Tuesday, October 27, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/कांग्रेसमा टिकट वितरण आन्तरिक प्रतिस्पर्धामार्फत

कांग्रेसमा टिकट वितरण आन्तरिक प्रतिस्पर्धामार्फत

Share:WhatsAppFacebookX (Twitter)Telegram
कांग्रेसमा टिकट वितरण आन्तरिक प्रतिस्पर्धामार्फत

काठमाडौं । राजनीतिक दलहरू आगामी स्थानीय तह निर्वाचनको तयारीमा जुटेका छन् । निर्वाचन आयोगको स्थानीय तह चुनावको मिति तोकेको छैन । संविधानतः आगामी वैशाखभित्र स्थानीय तहको निर्वाचन गरिसक्नु पर्नेछ । आयोगले चुनावको मिति तोक्न बाँकी भए पनि राजनीतिक दलहरू भने निर्वाचनको तयारीमा जुटिसकेका छन् । प्रतिनिधिसभा निर्वाचनमा झण्डै दुईतिहाइ मत ल्याएर सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा पहिले स्थानीय तह निर्वाचनको तयारीमा होमिएको छ । रास्वपाले ७५३ स्थानीय तहका प्रमुख तथा उपप्रमुखसहितका पदमा उम्मेदवारी मनोनयनका लागि क्याण्डिडेट क्लबमार्फत आवेदन मागेको छ । दशैँलगत्तै नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी दुईमहिने राजनीतिक अभियान सुरु गरेको छ । गत फागुनको प्रतिनिधिसभा निर्वाचनमा कमजोर जनमत पाएको नेकपाले आगामी स्थानीय र प्रदेश सभाको निर्वाचनमा विगतको जनमत जोगाउने उद्देश्यले ‘जागरण अभियान’ सुरु गरेको जनाएको छ । आन्तरिक विवादका बीच दशैँ अगाडि मात्रै पार्टीको १५औँ महाधिवेशन सम्पन्न गरेको नेपाली कांग्रेस पनि अब आसन्न स्थानीय तह चुनावको तयारीमा जुटेको छ । कांग्रेसले यसपटक डिजिटल मतदानबाट स्थानीय तहका उम्मेदवार चयन गर्ने तयारी गरेको छ । पार्टीका सदस्यहरूले डिजिटल मतदान गरी उम्मेदवार तय गर्ने विधानमा गरिएको व्यवस्थालाई आसन्न स्थानीय तह चुनावबाटै व्यवहारमा लागू गर्ने कांग्रेसको तयारी छ । सुरुमा उम्मेदवारको प्रारम्भिक सूची तयार पारिने र त्यसपछि विभिन्न तहमा छलफल गरेर अन्तिम उम्मेदवार तय गर्ने कांग्रेसले जनाएको छ । निर्वाचनको मुखमा टिकट बाँड्ने र खोस्ने प्रवृत्ति अन्त्य गर्छौं : सभापति थापाकांग्रेस सभापति गगनकुमार थापाले आगामी स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोटको प्रारम्भिक प्रक्रिया पुस–माघभित्रै टुंग्याउने बताउनुभएको छ । स्याङ्जामा सोमबार आयोजित एक कार्यक्रममा उहाँले निर्वाचनको मुखमा टिकट वितरण गर्ने पुरानो प्रवृत्ति अन्त्य गरेर तल्लो तहका कार्यकर्ताको मतदानबाट उम्मेदवारको प्रारम्भिक सूची तयार गरिने जानकारी दिँदै भन्नुभयो, ‘यो पटक हामी पहिलाको जस्तो निर्वाचनका बेलामा दुई दिन अगाडि, पाँच दिन अगाडि, दुई घण्टा अगाडि टिकट लिने, टिकट बाँड्ने, टिकट खोस्ने, यताबाट लिने, उताबाट दिने, यी केही पनि कुराहरू हुँदैन । उम्मेदवारहरूको प्रारम्भिक काम पुस-माघमा टुंग्याउँछौँ ।’ डिजिटल मतदानबाट उम्मेदवारको प्रारम्भिक सूची तयार गर्ने जानकारी दिँदै थापाले भन्नुभयो, ‘सूची तयार गरेपछि पनि विभिन्न तह बसेर फाइनल उम्मेदवार बनाउँछौँ । उम्मेदवार बनाउने कुरा हामीले दुई–तीन महिना अगाडि टुंग्याउनुपर्छ । मंसिरको महिना एउटा जागरणको समय बनाऔँ । केन्द्रीय कार्यसमितिको बैठकबाट एउटा कार्यक्रम बनाउँदै छौँ । त्यसपछि पुस र माघको समय हामी चुनाव केन्द्रित कामहरू गर्छौं ।’ गुमाएको विश्वास फर्काउने काममा लाग्न निर्देशनसभापति थापाले आगामी मंसिर महिनालाई जागरणको महिना बनाउन नेता/कार्यकर्तालाई आग्रह गर्नुभएको छ । अहिले संगठनलाई प्रभावकारी बनाउने र जनतासँगको सम्बन्ध सुधार गर्ने कामलाई प्राथमिकता दिनुपर्ने उहाँको भनाइ छ । कांग्रेसले गुमाएको मतभन्दा पनि विश्वास पुनःस्थापित गर्नु अहिलेको मुख्य आवश्यकता भएको उल्लेख गर्दै सभापति थापाले भन्नुभयो, ‘हामीले गुमाएको मत होइन, हामीले गुमाएको विश्वास हो । विश्वासलाई पुनःस्थापित गरेपछि मत विश्वासलाई पछ्याउँदै आउँछ । जनताको विश्वास पुनःस्थापित गर्न संगठनका प्रत्येक सदस्यको मेहनत र पार्टीप्रतिको जनधारणा सुधार दुवै आवश्यक छन् ।’ कांग्रेसले आफ्नो छवि र जनतामा बनेको धारणाको समीक्षा गर्दै विश्वास गुम्नुका आन्तरिक तथा बाह्य कारण पहिचान गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ । आन्तरिक प्रतिस्पर्धामा हार्नेलाई क्षमता अनुसारको जिम्मेवारी दिने घोषणासभापति थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई पनि समेटेर नयाँ ढंगले पार्टी सञ्चालन गर्ने दाबी गर्नुभएको छ । पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा कोही जित्ने र कोही हार्नेभन्दा पनि सबैलाई जिम्मेवारी र अवसर प्रदान गर्दै अघि बढ्ने उहाँको भनाइ छ । कांग्रेस चार पुस्ताको पार्टी भएको उल्लेख गर्नुभएका थापाले केन्द्रीय समितिमा प्रतिस्पर्धा गरेका तथा वडा र क्षेत्रदेखि विभिन्न तहमा जिम्मेवारी प्राप्त गर्न नसकेका साथीहरूलाई पनि अन्य जिम्मेवारी दिएर सक्रिय बनाउने स्पष्ट पार्दै भन्नुभयो, ‘पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा एक जनाले जित्ने र अर्कोले हार्ने भन्ने हुँदैन । हामी सबै समान हैसियत राख्छौँ । मैले अहिले प्राप्त गरेको कुरा जिम्मेवारी मात्र हो, यो स्थायी पद होइन । क्षेत्रीय, जिल्ला, प्रदेश र केन्द्रमा जिम्मेवारी प्राप्त गर्न नसकेका कार्यकर्तालाई लामो समयसम्म भूमिकाविहीन राख्ने परिपाटीको अन्त्य हुन्छ । पहिले कांग्रेसमा रहेका तर अहिले पार्टीमा नरहेका परिवारलाई भेट्नुपर्छ, चिन्नुपर्छ र उनीहरूको घरमा पुग्नुपर्छ ।’ कांग्रेसबाट टाढिएका करिब १० लाख मानिससम्म पुग्ने लक्ष्यसहित पार्टीले काम गर्नुपर्ने उहाँको भनाइ छ । कांग्रेसको छवि सुधार्न प्रयत्नशील छौँ : महामन्त्री पौडेलनेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको छवि सुधार्न आफूहरू प्रयत्नशील रहेको जिकिर गर्नुभएको छ । तनहुँमा सोमबार आयोजित कार्यक्रममा महामन्त्री पौडेलले अझै पनि जनतामा कांग्रेसप्रति अपार माया र विश्वास रहेको दाबी गर्दै राष्ट्रिय जिम्मेवारीलाई बिर्सेर पार्टीको मात्रै विषयमा अल्झिन नहुने बताउनुभएको हो । महामन्त्री पौडेलले पार्टीलाई एकताबद्ध बनाउँदै राष्ट्रिय जिम्मेवारी पूरा गर्ने विषयमा पनि उत्तिकै ध्यान दिनुपर्ने बताउनुभयो । कांग्रेसले निरन्तर रूपमा आफ्नो जिम्मेवारी पूरा गर्दै आएको दाबी गर्नुभएका पौडेलले लोकतन्त्रप्रति जिम्मेवार पार्टीका रूपमा कांग्रेस रहेको जिकिर गर्नुभयो । आगामी स्थानीय र प्रदेश निर्वाचनमा गठबन्धन नगर्ने स्पष्ट पार्दै पौडेलले आफूहरूलाई सत्ताको लोभ नरहेको दाबीसमेत गर्नुभएको छ । सरकारलाई नेता केसीको चेतावनी : ‘निराशा जुनसुकै बेला आक्रोशमा बदलिन सक्छ’नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सरकार गठन भएको सात महिना पार हुँदा पनि नेतृत्वको फेरबदलले आम नागरिकको दैनिक जीवनमा कुनै परिणाममुखी र सार्थक परिवर्तन ल्याउन नसकेको टिप्पणी गर्नुभएको छ । आम नागरिकले चाडपर्वको उत्सवको उल्लासभन्दा पनि महँगी, बेथिति र राजनीतिक उदासीनताको कालो छाया अनुभव गरिरहेको टिप्पणी गर्दै नेता केसीले भन्नुभयो, ‘वर्तमान सरकारका गतिविधिप्रति जनतामा आक्रोश त होइन, व्यापक निराशा बढेको छ । निराशा आक्रोशमा कुनै पनि बेला बदलिन सक्छ भन्ने हेक्का सत्तारूढहरूमा हुनु जरुरी छ । दशैँ–तिहार र छठजस्ता महान् चाडपर्वका बेला आम उपभोक्ताले महसुस गर्नेगरी बजार नियन्त्रण गर्न सरकार पूर्णरूपमा असफल भएको छ ।’ अचाक्ली मूल्यवृद्धिका कारण मध्यमवर्गीय तथा विपन्न परिवारको चाडपर्व खल्लो बन्न पुगेको उल्लेख गर्दै नेता केसीले भन्नुभयो, ‘जेन–जी आन्दोलनको भावना र मर्म तथा निर्वाचनबाट प्राप्त अत्यधिक बहुमतलाई आत्मसात् गर्दै राज्य सञ्चालनको शैली बदल्नुपर्नेमा पुरानै प्रवृत्ति, राजनीतिक पूर्वाग्रह र संस्कारलाई निरन्तरता दिइएको देखिन्छ । राजनीतिक नेतृत्व फेरिए पनि कार्यशैलीमा देखिएको यथास्थितिवादले जनआकांक्षामा गहिरो ठेस पुर्‍याएको छ ।’ नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बिहीबारनेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम साता सम्पन्न महाधिवेशनबाट निर्वाचित सभापति बाहेकका पदाधिकारी र सदस्यहरूको शपथग्रहण समारोह बिहीबार गर्ने भएको हो । निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले बिहीबार दिउँसो २ बजे कांग्रेसको केन्द्रीय कार्यालयमा शपथग्रहण समारोह आयोजना गरिने जानकारी दिनुभएको छ । निर्वाचन समितिले सोमबार सूचना प्रकाशित गरेर महाधिवेशनबाट निर्वाचन पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई शपथग्रहण समारोह उपस्थितिका लागि निमन्त्रणा गरेको छ । १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित गगनकुमार थापाले फूलपातिका दिन शपथग्रहण र पदबहाली गर्नुभएको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

दसैँ बिदामा १५ हजार बढी पर्यटकद्वारा सहिद स्मारक अवलोकन
ताजा खबरJust now

दसैँ बिदामा १५ हजार बढी पर्यटकद्वारा सहिद स्मारक अवलोकन

मकवानपुर। बागमती प्रदेशको राजधानी हेटौँडास्थित सहिद स्मारकमा यस वर्षको दसैँ बिदाका समयमा १५ हजारभन्दा बढी पर्यटकले अवलोकन गरेका छन्। हेटौँडाको पहिचानका रूपमा स्थापित स्मारकमा असोज २५ गते घटस्थापनादेखि कात्तिक ८ गते कोजाग्रत पूर्णिमासम्म १५ हजार ६९४ जना पर्यटकले अवलोकन गरेको स्मारक कार्यालयका लेखा अधिकृत आशिष बिडारीले जानकारी दिए। दसैँको बिदामा हरेक वर्ष पर्यटकको चाप बढ्ने गरेको बताउँदै उनले विशेष गरी दसैँको टीकाको ...

नेपालन्युज
ल्याटिन अमेरिका र बाँकी विश्वका लागि लुलाको अर्थपूर्ण जित
ताजा खबरJust now

ल्याटिन अमेरिका र बाँकी विश्वका लागि लुलाको अर्थपूर्ण जित

रियो डि जेनरियो । ल्याटिन अमेरिकामा सल्किँदै गएको दक्षिणपन्थी लहर ब्राजिलमा पुगेर रोकिएको छ । यससँगै पछिल्लो १८ महिनामा लगातार ल्याटिन अमेरिकाका सातवटा देशमा राष्ट्रपतीय निर्वाचनमा दक्षिणपन्थीहरूले हासिल गरेको जितको शृंखलामा पूर्णविराम लाग्यो । आइतबार सम्पन्न निर्वाचनमा वामपन्थी राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले ५१.८ प्रतिशत मत ल्याए । पूर्व राष्ट्रपति जैर बोल्सोनारोका छोरा फ्लाभियो बोल्सोनारो यस निर्वाचनमा उनीसँग प्रतिस्पर्धामा थिए ...

केन्द्रबिन्दु
फलाउने विद्यार्थी, बेच्ने हेड सर
ताजा खबरJust now

फलाउने विद्यार्थी, बेच्ने हेड सर

गणेश खनालअर्घाखाँची, असोज १० गते । भूमिकास्थान नगरपालिका–३ स्थित अन्नपूर्ण माध्यमिक विद्यालयका विद्यार्थी दसैँ बिदामा आआफ्नै तवरले रमाउँदै थिए तर सोही विद्यालयका प्रधानाध्यापक (हेड... ...

गोरखापत्र
आजका लागि विदेशी मुद्राको विनिमयदर तय
ताजा खबरJust now

आजका लागि विदेशी मुद्राको विनिमयदर तय

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ र बिक्रीदर १५२ रुपैयाँ ६० पैसा,एक युरोको खरिददर १७० रुपैयाँ ३२ पैसा र बिक्रीदर १७० रुपैयाँ ९९ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर २०२ रुपैयाँ १८ पैसा र बिक्रीदर २०३ रुपैयाँ ६५ पैसा,अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ९८ ...

टक्सार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play