Friday, October 30, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/काराबाओ कप : लिभरपुल र म्यानचेस्टर सिटी क्वाटरफाइनलमा

काराबाओ कप : लिभरपुल र म्यानचेस्टर सिटी क्वाटरफाइनलमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
काराबाओ कप : लिभरपुल र म्यानचेस्टर सिटी क्वाटरफाइनलमा

लण्डन । इंग्लिस लिग (काराबाओ कप)अन्तर्गत चौथो चरणका रोमाञ्चक खेलहरूमा चेल्सी र ब्राइटनलाई पराजित गर्दै लिभरपुल र म्यानचेस्टर सिटीले क्वाटरफाइनलमा स्थान पक्का गरेका छन् । एनफिल्डमा भएको खेलमा लिभरपुलले चेल्सीलाई पेनाल्टी सुटआउटमा ६-५ गोल अन्तरले पराजित गर्‍यो । निर्धारित समयको खेल १-१ गोलको बराबरीमा सकिएको थियो । खेलको ४०औँ मिनेटमा मोर्गन रोजर्सले पेनाल्टीमार्फत् गोल गर्दै चेल्सीलाई अग्रता दिलाउनुभएको थियो । तर, पहिलो हाफको इन्जुरी समयअघि कोडी गाक्पोले पनि पेनाल्टीमार्फत् नै गोल गर्दै लिभरपुललाई १-१ गोलको बराबरीमा फर्काउनुभयो । दोस्रो हाफमा दुवै टोलीले अवसर सिर्जना गरे पनि थप गोल हुन सकेन । त्यसपछि भएको पेनाल्टी सुटआउटमा लिभरपुलका कोस्टास सिमिकास र रायन ग्राभेनबर्च गोल गर्न चुके पनि गोलरक्षक जिओर्गी मामार्दासभिलीले इमानुएल एमेघाको प्रहार बचाउनुभयो । त्यसपश्चात् जो गोमेजले निर्णायक गोल गर्नुभयो भने चेल्सीका वेस्ली फोफानाको प्रहार बारमाथिबाट बाहिरियो । चेल्सीमाथि लिभरपुलको पेनाल्टी सुटआउटमा यो लगातार पाँचौँ जित हो । १० पटकको लिग कप विजेता लिभरपुलले अब क्वाटरफाइनलमा बर्नमाउथको सामना गर्नेछ र यो खेल पनि घरेलु मैदानमै हुनेछ । अर्को खेलमा गोलरक्षक जेरोनिमो रुल्लीले पेनाल्टी सुटआउटमा दुई उत्कृष्ट बचाउ गरेपछि म्यानचेस्टर सिटी काराबाओ कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा ब्राइटनसँगको निर्धारित समयको खेल २-२ गोलको बराबरीमा सकिएको थियो । खेलको ३०औँ मिनेटमा जर्जिनियो रुटरको क्रसमा मालिक याल्कुएलले गोल गर्दै ब्राइटनलाई सुरुवाती अग्रता दिलाउनुभएको थियो । पहिलो हाफ सकिन पाँच मिनेट बाँकी रहँदा माटेओ कोभाचिचले लामो दूरीबाट उत्कृष्ट गोल गर्दै सिटीलाई १-१ गोलको बराबरीमा ल्याउनुभयो । तर, दोस्रो हाफ सुरु भएको दोस्रो मिनेटमा नै रुटरले जाउएन हाजामको पासमा गोल गर्दै ब्राइटनलाई फेरि २-१ ले अगाडि बढाउनुभयो । खेलको ६२औँ मिनेटमा रयान चेर्कीको फ्रिकिकमा भिटर रेसले हेडमार्फत् गोल गर्दै सिटीलाई पुनः २-२ को बराबरीमा पुर्‍याउनुभयो । निर्धारित समयमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेल पेनाल्टीमा धकेलिएको थियो । पेनाल्टी सुटआउटमा सिटीका गोलरक्षक रुल्लीले यासिन आयारी र लुइस डंकको प्रहार उत्कृष्ट ढंगले बचाउँदै टिमलाई जित दिलाउनुभयो । अब सिटीले अन्तिम आठमा लिग वान क्लब ब्राडफोर्ड सिटीसँग खेल्नेछ । काराबाओ कपको चौथो चरणका अन्य खेलहरूमा बर्नमाउथ, क्रिस्टल प्यालेस र सण्डरल्याण्डले पनि आ-आफ्नो खेलमा जित निकाल्दै प्रतियोगिताको अन्तिम आठ (क्वाटरफाइनल) मा आफ्नो स्थान सुरक्षित गरेका छन् । एजेन्सी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

सामूहिक प्रयासमा फूलखेती
ताजा खबरJust now

सामूहिक प्रयासमा फूलखेती

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–३ आँबुगाउँका छ जना किसान मिलेर पहिलोपटक व्यावसायिक सयपत्री फूलखेती सुरु गरेका छन् । तिहारमा स्थानीय फूलको माग पूरा गर्ने र आम्दानी गर्ने उद्देश्यले उनीहरूले पाँच... ...

रातोपाटी
पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन
ताजा खबरJust now

पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन

म्याग्दी । यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको सबैभन्दा बढी प्रभावित अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन गरिएको छ । पाउद्धारसहित अन्नपूर्ण गाउँपालिकाको ५ र ६ नम्बर वडामा पर्ने नेपाने, गिवाङ,... ...

रातोपाटी
नेतन्याहुलाई सत्ताबाट हटाउन आइजेनकोटले थाले सरकार गठनको प्रयास
ताजा खबरJust now

नेतन्याहुलाई सत्ताबाट हटाउन आइजेनकोटले थाले सरकार गठनको प्रयास

इजरायलमा चुनावपछि विपक्षी नेता गादी आइजेनकोटले सरकार गठनको प्रयास सुरु गरेका छन्। यस क्रममा उनले डेमोक्र्याट पार्टीका नेता यायर गोलान, बियाचादका प्रमुख नाफ्ताली बेनेट र विपक्षी नेता यायर लापिडसँग भेट गरेका छन्। आइजेनकोटले प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र उनको लिकुड पार्टीले चुनावी नतिजालाई बदनाम गर्ने प्रयास गरिरहेको आरोप लगा... ...

नेपालखबर
नरैनापुरमै करदाता सेवा, नेपालगन्ज धाउनुपर्ने बाध्यता हट्ने
ताजा खबरJust now

नरैनापुरमै करदाता सेवा, नेपालगन्ज धाउनुपर्ने बाध्यता हट्ने

बाँके । बाँकेको दुर्गम ग्रामीण क्षेत्र नरैनापुर गाउँपालिकामा करदाता सेवा केन्द्र स्थापना भएको छ । गाउँपालिकामै सेवा केन्द्र स्थापना भएपछि स्थानीय उद्योगी, व्यवसायी तथा सर्वसाधारणलाई करसम्बन्धी कामका लागि सदरमुकाम नेपालगन्ज धाउनुपर्ने... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play