कात्तिक १२ गतेदेखि गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी हुँदै

काठमाडौँ । फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान)ले १९ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८३ आयोजना गर्ने भएको छ । तिहार तथा छठ पर्वलाई समेत लक्षित गरी फ्यानले गोदावरी फूलको प्रदर्शनीको आयोजना गर्न लागेको जनाएको छ । ‘रोपेर फूल गोदावरी, सजाऔ घर आँगन वरिपरि’ भन्ने नाराको साथ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी यहि २०८३ कार्तिक १२ देखि १६ गतेसम्म (पाँच दिन) जावलाखेलको खेल मैदान, ललितपुरमा आयोजना हुने उल्लेख गरिएको छ। फ्यानले पुष्प व्यवसायको व्यवसायीक बिकास विस्तार तथा प्रबर्द्धन गर्ने उद्धेश्यले बि.सं.२०५१ साल देखि लगातार रुपमा पुष्प मेला/प्रदर्शनीको आयोजना गर्दै आएको छ। नेपालीहरूको महान चाड तिहार पर्व नजिकीदै गर्दा घर आँगन बगैचा सजाउन तथा स्वागत सत्कारमा बिशेष प्रयोग हुने फूलको सहज उपलब्धता गराउन, गोदावरी फूलको व्यवसायीक प्रवर्द्धन गर्न, समय अनुकूल पुष्पको जातिय विकास एवं गुणस्तरिय उत्पादनमा सहयोग पुऱ्याउनका लागि प्रदर्शनी गर्दै आएको छ । नेपालको एक मात्र बृहत गोदावरी गोदावरी फूल प्रदर्शनी रहेको यस मेलमा व्यवसायिक स्टल ७८, प्लान्ट क्लिनिक स्टल १, अफिसियल स्टल ४, प्रतियोगितात्मक स्टल २, र फोटो सेल्फी स्टल १ गरी जम्मा ८६ वटा प्रदर्शनी कक्षहरु रहने छन् । बिशेष गरि यो प्रदर्शनी गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी रहेकोले गोदावरी फूलको बिबिध बिधामा प्रतिस्पर्धा गराई पुरस्कृत गरिने कार्यक्रमलाई पनि निरन्तरता दिइने जनाएको छ। यस अन्तर्गत प्रदर्शनीमा सहभागी नर्सरी/फर्महरुले उत्पादन गरेको गोदावरी फूलको ५ वटा प्रजातीमा प्रतिस्पर्धा गराईने छ। प्रतिस्पर्धा हुने गोदावरीको प्रजातीहरुमा १) मिनियचर, २) स्पाईडर, ३) रिफ्लेक्स, ४) ईन्कर्भ र ५) गोदावरीको कट फ्लावर प्रजाती रहने छ। मेलामा सहभागी भएको नर्सरी व्यवसायीहरुलाई उत्साह थप्नका लागि उत्कृष्ट स्टल तर्फ पनि प्रतिस्पर्धा गराईने आयोजकले जनाएको छ। साथै यस बर्ष कट-फ्लावर तर्फ उत्कृष्ट पुष्प सजावट बिधा पनि थप गरिएको जानकारी दिएको छ । समग्र प्रतिस्पर्धामा प्रथम, दोस्रो, तेस्रो तथा बिधागत उत्कृष्ट हुने नर्सरी/फर्मलाई सिल्ड, नगद तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिने छ। आयोजकका अनुसार यस मेलामा नेपालमा व्यवसायीक रुपमा उत्पादन हुदै आएको बिबिध जातका गोदावरी फूल बिरुवाहरुको साथै यस बर्ष भित्रिएका नयाँ गोदावरी फूलको केहि प्रजातीका फूल बिरुवाहरुको सहित ४५० भन्दा बढि प्रकारको फूल बिरुवाहरु यस मेलामा प्रदर्शीत तथा बिक्री बितरण हुनेछन्। यसका साथै यस सिजनमा उपलब्ध हुने वा फूल्ने सयपत्री, मखमली तथा अन्य सिजनल फूलहरूका साथै आलंकारिक बोट बिरुवाहरुको समेत प्रदर्शनीमा समाबेश तथा बिक्री बितरण हुने छन् । यस मेलाबाट पुष्प व्यवसाय संचालन गर्न चाहने, घर आगन तथा बगैंचा सजाउन चाहने, फूल विरुवा प्रति अभिरुची राख्ने, यस सम्बन्धी ज्ञान हासिल गर्न चाहने सबैको निम्ति उपयोगी हुने आयोजकको विश्वास छ । पुष्प व्यवसायका क्षेत्रमा भए गरेका नयाँ नयाँ प्रविधि र उपलब्धि सहितका जानकारी पनि मेला स्थलमा नै प्रदान गरिने उल्लेख गरिएको छ। साथै फूल तथा बोट बिरुवाहरुमा लाग्ने रोग किराहरु तथा बिरुवाको स्वस्थता प्ररिक्षण सम्बन्धमा जिज्ञासा भएमा सोको समाधानका लागि बालिरोग बिशेषज्ञहरु सहितको टिमद्वारा मेला स्थलमा प्लान्ट क्लिनिक स्टलबाट सेवा उपलब्ध गराईने उल्लेख गरिएको छ। पाँच दिनसम्म संचालन हुने यस गोदावरी फूलको प्रदर्शनीमा ३९ हजार बढिले प्रत्यक्ष अवलोकन गर्ने साथै एक करोड तीस लाख भन्दा बढिको व्यवसायिक कारोबार हुने अपेक्षा गरिएको छ।
Read Complete Original Article
Published originally on टक्सार
Related News

व्यावसायिक नवप्रवर्तनले अन्तरिक्ष क्षेत्रको स्वरूप बदल्दै, भारतको अन्तरिक्ष उद्योग तीव्र विस्तारमा
प्रणाली र व्यावसायिक अन्तरिक्ष नवप्रवर्तनको उदय ...

अमेरिकी मध्यावधि निर्वाचन : विज्ञापनमै १२ अर्ब डलर खर्च हुने प्रक्षेपण
• अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालको राजनीतिक दिशा निर्धारण गर्ने मध्यावधि निर्वाचन नोभेम्बर ३ मा हुँदैछ, जसमा कङ्ग्रेसका दुवै सदन र ३६ राज्यका गभर्नरका लागि निर्वाचन हुनेछ। • मत सर्वेक्षणमा डेमोक्रेटले राष्ट्रिय स्तरमा अग्रता देखाएका छन्, जबकि ट्रम्पको कार्यसम्पादनप्रतिको अनुमोदन दर ३२ देखि ४१ प्रतिशत बीचमा छ। • यस निर्वाचन चक्रमा राजनीतिक विज्ञापनमा करिब १२ अर्ब अमेरिकी डलर खर्च हुने ...

धनकुटामा ९२ वर्षीया वृद्धाको जलेर मृत्यु
धनकुटाको सागुरीगढी गाउँपालिकामा आगो ताप्ने क्रममा जलेर ९२ वर्षीया एक वृद्धाको मृत्यु भएको छ। सागुरीगढी गाउँपालिका–६ मुक्तेनकी ९२ वर्षीया पबि माया मगरको आगोले जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। प्रहरीका अनुसार आफ्नै आँगनको चुलोमा खोले पकाएर आगो ताप्ने क्रममा उनले ओढेको बर्कोबाट अचानक आगो सल्किएको थियो। आगोबाट कम्मरभन्दा मुनिक... ...

साउनदेखि आजसम्म ४ सचिवसहित ४६४ कर्मचारीले दिए राजीनामा
काठमाडौँ । गत साउन १ गते आर्थिक वर्ष सुरु भएदेखि आजसम्म ४ सचिवसहित ४६४ कर्मचारीले राजीनामा दिएका छन् । राष्ट्रिय किताबखाना (निजामती)ले दिएको जानकारी अनुसार राजपत्राङ्कित र राजपत्र अनङ्कित गरी... ...


