Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

काठमाडौं महानगरद्वारा ३३६ माला र १४० पुष्पगुच्छा जफत

Share:WhatsAppFacebookX (Twitter)Telegram
काठमाडौं महानगरद्वारा ३३६ माला र १४० पुष्पगुच्छा जफत
Photo / Coverage: नेपालन्युज

काठमाडौं। तिहारलाई लक्षित गरी काठमाडौं महानगरपालिकाले प्लास्टिकजन्य फूल, माला र पुष्पगुच्छाको बिक्रीमा रोक लगाएको छ। महानगर प्रहरी बलले प्रतिबन्धको अवज्ञा गर्दै बिक्रीका लागि राखिएका ३३६ वटा प्लास्टिकका माला र १४० वटा पुष्पगुच्छा जफत गरेको छ। महानगर प्रहरी बल र वातावरण व्यवस्थापन विभागले सार्वजनिक सूचना जारी गर्दै प्लास्टिकजन्य सामग्रीको बिक्री वितरण निषेध गरेका थिए। महानगरका अनुसार चावहिल, मैजुबहाल, मच्छिन्द्रबहाल, कोटेश्वर, जयबागेश्वरी, कालीमाटी, नयाँ बसपार्क र धुम्बाराहीलगायतका स्थानबाट ती सामग्री जफत गरिएको हो। सबैभन्दा धेरै प्लास्टिकका फूल र माला कोटेश्वर क्षेत्रबाट बरामद भएको छ। महानगरले स्वदेशी फूलको प्रवर्द्धन गर्न ३३ वटा बिक्री केन्द्र तोकेको छ। महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीका अनुसार किसानले सहज रूपमा फूल बिक्री गर्न सक्ने व्यवस्था मिलाइएको छ। किसानले थप जानकारीका लागि ०१-५९०१७६३, ०१-५९०१७६४ र ९८५१३५६५०९ मा सम्पर्क गर्न सक्नेछन्। वातावरण संरक्षण ऐन, २०७६ अनुसार नेपालभर प्लास्टिकजन्य माला तथा पुष्पगुच्छाको उत्पादन, आयात, बिक्री र भण्डारणमा रोक लगाइएको छ। महानगरले प्रतिबन्धित सामग्री प्रयोग गरेको पाइएमा वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र प्रचलित आर्थिक ऐनबमोजिम कारबाही हुने चेतावनी दिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पावरप्लेमा धेरै विकेट गुमाउनु हारको मुख्य कारण : कप्तान रोहित
Latest NewsJust now

पावरप्लेमा धेरै विकेट गुमाउनु हारको मुख्य कारण : कप्तान रोहित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौँ गोर्खाजसँग ३६ रनले पराजित भएपछि लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले सुरुवाती ओभरमै धेरै विकेट गुमाउनु हारको मुख्य कारण भएको बताएका छन् । शनिबार... ...

रातोपाटी
ओकाफोरको निर्णायक गोलमा टोटेनहममाथि लिड्सको जित
Latest NewsJust now

ओकाफोरको निर्णायक गोलमा टोटेनहममाथि लिड्सको जित

काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत सम्पन्न खेलमा लिड्सले टोटेनहम (स्पर्स) लाई १–० गोल अन्तरले पराजित गरेको छ । प्रतिस्पर्धात्मक बनेको खेलमा लिड्सलाई जित दिलाउन नोआ ओकाफोरले निर्णायक गोल गरे ।... ...

रातोपाटी
साउदीमा निश्चित पेसामा विदेशी श्रमिकको अवसर खुम्चिँदै
Latest NewsJust now

साउदीमा निश्चित पेसामा विदेशी श्रमिकको अवसर खुम्चिँदै

साउदी अरबले पर्यटन क्षेत्रका ४ पेसामा आफ्ना नागरिकका लागि शतप्रतिशत रोजगारी आरक्षित गरेको छ भने १२ पेसामा ७० र अन्य १२ पेसामा ५० प्रतिशत स्थानीयकरण लागू गरेको छ । त्यस्तै, प्रशासनिक तथा सहयोगी सेवाका ६९ पेसामा पनि शतप्रतिशत रोजगारी आफ्ना नागरिकका लागि आरक्षित गरेको छ । ...

कान्तिपुर
फेवाताल किनारमा मौलिक देउसीभैलो उत्सव हुँदै
Latest NewsJust now

फेवाताल किनारमा मौलिक देउसीभैलो उत्सव हुँदै

कास्की । नेपाली मौलिक संस्कृति र परम्परागत देउसीभैलोको संरक्षण गर्दै पोखराको सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले फेवाताल किनारमा मौलिक देउसीभैलो उत्सव आयोजना हुने भएको छ । पोखरा पर्यटन परिषद्, पोखरा... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play