हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भुभागमा साधारणतया बादल लागेको छ । लुम्बिनी प्रदेशको पहाडी भुभागमा आंशिक बादल लागेको छ । तराई भूभागका केही स्थानमा तुवाँलो लागेको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेश लगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ तथा बाँकी भूभागमा मौसम मूख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको हिमाली भूभागको एकरदुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना छ। आज राति कोशी, मधेश र लुम्बिनी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ तथा बाँकी भूभागमा मौसम मूख्यतया सफा रहनेछ। तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सुरकुहिरो लाग्नेछ।
कस्तो छ आजको मौसम पूर्वानुमान ?

Read Complete Original Article
Published originally on पर्दाफास






