Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

काठमाडौँ ल्याइने पशुपन्छीको ढुवानीमा चरम लापरबाही

Share:WhatsAppFacebookX (Twitter)Telegram
काठमाडौँ ल्याइने पशुपन्छीको ढुवानीमा चरम लापरबाही
Photo / Coverage: नेपालन्युज

काठमाडौँ। मासु प्रयोजनका लागि विभिन्न जिल्लाबाट काठमाडौँ ल्याइने पशुपन्छीको ढुवानीमा चरम लापरबाही हुने गरेको पाइएको छ। लामो दूरीसम्म दानापानी नदिई, क्षमताभन्दा बढी सङ्ख्यामा कोचेर तथा उपयुक्त सवारीसाधन प्रयोग नगरी पशुपन्छी ओसारपसार गर्ने गरिएको हो। नेपाल पशु कल्याण तथा वातावरण समाजले गरेको स्थलगत अवलोकन तथा फोटो र श्रव्यदृश्य सङ्कलनका क्रममा विशेषगरी राँगाभैँसी, बाख्रा र कुखुराको ढुवानीमा पशु कल्याणसम्बन्धी मापदण्ड उल्लङ्घन हुने गरेको पाइएको जनाएको छ। समाजले पत्रकार सम्मेलन गरी सुदूरपश्चिमको कैलाली, टीकापुर र अत्तरियालगायत क्षेत्रबाट काठमाडौँसम्म भैँसी ल्याउन ४८ देखि ७२ घण्टासम्म लाग्ने जानकारी दिएको हो। समाजका निर्देशक हरि जोशीका अनुसार उक्त अवधिमा कतिपय पशुलाई पानी र खाना उपलब्ध गराइँदैन। “लामो दूरीको यात्रामा पशुलाई पानी खुवाउने, खाना दिने र आराम गराउने व्यवस्था हुनुपर्ने हो। तर, एउटै ट्रकमा क्षमताभन्दा बढी पशु कोचेर ल्याउने गरिएको छ। यसक्रममा उनीहरूलाई चोटपटक लाग्ने, घाउ हुने र शारीरिक तथा मानसिक पीडा भोग्नुपर्ने अवस्था छ”, उनले भने। उनका अनुसार राँगाभैँसीलाई विशेष प्रयोजनका लागि तयार गरिएका सवारीसाधनको सट्टा तरकारी तथा अन्य सामान बोक्ने ट्रकमा ओसारपसार गर्ने गरिएको छ। कतिपय अवस्थामा साना र ठूला राँगाभैँसीलाई एउटै ठाउँमा राख्ने तथा पर्याप्त स्थान नदिई बाँधेर ल्याउने गरिएकाले उनीहरूलाई थप असहज हुने गरेको छ। कुखुरा तथा बाख्राको ढुवानीमा पनि यस्तै समस्या देखिएको जोशीले बताए। पशुपन्छीमाथि हुने यस्ता व्यवहार न्यूनीकरण गर्न समाजले जनचेतनामूलक अभियानसमेत सञ्चालन गरिरहेको जनाएको छ। ढुवानीका क्रममा देखिएका समस्या उजागर गर्न फोटो तथा भिडियो सङ्कलन गरी सार्वजनिक गर्ने अभियान सुरु गरिएको उनले जानकारी दिए। पशु व्यापार तथा मासु व्यवसायको विरोध नभई व्यवसाय सञ्चालनका क्रममा जनावरमाथि हुने क्रूर व्यवहार रोक्नुपर्नेमा समाजले जोड दिएको छ। “पशु पनि जीवित प्राणी हुन्। उनीहरूलाई पनि भोक, प्यास, डर र पीडा हुन्छ। त्यसैले सुरक्षित ढुवानीको व्यवस्था गर्नु राज्य र सबै सरोकारवाला निकायको दायित्व हो”, जोशीले भने। सरकारले पशु ढुवानीका लागि मापदण्ड बनाए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको जोशीको भनाइ छ। पशु ढुवानी मापदण्डलाई समयानुकूल परिमार्जन गर्ने विषयमा सरकारी निकायले चासो देखाए पनि कार्यान्वयनमा भने प्रगति हुन नसकेको उनले बताए। पशु ढुवानी व्यवस्थित बनाउन विशेष प्रकारका सवारीसाधन प्रयोग गर्नुपर्ने र त्यस्ता सवारीसाधन खरिद तथा सञ्चालनमा व्यवसायीलाई सरकारले सहुलियत र राजस्व छुट दिनुपर्ने उनको सुझाव छ। लामो दूरीमा पशु ओसारपसार गर्दा बीचबीचमा विश्रामस्थल स्थापना गर्नुपर्ने पनि उनले बताए। त्यस्ता केन्द्रमा पशुलाई पानी तथा दाना खुवाउने, आराम गराउने र आवश्यक उपचार गर्ने व्यवस्था हुनुपर्ने उनको भनाइ छ। काठमाडौँमा पशु ढुवानीका कारण उत्पन्न हुने फोहोर तथा सरसफाइको समस्या न्यूनीकरण गर्न चितवन आसपासमै आधुनिक र व्यवस्थित वधशाला स्थापना गर्नु अर्को विकल्प हुन सक्ने जोशीले उल्लेख गरे। समाजका अनुसार काठमाडौँमा राँगाभैँसी तथा अन्य पशुपन्छी कैलाली, टीकापुर, अत्तरिया, नेपालगञ्ज, बर्दिया, नवलपरासी, बारा, जनकपुर र विराटनगरलगायत क्षेत्रबाट ल्याइने गरेका छन्। पशु ढुवानीको अनुगमन प्रणालीसमेत प्रभावकारी नभएको समाजको भनाइ छ। विभिन्न स्थानमा रहेका क्वारेन्टाइन कार्यालयले पशुको स्वास्थ्य प्रमाणपत्रका आधारमा ढुवानी प्रक्रिया अघि बढाउने गरे पनि वास्तविक रूपमा पशुलाई कसरी ओसारपसार गरिएको छ भन्ने विषयमा पर्याप्त स्थलगत अनुगमन हुन नसकेको जोशीले बताए। उनले पशु सेवा विभाग, क्वारेन्टाइन कार्यालय, ट्राफिक प्रहरी, पशु खरिदबिक्री व्यवसायी तथा ढुवानी व्यवसायीबीच समन्वय र सहकार्य बढाएर पशु ढुवानीसम्बन्धी मापदण्ड प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारसँग आग्रह गरे।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
झापामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु
Latest NewsJust now

झापामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु

झापा। झापाको कमल गाउँपालिका–१ शुक्रबारेस्थित किस्ने खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय गोपाल राई छन्। माछा मार्न प्रयोग गरिएको करेन्ट आफैँलाई लाग्दा राईको शनिबार घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए। राईको शव परीक्षणका लागि दमक अस्पताल पठाइएको प्रहरीले जनाएको छ। यसअघि गत भदौमा पनि सोही खोलामा करेन्ट ...

नेपालन्युज
गठ्ठाघरमा पण्डित सम्मेलन :  ११ सय पुरोहित सहभागी
Latest NewsJust now

गठ्ठाघरमा पण्डित सम्मेलन :  ११ सय पुरोहित सहभागी

काठमाडौँ । नेपालमा धार्मिक तथा कर्मकाण्डका लागि आवश्यक पर्ने पूजा सामग्री स्वदेशमै उत्पादन र बजारीकरण गर्ने उद्देश्यसहित गुरुमञ्जरीले अभियान अघि बढाएको छ । यसैक्रममा गुरुमञ्जरी अस्ट्रेलियाको आयोजनामा भक्तपुरको गठ्ठाघरस्थित जर्मन... ...

रातोपाटी
धरानमा ४९९ किलो गाँजासहित भारतीय गाडी र चालक पक्राउ
Latest NewsJust now

धरानमा ४९९ किलो गाँजासहित भारतीय गाडी र चालक पक्राउ

सुनसरी। सुनसरीको धरानबाट प्रहरीले ४९९ किलो गाँजासहित भारतीय नम्बर प्लेटको गाडी र चालकलाई नियन्त्रणमा लिएको छ। धरान उपमहानगरपालिका–८ स्थित सेउती पुलमा शनिबार राति ११ः३० बजे सवारीसाधन जाँच गर्ने क्रममा ठूलो परिमाणमा गाँजा बरामद भएको सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए। उनका अनुसार इलाका प्रहरी कार्यालय धरान, वडा प्रहरी कार्यालय र अस्थायी प्रहरी चौकी तीनकुनेको संयुक्त टोलीले भारतीय नम्बर प्लेट ...

नेपालन्युज
मधेसका सबै जिल्लामा एकीकृत रोजगार कार्यक्रम सञ्चालन गर्ने मुख्यमन्त्री यादवको निर्णय
Latest NewsJust now

मधेसका सबै जिल्लामा एकीकृत रोजगार कार्यक्रम सञ्चालन गर्ने मुख्यमन्त्री यादवको निर्णय

जनकपुरधाम – मधेस प्रदेश सरकारले बेरोजगारी न्यूनीकरण तथा युवालाई सीपयुक्त बनाई स्वरोजगार र आत्मनिर्भर बनाउने उद्देश्यले प्रदेशका ८ वटै जिल्लामा एकीकृत रोजगार कार्यक्रम सञ्चालन गर्ने भएको छ । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आईतबार पदभार गर्ने क्रममा प्रदेशमा विद्यमान गरिबी, बेरोजगारी र न्यून साक्षरताजस्ता समस्याको समाधानका लागि सीप विकास, रोजगारी सिर्जना तथा उद्यमशीलता प्रवर्द्धनका […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement