Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

कांग्रेस देउवा पक्षको महाधिवेशन : प्रतिनिधिको दर्ता शुल्क ३ हजार

Share:WhatsAppFacebookX (Twitter)Telegram
कांग्रेस देउवा पक्षको महाधिवेशन : प्रतिनिधिको दर्ता शुल्क ३ हजार
Photo / Coverage: नेपालन्युज

काठमाडौं। नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले आयोजना गर्न लागेको १५औँ नियमित महाधिवेशनका लागि प्रतिनिधिको दर्ता शुल्क जनही ३ हजार रुपैयाँ तोकिएको छ। महाधिवेशन आगामी मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा सञ्चालन हुनेछ। सचिवालय समन्वय समिति संयोजक दीपकप्रसाद कुइँकेलका अनुसार महाधिवेशन प्रतिनिधिको नाम दर्ता प्रक्रिया मंसिर २० गतेदेखि सुरु हुनेछ। प्रतिनिधिहरूले नाम दर्ता गराउँदा दुई प्रति फोटो, दर्ता शुल्क, नेपाल सरकारबाट जारी परिचयपत्र र निर्वाचन अधिकृतले उपलब्ध गराएको महाधिवेशन प्रतिनिधिको प्रमाणपत्र अनिवार्य रूपमा पेस गर्नुपर्नेछ। यी कागजातहरू सम्बन्धित क्षेत्रीय सभापतिमार्फत बुझाउनुपर्ने व्यवस्था गरिएको छ। महाधिवेशनको उद्घाटन समारोह मंसिर २१ गते बिहान ११ बजे काठमाडौंको खुलामञ्चमा हुने कार्यक्रम तय गरिएको छ। कुइँकेलले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूले आफ्नो आवासको व्यवस्था आफैँ गर्नुपर्ने जानकारी दिएका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
कपिलवस्तुमा ३१ औं राष्ट्रिय बालसाहित्य सम्मेलन सम्पन्न
Latest NewsJust now

कपिलवस्तुमा ३१ औं राष्ट्रिय बालसाहित्य सम्मेलन सम्पन्न

नेपालसहित दक्षिण कोरिया, श्रीलंका, बंगलादेश र भारतका साहित्यकार तथा अनुसन्धाता सहभागी सम्मेलनमा कार्यपत्र प्रस्तुति, सामूहिक संवाद र बालबालिकाका लागि सिर्जनात्मक प्रशिक्षणसँगै बालप्रतिभा प्रदर्शन गरिएको थियो । ...

कान्तिपुर
पहाडका सडक बसाइँको माध्यम बन्नुहुँदैन : मुख्यमन्त्री कार्की
Latest NewsJust now

पहाडका सडक बसाइँको माध्यम बन्नुहुँदैन : मुख्यमन्त्री कार्की

पाँचथर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहाडमा निर्माण भएका सडक बसाइँसराइको माध्यम बन्न नहुने बताएका छन्। कालोपत्र सडक बनेपछि पनि बसाइँ सर्नेक्रम नरोकिएको वताउँदै मुख्यमन्त्री कार्कीले पहाडको बसाइँसराइलाई न्यूनीकरण गर्ने एजेण्डामा... ...

रातोपाटी
अनुसन्धानका गोप्य सूचना चुहाउने बहालवाला र पूर्वप्रहरीमाथि कारबाही हुने
Latest NewsJust now

अनुसन्धानका गोप्य सूचना चुहाउने बहालवाला र पूर्वप्रहरीमाथि कारबाही हुने

काठमाडौँ । नेपाल प्रहरीले फौजदारी अपराधको अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, प्रमाण तथा अभिलेख अनधिकृत रूपमा सार्वजनिक गर्ने बहालवाला र पूर्वप्रहरी कर्मचारीमाथि कारबाही गर्ने चेतावनी दिएको छ। नेपाल प्रहरी प्रधान कार्यालयले विज्ञप्ति जारी गर्दै अनुसन्धानका क्रममा संकलन गरिएका सूचना, लिखत, प्रमाण तथा विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबिना कसैलाई उपलब्ध नगराउन प्रहरी कर्मचारीलाई निर्देशन दिएको हो। विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा अनुसन्धानसँग सम्बन्धित गोप्य ...

नेपालन्युज
अमेरिकाको बैंकिङ क्षेत्रमा धक्का, युनाइटेड फिडेलिटी बन्द
Latest NewsJust now

अमेरिकाको बैंकिङ क्षेत्रमा धक्का, युनाइटेड फिडेलिटी बन्द

काठमाडाैँ। अमेरिकी नियामक निकायले युनाइटेड फिडेलिटी बैंक बन्द गर्दै आफ्नो नियन्त्रणमा लिएको छ। निक्षेपकर्ताको मागअनुसार रकम भुक्तानी गर्न नसक्ने जोखिम बढेपछि बैंक बन्द गरिएको हो। यो सन् २०२४ यताकै सम्पत्तिका... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement