस्यो । प्रविधिको सम्पन्नताले मानिसलाई बेरोजगार बनायो । प्रविधिबाट बाँच्न खोज्यो मानिस । प्रविधि र विकासले संसारलाई एकसूत्रमा बाँध्यो पनि । विकसित मुलुक देश र देशवासीका समस्याको समाधानमा भन्दा आणविक हातहतियारको निर्माणमा सक्रिय रहे । आफूलाई शक्तिशाली बनाउनु नै उनीहरूको ध्येय देखियो । यो ध्येयमा लागिरहेका उनीहरूमा जनताका आवश्यक र जीवन बाँच्नका लागि चाहिने आधार दिन सकेनन् । जसले गर्दा युवा बेरोजगार भयो । बेरोजगारी समस्या र महँगो जीवनशैलीमा बाँच्न चाहेको मानिस आवश्यकतालाई पूर्ति गर्ने स्रोत भेटन् नसक्ने अवस्थामा पुग्यो । यस अवस्थाको जीवन्त नमुना आजका युवामा देखापरेको पाइन्छ । मानिसमा सहनशीलता हुनुपर्ने हो । त्यो कमजोर बनेको छ । मानिसमा सद््भाव र भाइचारा हुनुपर्ने हो त्यो देखिँदैन । विकास, विकास, विकास नै रटानमा देखापरेको पाइन्छ । विकास र प्रविधिको द्रुत उन्नति नै आजको आगाको केन्द्र बने । यही अवस्था रहेमा संसार समाप्त हुनका लागि प्रलय होइन विद्रोह नै केन्द्रीय आधार हुने कुरालाई अस्वीकार गर्न सकिँदैन । भौतिक संसारले देखाएको यो बाटो कठिन बन्ने तथ्यलाई नकार्न पनि सकिँदैन । विकासले मानिसलाई सम्पन्न मात्र होइन आलसी पनि बनाएको छ । उसका हरेक काम प्रविधिले गरिदिएको छ । ऊ आज अन्यमनस्क बनेको छ । यही अन्यमनस्क नै विद्रोह हो । यो विद्रोह सबै मुलुकका लागि अभिसाप बन्नसक्ने तथ्यलाई नकार्न सकिँदैन । युरोप जल्नुमा कारक जे भए पनि आज संसार जलिरहेको छ । यो जल्ने संसारलाई मानिसका व्यवहार र राजनीतिको मूल बाटोले नै समाधान गर्न सक्छ । त्यसैले विकास सबै होइन । मानवता, मानवीय भावन र आध्यात्म नै शान्तिको मार्ग हो । यही मार्गले मानिसलाई उसको पहिचान दिलाउने कुरालाई कसैले पनि नकार्न सक्दैन । जल्नु संसारको नियति हो भने मानवतालाई यो नियति चाहिँदैन ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

विपत्बिच बढ्यो विद्युत् निर्यात
गोरखापत्र समाचारदाताकाठमाडौँ, कात्तिक ९ गते । भोटेकोशी र बुढीगण्डकी नदीमा आएको विनाशकारी बाढीका बिच पनि नेपालको विद्युत् निर्यातमा भने सकारात्मक सुधार देखिएको छ । नेपाल विद्युत् प... ...

एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेन शाहले गर्ने
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन प्रधानमन्त्री बालेन शाहले गर्ने भएका छन् । प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार प्रधानमन्त्री बालेन उद्घाटनका लागि अपराह्न त्रिवि क्रिकेट मैदान जाने... ...

चाँदीजस्तो देखिने सेतो धातुसहित चार जनालाई पक्राउ
काठमाडौं । कारको फल्स बटममा लुकाएर ल्याएको १४ किलो १८० ग्राम चाँदीजस्तो देखिने सेतो धातुसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ। हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोइन्ट नजिकबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा भारतको रक्सोल निवासी करिब ५० वर्षीय कार चालक रमेश कुमार साह सोनार, उनकी श्रीमती करिब ४२ वर्षीया चन्दा देवी सोनार, उनीहरूका १७ वर्षीय छोरा र चालककी भान्जी ...

प्रधानमन्त्री शाह एनपीएल उद्घाटनमा सहभागी हुने
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्घाटनमा सहभागी हुने भएका छन् । प्रधानमन्त्री शाहकी प्रेस विज्ञ दीपा दाहालले प्रधानमन्त्री एनपीएलको उद्घाटनमा सहभागी हुने बताइन् । कीर्तिपुर जानुअघि प्रधानमन्त्री शाहले फेसबुकमार्फत शुभकामना पनि दिएका छन् । उद्घाटन दिउँसो ५ बजे हुनेछ । ...


