Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

किन अस्तव्यस्त बनिरहेको छ अमेरिकाको हवाई सेवा ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
किन अस्तव्यस्त बनिरहेको छ अमेरिकाको हवाई सेवा ?
Photo / Coverage: केन्द्रबिन्दु

वासिङ्टन । अमेरिकामा प्राविधिक समस्याका कारण शुक्रबार राष्ट्रव्यापी रूपमा हवाई उडान रोकिएपछि हजारौँ यात्रु प्रभावित भएका छन् । चार घण्टाभन्दा बढी समयसम्म जारी उडान रोक स्थानीय समय शनिबार राति करिब ८ः१५ बजे अन्त्य भएपछि केही आन्तरिक उडान पुनः सञ्चालनमा आएका छन् । यद्यपि, उडान सेवा पूर्ण रूपमा सामान्य हुन अझै समय लाग्ने अधिकारीहरूले बताएका छन् । अमेरिकी संघीय उड्डयन प्रशासन ‍(एफएए)का अनुसार शुक्रबारको अवरोधका कारण निर्धारित उडानमध्ये करिब १२ हजार उडान सञ्चालन हुन सकेनन् । शनिबारका लागि निर्धारित ४१ हजार उडानमध्ये करिब पाँच हजार उडान रद्द गरिएको थियो । पछिल्लो २५ वर्षयताकै सबैभन्दा लामो उडान रोकका कारण देशका विभिन्न विमानस्थलमा यात्रु अलपत्र परेका थिए । एफएएका प्रशासक ब्रायन बेडफोर्डले शनिबार हवाई यातायात प्रणाली स्थिर र सञ्चालनमा रहेको जानकारी दिए । उनले उडानमा अझै ढिलाइ तथा रद्द हुने समस्या देखिए पनि आइतबारसम्म सेवा पूर्ण रूपमा सामान्य अवस्थामा फर्किने अपेक्षा गरिएको बताए । “आज पनि उडानमा ढिलाइ र रद्द हुने समस्या रहनेछ, तर यसले भोलिसम्म पूर्ण रूपमा सेवा पुनः सञ्चालन गर्न सहयोग गर्नेछ,” बेडफोर्डले भने । उनले यात्रुहरूलाई परेको असुविधाप्रति क्षमायाचना गर्दै हवाई यातायात नियन्त्रक, विमान चालक तथा परिचारिकाहरूको कामको प्रशंसा गरे । यसैबीच, अमेरिकी गृह सुरक्षा मन्त्री मार्कवेन मुलिनले उक्त समस्या साइबर आक्रमणका कारण भएको कुनै संकेत नरहेको र यसबाट कसैको ज्यान जोखिममा नपरेको बताएका छन् । यातायातमन्त्री सिन डफीका अनुसार शुक्रबार दिउँसो दुर्गम क्षेत्रमा रहेको हवाई यातायात प्रणालीको पुरानो तामाको तारलाई नयाँ फाइबर तारले प्रतिस्थापन गर्ने काम भइरहेको थियो । प्रणालीको एउटा भाग स्तरोन्नति भइरहेका बेला अत्यधिक भारका कारण समस्या उत्पन्न भएको उनले जानकारी दिए । प्रभावित यात्रुलाई राहत दिन विभिन्न विमान कम्पनीले टिकट परिवर्तन शुल्क हटाएका छन् । उडान रद्द भएका यात्रुले अर्को उडानमा निःशुल्क स्थानान्तरण वा टिकटको पूर्ण रकम फिर्ता पाउने व्यवस्था गरिएको छ । केही कम्पनीले शुक्रबार र शनिबारका यात्रुका लागि मात्र नभई आइतबार र सोमबारका लागि टिकट बुक गरेका यात्रुलाई समेत यो सुविधा विस्तार गरेका छन् । अधिकारीहरूले अमेरिकी हवाई क्षेत्र सुरक्षित रहेको र सेवा क्रमशः सामान्य अवस्थामा फर्किरहेको बताएका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
प्रयोगकर्ताका निजी तस्बिरमा पहुँच बनाएको भन्दै मेटालाई ८० करोड ५० लाख युरो जरिवाना
Latest NewsJust now

प्रयोगकर्ताका निजी तस्बिरमा पहुँच बनाएको भन्दै मेटालाई ८० करोड ५० लाख युरो जरिवाना

काठमाडौं । इटालीको डेटा संरक्षण निकायले सामाजिक सञ्जाल कम्पनी मेटा प्लेटफर्म्सलाई ८० करोड ५० लाख युरो जरिवाना तोकेको छ। एन्ड्रोइड प्रयोगकर्ताको अनुमति र जानकारीबिना उनीहरूका व्यक्तिगत तस्बिर तथा भिडियोमा पहुँच बनाएको ठहर गर्दै नियामक निकायले यस्तो कारबाही गरेको हो। निकायका अनुसार मेटाको उक्त गतिविधिबाट इटालीका करिब दुई करोड एन्ड्रोइड प्रयोगकर्ता प्रभावित भएका छन्। नियामक निकायले जारी गरेको विज्ञप्तिअनुसार फेसबुक एपमा रहेको एउटा ...

केन्द्रबिन्दु
एनआरएनए टोलीद्वारा सभामुखलाई सम्मेलनको निमन्त्रणा
Latest NewsJust now

एनआरएनए टोलीद्वारा सभामुखलाई सम्मेलनको निमन्त्रणा

काठमाडौं।गैरआवासीय नेपाली संघ (एनआरएनए) का पाँच पूर्व अध्यक्षसहितको प्रतिनिधिमण्डलले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेट गरी आगामी मध्यपूर्व क्षेत्रीय सम्मेलनमा प्रमुख आतिथ्यका लागि निमन्त्रणा गरेको छ। प्रतिनिधिमण्डलले बिहीबार सभामुख अर्याललाई कतारको दोहामा आगामी डिसेम्बर ११ र १२ मा आयोजना हुने नवौं एनआरएनए मध्यपूर्व क्षेत्रीय सम्मेलन–२०२६ को निमन्त्रणा हस्तान्तरण गरेको हो। भेटमा गैरआवासीय नेपाली नागरिकताको प्रभावकारी कार्यान्वयन, गैरआवासीय नेपाली ऐन, नेपालमा लगानी, विप्रेषण तथा ...

नेपालन्युज
छठ पर्वले राष्ट्रिय एकता र सद्‌भाव बढाउँछ :  प्रदेश प्रमुख भट्ट
Latest NewsJust now

छठ पर्वले राष्ट्रिय एकता र सद्‌भाव बढाउँछ : प्रदेश प्रमुख भट्ट

पाेखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले छठ पर्वले प्रकृति र मानव जीवनबीचको सम्बन्ध उजागर गर्नुका साथै राष्ट्रिय एकता र सामाजिक सद्‌भाव अभिवृद्धिमा योगदान पुर्याउने बताएका छन् । छठका अवसरमा आज... ...

रातोपाटी
चौतर्फी आलोचनापछि मनोज गजुरेलले मागे माफी
Latest NewsJust now

चौतर्फी आलोचनापछि मनोज गजुरेलले मागे माफी

काठमाडौं । शनिबार चलचित्र ‘ककाकिकी’ को प्रमोसनका लागि गरिएको एक प्रचारात्मक सामग्रीले सबैको ध्यान खिच्यो । शनिबार चलचित्रको प्रचारका लागि हलमा रहेका बेला गौरी मल्ल र त्यसपछि मनोज गजुरेललाई प्रहरीले पक्राउ गरेको देखाइएको थियो । सुरुमा सबैले प्रहरीले गौरी मल्ल र मनोज गजुरेललाई पक्राउ गरेको भन्दै प्रहरी र सरकारकै आलोचना गरे । तर पछि उक्त […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play