Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

काठमाडौँलाई जलवायु उत्थानशील सहर बनाउने प्रतिबद्धता सकियो जलवायु कार्य सप्ताह

Share:WhatsAppFacebookX (Twitter)Telegram
काठमाडौँलाई जलवायु उत्थानशील सहर बनाउने प्रतिबद्धता सकियो जलवायु कार्य सप्ताह
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । काठमाडौं महानगरपालिकाको नेतृत्वमा आयोजित काठमाडौं जलवायु कार्य सप्ताहबाट प्राप्त सुझाव तथा निष्कर्षका आधारमा ‘काठमाडौँ जलवायु घोषणा, २०८३’ जारी गरिएको छ । मंसिर ७ देखि १३ गतेसम्म सञ्चालन भएको जलवायु कार्य सप्ताहबाट जलवायु न्याय, समावेशी विकास र उत्थानशील सहर निर्माणका लागि सातबुँदे प्रतिबद्धता सार्वजनिक गरिएको हो । घोषणामा जलवायु परिवर्तनका कारण बढ्दो बाढी, पहिरो, अत्यधिक तापक्रम, जलस्रोत संकट र वायु प्रदूषणका असर न्यूनीकरण गर्न स्थानीयदेखि अन्तर्राष्ट्रिय तहसम्म सहकार्य गर्ने उल्लेख छ । त्यस्तै, विद्यालय तहदेखि नै जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण र वातावरण संरक्षणसम्बन्धी शिक्षा तथा व्यावहारिक सीप विकासमा जोड दिइएको छ। विकास निर्माणका योजनामा जलवायु जोखिम मूल्याङ्कन र वातावरणीय संवेदनशीलतालाई अनिवार्य रूपमा समेट्ने प्रतिबद्धता पनि गरिएको छ । काठमाडौँ उपत्यकालाई जलवायु उत्थानशील बनाउन वायु प्रदूषण नियन्त्रण, वर्षाको पानी सङ्कलन, नदी तथा खोलाको पुनर्जीवन, हरित क्षेत्र विस्तार, परम्परागत पानीका स्रोत र सांस्कृतिक सम्पदाको संरक्षण तथा विद्युतीय सार्वजनिक यातायात प्रवर्द्धनलाई प्राथमिकता दिइने घोषणामा उल्लेख छ । घोषणाले महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, विपन्न समुदाय र जोखिममा रहेका बस्तीका नागरिकलाई जलवायु नीति तथा कार्यक्रममा प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ । त्यसैगरी, जलवायु अनुकूलन र न्यूनीकरणका कार्यक्रमलाई नागरिकको दैनिक जीवनसँग जोड्दै स्वच्छ ऊर्जा, फोहोरमैला व्यवस्थापन, मिथेन उत्सर्जन न्यूनीकरण र दिगो उपभोगलाई प्रोत्साहन गर्ने प्रतिबद्धता गरिएको छ । घोषणामा प्रतिबद्धतालाई व्यवहारमा उतार्न कार्ययोजना, समयसीमा, जिम्मेवार निकाय र मापनयोग्य उपलब्धि निर्धारण गरी कार्यान्वयन गर्ने उल्लेख छ। जलवायु वित्त, प्रविधि र ज्ञानमा स्थानीय तहको पहुँच बढाउँदै नियमित अनुगमन र सार्वजनिक जवाफदेहितालाई समेत प्राथमिकता दिइने जनाइएको छ । The post काठमाडौँलाई जलवायु उत्थानशील सहर बनाउने प्रतिबद्धता सकियो जलवायु कार्य सप्ताह appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
दोस्रो पोखरा रात्रिकालीन सडक दौड पुस १० गते
Latest NewsJust now

दोस्रो पोखरा रात्रिकालीन सडक दौड पुस १० गते

पोखरा ।दोस्रो संस्करणको रात्रिकालीन सडक दौड पुस १० गते हुने भएको छ । खेल पर्यटन प्रवर्द्धन, रात्रिकालीन व्यवसाय विस्तार र सडक सुरक्षाको सन्देश प्रवाह गर्ने उद्देश्यले गत वर्षदेखि रात्रिकालीन दौड... ...

रातोपाटी
सीडी र डीभीडी प्रविधिको जग बसाल्ने वैज्ञानिकको ९५ वर्षको उमेरमा निधन
Latest NewsJust now

सीडी र डीभीडी प्रविधिको जग बसाल्ने वैज्ञानिकको ९५ वर्षको उमेरमा निधन

काठमाडौँ । सीडी र डीभीडीजस्ता अप्टिकल सञ्चार माध्यमको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याएका अमेरिकी भौतिकशास्त्री तथा आविष्कारक जेम्स टोरेन्स रसेलको ९५ वर्षको उमेरमा निधन भएको छ । उनकी छोरी क्रिस्टिन रसेलका... ...

रातोपाटी
विश्वभर फेरि फैलिँदै दादुरा, खोपको कमी मुख्य कारण
Latest NewsJust now

विश्वभर फेरि फैलिँदै दादुरा, खोपको कमी मुख्य कारण

काठमाडाैँ। विश्वभर दादुरा रोग नियन्त्रणका लागि हासिल गरिएका उपलब्धि कमजोर हुँदै गएको भन्दै विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले चिन्ता व्यक्त गरेको छ। बालबालिकामा खोपको पहुँच र नियमित खोप लगाउने दरमा... ...

रातोपाटी
यस्तो बन्यो फुर्के खोलामा पन्टुन पुल
Latest NewsJust now

यस्तो बन्यो फुर्के खोलामा पन्टुन पुल

धादिङ । धादिङको गजुरी गाउँपालिका–२ र सिद्धलेक गाउँपालिका–६ स्थित त्रिशूली नदी (फुर्केखोला)मा अस्थायी पन्टुन पुल जडान कार्य सम्पन्न भएको छ। जिल्लाका १३ वटै स्थानीय तहको साझा पहल र लागत साझेदारीमा बर्दियाको कोठियाघाटबाट ल्याइएको पुल आइतबार तयार भएको हो। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले फुर्केखोलाको पक्की पुल बगाएपछि सदरमुकाम धादिङबेँसीसहित उत्तरी क्षेत्रका आठ स्थानीय तहको राष्ट्रिय राजमार्गसँगको सहज सडक सम्पर्क विच्छेद भएको ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement