Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

धरानमा ४९९ किलो गाँजासहित भारतीय गाडी र चालक पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
धरानमा ४९९ किलो गाँजासहित भारतीय गाडी र चालक पक्राउ
Photo / Coverage: नेपालन्युज

सुनसरी। सुनसरीको धरानबाट प्रहरीले ४९९ किलो गाँजासहित भारतीय नम्बर प्लेटको गाडी र चालकलाई नियन्त्रणमा लिएको छ। धरान उपमहानगरपालिका–८ स्थित सेउती पुलमा शनिबार राति ११ः३० बजे सवारीसाधन जाँच गर्ने क्रममा ठूलो परिमाणमा गाँजा बरामद भएको सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए। उनका अनुसार इलाका प्रहरी कार्यालय धरान, वडा प्रहरी कार्यालय र अस्थायी प्रहरी चौकी तीनकुनेको संयुक्त टोलीले भारतीय नम्बर प्लेट बीआर ११ वाई ३०३९ को गाडी जाँच गर्दा ४९९ किलो गाँजा फेला पारेको थियो। प्रहरीले गाँजासहित गाडी र चालक मोरङको विराटनगर महानगरपालिका–१३ का ३२ वर्षीय अजयकुमार साहलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
झापामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु
Latest NewsJust now

झापामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु

झापा। झापाको कमल गाउँपालिका–१ शुक्रबारेस्थित किस्ने खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय गोपाल राई छन्। माछा मार्न प्रयोग गरिएको करेन्ट आफैँलाई लाग्दा राईको शनिबार घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए। राईको शव परीक्षणका लागि दमक अस्पताल पठाइएको प्रहरीले जनाएको छ। यसअघि गत भदौमा पनि सोही खोलामा करेन्ट ...

नेपालन्युज
गठ्ठाघरमा पण्डित सम्मेलन :  ११ सय पुरोहित सहभागी
Latest NewsJust now

गठ्ठाघरमा पण्डित सम्मेलन :  ११ सय पुरोहित सहभागी

काठमाडौँ । नेपालमा धार्मिक तथा कर्मकाण्डका लागि आवश्यक पर्ने पूजा सामग्री स्वदेशमै उत्पादन र बजारीकरण गर्ने उद्देश्यसहित गुरुमञ्जरीले अभियान अघि बढाएको छ । यसैक्रममा गुरुमञ्जरी अस्ट्रेलियाको आयोजनामा भक्तपुरको गठ्ठाघरस्थित जर्मन... ...

रातोपाटी
मधेसका सबै जिल्लामा एकीकृत रोजगार कार्यक्रम सञ्चालन गर्ने मुख्यमन्त्री यादवको निर्णय
Latest NewsJust now

मधेसका सबै जिल्लामा एकीकृत रोजगार कार्यक्रम सञ्चालन गर्ने मुख्यमन्त्री यादवको निर्णय

जनकपुरधाम – मधेस प्रदेश सरकारले बेरोजगारी न्यूनीकरण तथा युवालाई सीपयुक्त बनाई स्वरोजगार र आत्मनिर्भर बनाउने उद्देश्यले प्रदेशका ८ वटै जिल्लामा एकीकृत रोजगार कार्यक्रम सञ्चालन गर्ने भएको छ । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आईतबार पदभार गर्ने क्रममा प्रदेशमा विद्यमान गरिबी, बेरोजगारी र न्यून साक्षरताजस्ता समस्याको समाधानका लागि सीप विकास, रोजगारी सिर्जना तथा उद्यमशीलता प्रवर्द्धनका […] ...

काठमाण्डुपाटी
मधुमेहले खोस्न सक्छ आँखाको ज्योति, समयमै परीक्षण गर्न चिकित्सकको सुझाव
Latest NewsJust now

मधुमेहले खोस्न सक्छ आँखाको ज्योति, समयमै परीक्षण गर्न चिकित्सकको सुझाव

• मधुमेह भएका व्यक्तिले नियमित आँखाको परीक्षण गराएर डायबेटिक रेटिनोप्याथीका कारण हुने दृष्टि क्षति रोक्न सकिन्छ। • स्वस्थ आहार, नियमित व्यायाम र सन्तुलित तौलले मधुमेहको जोखिम कम गर्न मद्दत गर्दछ। • डायबेटिक रेटिनोप्याथी सुरुआती अवस्थामा लक्षणविहीन हुनसक्ने भएकाले नियमित परीक्षण अनिवार्य छ। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement