काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा सञ्चालित स्पा तथा मसाज सेन्टरमा व्यावसायिक र सार्वजनिक मर्यादाविपरीत गैरकानुनी गतिविधि भएको सूचनाका आधारमा प्रहरीले १४ जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार प्रहरी टोलीले विभिन्न मसाज सेन्टरमा जाँच गर्दा त्यस्ता गतिविधिमा संलग्न रहेको आरोपमा १४ जनालाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएकाहरूमा १३ नेपाली र एक बंगलादेशी नागरिक रहेका छन् । उनीहरू काठमाडौंका विभिन्न स्थानमा बस्दै आएका व्यक्ति हुन् । प्रहरीले नियन्त्रणमा लिइएका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको जनाएको छ । The post काठमाडौंका विभिन्न मसाज सेन्टरबाट १४ जना नियन्त्रणमा appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
काठमाडौंका विभिन्न मसाज सेन्टरबाट १४ जना नियन्त्रणमा

Read Complete Original Article
Published originally on कर्पोरट खबर






