‘काठमाडौं हरर फिल्म फेष्ट’को दोस्रो संस्करण आरम्भ

काठमाडौं । ‘काठमाडौं हरर फिल्म फेष्ट’को दोस्रो संस्करण आरम्भ भएको छ । शुक्रबार दिउँसो रसियन हाउस काठमाडौंमा महोत्सव सुरु भएको हो । नेपाल फिल्म तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा सुरु भएको महोत्सवले नेपालमा हररसहित विधागत चलचित्र निर्माणलाई प्रोत्साहन गर्ने लक्ष्य राखेको छ । उद्घाटन समारोहमा चलचित्र विकास बोर्डका अध्यक्ष मनिष पण्डित, जापानी दूतावासका उपनियोग प्रमुख यासुहारु सिन्तो, रसियन हाउसकी निर्देशक अनास्तासिया खोख्लोभा, पाकिस्तानी दूतावासका प्रथम सचिव वकास अहमदलगायतको उपस्थिति थियो । अतिथिहरूले संयुक्त रूपमा दीप प्रज्वलन गरी महोत्सव उद्घाटन गर्नुभएको थियो । समारोहमा अध्यक्ष पण्डितले नेपालमा विधागत चलचित्रको प्रवर्द्धन र विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । निर्देशक खोख्लोभाले नेपाल-रुस सांस्कृतिक आदानप्रदानका लागि सहकार्यलाई थप सुदृढ बनाउने बताउनुभयो । महोत्सवमा दर्शकले प्रत्यक्ष मतदानमार्फत दर्शक रोजाइको उत्कृष्ट फिल्म छनोट गर्न सक्ने नयाँ व्यवस्था पनि गरिएको छ । उद्घाटनपछि लेबनानी निर्देशक नादिम ताबेत निर्देशित ८५ मिनेट लामो अरबी भाषाको अलौकिक थ्रिलर फिल्म ‘इन दिस डार्कनेस आई सी यू’ प्रदर्शन गरिएको थियो । फ्रान्स, लेबनान, कतार र साउदी अरबको संयुक्त निर्माण रहेको फिल्मले अलौकिक त्रास र राजनीतिक विषयवस्तुलाई समेटेको छ । कात्तिक १५ गते (नोभेम्बर १) सम्म सञ्चालन हुने महोत्सवमा नेपालसहित विभिन्न देशका हरर तथा अन्य विधागत चलचित्र प्रदर्शन गरिने महोत्सवका निर्देशक रशिक पाठकले बताउनुभयो । महोत्सवले अन्तर्राष्ट्रिय फिल्म प्रदर्शन, दर्शक सहभागिता र सांस्कृतिक आदानप्रदानमार्फत नेपाली चलचित्र क्षेत्रमा विधागत फिल्मको विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

करुवा क्रिकेट क्लबलाई पाल्पा च्याम्पियन्स ट्रफी
जिल्ला क्रिकेट संघपाल्पा र दमकडा क्रिकेट क्लबको आयोजनामा भएको प्रतियोगिताको शुक्रबार सम्पन्न फाइनलमा करुवा क्रिकेट क्लबले पाल्पाली क्रिकेट प्लेयर्सलाई ७६ रनले हरायो । ...

१४ कार्तिक २०८३ : विदेशी मुद्राको भाउ कति?
अमेरिकी डलर रु १५२.२३मा, युरो रु १७०.५४मा र भारतीय रुपैयाँ (सय इकाई) रु १६०.१५मा बिक्री हुने गरी आजको विनिमय दर सार्वजनिक। ...

एनएफएलमा तीन नयाँ क्लब थपिने
काठमाडौं । फुटबल फ्रेन्चाइज नेपाल फुटबल लिग (एनएफएल) ले तीन नयाँ क्लब थप्ने भएको छ । लिगले विराटनगर, धरान, जनकपुर, वीरगन्ज, हेटौंडा, भक्तपुर, नेपालगन्ज र सुर्खेतलगायत सहरलाई आफ्नो प्रतिनिधित्व गर्ने फुटबल क्लब स्थापनाका लागि बोलपत्र पेस गर्न आह्वान शुक्रबार गरेको छ । नयाँ क्लबका लागि बोलपत्र पेस गर्ने अन्तिम मिति ३० कात्तिक तोकिएको छ । बोलपत्र फारामको शुल्क ५० हजार रुपैयाँ ...
_35i8dgh3SR.jpg)
पिन्थलीमा पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध
काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–९ पिन्थलीमा पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयले रोशी गाउँपालिका–८ गिम्दीबेँसीमा पनि पहिरो खसेको जनाउँदै उक्त राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको बताएको... ...


