Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

यस्तो बन्यो फुर्के खोलामा पन्टुन पुल

Share:WhatsAppFacebookX (Twitter)Telegram
यस्तो बन्यो फुर्के खोलामा पन्टुन पुल
Photo / Coverage: हिमालय टाइम्स

धादिङ । धादिङको गजुरी गाउँपालिका–२ र सिद्धलेक गाउँपालिका–६ स्थित त्रिशूली नदी (फुर्केखोला)मा अस्थायी पन्टुन पुल जडान कार्य सम्पन्न भएको छ। जिल्लाका १३ वटै स्थानीय तहको साझा पहल र लागत साझेदारीमा बर्दियाको कोठियाघाटबाट ल्याइएको पुल आइतबार तयार भएको हो। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले फुर्केखोलाको पक्की पुल बगाएपछि सदरमुकाम धादिङबेँसीसहित उत्तरी क्षेत्रका आठ स्थानीय तहको राष्ट्रिय राजमार्गसँगको सहज सडक सम्पर्क विच्छेद भएको थियो। पन्टुन पुल सञ्चालनमा आएपछि पहिलो चरणमा हलुका सवारीसाधन तथा अत्यावश्यक सेवाका सवारीसाधनलाई आवागमनको अनुमति दिइनेछ। त्यसपछि प्राविधिक मापदण्ड र भारवहन क्षमताको परीक्षणका आधारमा क्रमशः अन्य सवारीसाधन सञ्चालन गर्नेबारे निर्णय गरिने पुलका प्राविधिक शशिशेखर वाग्लेले बताउनुभयो । उहाँका अनुसार अत्यधिक भार भएका हेभी सवारीसाधनका हकमा भने तोकिएको क्षमताअनुसार अधिकतम १० टनसम्मका सवारीसाधनलाई मात्र सञ्चालन गर्न दिइनेछ।पन्टुन पुलको ढुवानी, एप्रोच सडक निर्माण, रङरोगन तथा जडानलगायतका काममा करिब ६० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। उक्त खर्च धादिङका १३ वटै स्थानीय तहले संयुक्त रूपमा लागत साझेदारी गरी व्यहोर्ने जनाएको छ।तस्बिरहरुः हीरालाल गुरुङ

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
पाकिस्तानले साउदी पठायो आफ्नो सेना
Latest NewsJust now

पाकिस्तानले साउदी पठायो आफ्नो सेना

मक्का संयुक्त रक्षा सम्झौताअन्तर्गत पाकिस्तानले साउदी अरबलाई सुरक्षा प्रदान गर्न आफ्नो सेना त्यहाँ पठाएको छ। यमनका हुथी विद्रोहीले निरन्तर आक्रमण गरिरहेका बेला पाकिस्तानी सेनाले साउदीलाई आफ्नो रक्षामा सहयोग गर्नेछ। पाकिस्तानले मक्का र मदिनाका दुई पवित्र मस्जिदको सुरक्षामा पनि मद्दत गर्नेछ। साउदी अरेबियाका अनुसार हुथी विद्रोहीले बारम्बार मस्जिदलाई निसाना... ...

नेपालखबर
अमेरिकी सेनाविरुद्ध इरानले स्टारलिङ्क प्रयोग गरेको दाबी
Latest NewsJust now

अमेरिकी सेनाविरुद्ध इरानले स्टारलिङ्क प्रयोग गरेको दाबी

काठमाडाैँ । इरानले अमेरिकी सेनाविरुद्ध सैन्य अभियान सञ्चालन गर्न अमेरिकी अर्बपति एलन मस्कको कम्पनी स्पेसएक्सद्वारा सञ्चालित स्याटेलाइट इन्टरनेट सेवा स्टारलिङ्क प्रयोग गरेको खुलासा भएको छ। द वासिङ्टन पोस्टले शनिबार यस... ...

रातोपाटी
अनुसन्धानका गोप्य सूचना प्रकाशित गरेमा पत्रकारलाई पनि कारबाही गर्ने आईजीपीको चेतावनी
Latest NewsJust now

अनुसन्धानका गोप्य सूचना प्रकाशित गरेमा पत्रकारलाई पनि कारबाही गर्ने आईजीपीको चेतावनी

नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) मनोजकुमार केसीले फौजदारी मुद्दाको अनुसन्धानका क्रममा संकलन गरिएका गोप्य सूचना तथा विवरण प्रकाशित गरेमा पत्रकारलाई पनि कारबाही गर्ने चेतावनी दिएका छन्।  आइतबार प्रहरी महानिरीक्षकको सचिवालयले प्रेस विज्ञप्ति जारी गरी अनुसन्धानका क्रममा रहेको मुद्दाका गोप्य सूचना, विवरण सार्वजनिक भइरहेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। विज्ञ... ...

नेपालखबर
ट्राफिक प्रहरीको व्यवहार नागरिकमैत्री हुनुपर्नेमा जोड
Latest NewsJust now

ट्राफिक प्रहरीको व्यवहार नागरिकमैत्री हुनुपर्नेमा जोड

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले सडकमा परिचालित हुने ट्राफिक प्रहरीलाई सवारी चालक तथा नागरिकसँग सभ्य, शिष्ट र मैत्रीपूर्ण व्यवहार गर्न निर्देशन दिएका छन्। उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आइतबार... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement