काठमाडौं फिल्म फेस्टिभलमा शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कात्तिक १३ देखि १५ गतेसम्म आयोजना गर्ने काठमाडौँ फिल्म फेस्टिभलमा भारतीय अभिनेत्री शबाना आजमी, सांघाई फिल्म एकेडेमीका विशिष्ट प्राध्यापक मार्को मुलर, जापानी चलचित्र निर्देशक ताकायुकी नाकामुरा र भारतीय फिल्म प्रोग्रामर दीप्ति डीकुन्हा सहभागी हुने भएका छन् । काठमाडौँको मौलिकता, संस्कृति, परम्परा तथा मूर्त र अमूर्त सम्पदाको प्रवर्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको महोत्सवमा पुराना नेपाली चलचित्रको प्रदर्शन, अन्तरसंवाद, चलचित्रसम्बन्धी विशेष कक्षा, रेड कार्पेट र अवार्ड समारोह सञ्चालन हुनेछन्। महोत्सवमार्फत काठमाडौँका ओझेलमा परेका कथालाई उजागर गर्नुका साथै नेपाली चलचित्र क्षेत्रलाई अन्तर्राष्ट्रिय मञ्चसँग जोड्ने महानगरपालिकाको लक्ष्य छ । महोत्सवमा सन् १९७० र १९८० को दशकमा निर्माण भएका नेपाली चलचित्र ‘कुमारी’ र ‘के घर के डेरा’ विशेष रूपमा प्रदर्शन गरिनेछ। अन्तर्राष्ट्रिय पानोरमा खण्डमा चीन, भारत, अस्ट्रेलिया, मंगोलिया, अमेरिका, फ्रान्स, कोरिया र जर्मनीलगायत देशका चलचित्र देखाइनेछन्। जापानको यामागाता सहरबाट आएको लघु चलचित्र पनि प्रदर्शन गरिने महानगरपालिकाले जनाएको छ । नेपाल पानोरामा सर्ट्सका लागि प्राप्त ७५ चलचित्रमध्ये १० वटा छनोट गरिएका छन् । छनोट भएका प्रत्येक चलचित्रलाई एक लाख रुपैयाँ प्रोत्साहन पुरस्कार प्रदान गरिनेछ । त्यस्तै, ‘मेरो संस्कृति, मेरो सम्पदा’ शीर्षकको युवा लक्षित छोटो भिडियो प्रतियोगितामा प्राप्त ३५ मध्ये ११ वटा भिडियो प्रदर्शनका लागि छानिएका छन् । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः एक लाख ५० हजार, एक लाख र ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । महोत्सवका कार्यक्रम वसन्तपुर, राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डलगायत स्थानमा सञ्चालन हुनेछन् । चलचित्र प्रदर्शन निःशुल्क भए पनि सिट सुरक्षित गर्न टिकट लिनुपर्नेछ। महानगरपालिकाले महोत्सवलाई स्थानीय रचनात्मक उद्योगको विकास, नेपाली चलचित्रकर्मीको क्षमता अभिवृद्धि, सांस्कृतिक सम्पदाको प्रवर्धन र पर्यटन विकासको माध्यमका रूपमा अघि बढाउन लागेको जनाएको छ । The post काठमाडौं फिल्म फेस्टिभलमा शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

अध्यक्ष ओलीबाट मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालको स्मारिका लोकार्पण गरेका छन् । मोरङको उर्लाबारीस्थित प्रतिष्ठानद्वारा मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा अध्यक्ष... ...

इरानी राष्ट्रपति र कतारी अमिरबिच मस्कोमा भेटवार्ता
काठमाडौँ । इरानका राष्ट्रपति मसुद पेजेस्कियनले मस्कोमा आयोजित ऊर्जा मञ्चका क्रममा कतारका अमिर तमिम बिन हमाद अल थानीसँग भेटवार्ता गर्नुभएको इरानी सरकारी सञ्चारमाध्यमले जनाएको छ । इरानी सरकारी टेलिभिजनका अनुसार... ...

एसिया प्यासिफिक मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन ऊर्जामन्त्री श्रेष्ठ बैंककमा
बैंकक, कात्तिक १० गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ थाइल्याण्डको राजधानी बैंकक आइपुग्नुभएको छ । एसिया तथा प्रशान्त क्षेत्रमा दिगो विकासका लागि अन्तरिक्ष अनु... ...

इजरायलमा चुनाव : पूर्वसेना प्रमुखसँग नेतन्याहूको प्रतिस्पर्धा, यस्ता छन् १० रोचक कुरा
काठमाण्डु- इजरायलमा संसदीय निर्वाचनले राजनीतिक वृत्तमा चासो बढाएको छ। मतदानको उच्च दर, प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको सामाजिक सञ्जालमार्फत गरिएको अपिल, पूर्वसेना प्रमुख गादी आइजनकोटको दलसँगको प्रतिस्पर्धा र मत परिणामलाई लिएर उठेका आरोपले निर्वाचनको माहोल गर्माएको छ । मतदानको दिन मंगलबार दिउँसो ४ बजेसम्म ५५.७ प्रतिशत मत खसेको छ। सन् २०२२ को निर्वाचनमा यही समयसम्म ४७.५ प्रतिशत […] ...


