सैनिक मुख्यालयले प्रवक्ता परिवर्तन गरेको छ । हालका प्रवक्ता सहायक रथी राजाराम बस्नेतलाई प्रधानसेनापतिको सचिवालयमा लगेर अर्का सहायक रथी राजेन्द्र श्रेष्ठलाई प्रवक्ता बनाउने निर्णय जंगी अड्डाले गरेको छ । जंगी अड्डा स्रोतका अनुसार, यसै साता सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको नेतृत्व सहायक रथी श्रेष्ठले सम्हाल्नेछन् । एक–दुई दिनभित्रै बुझबुझारथको तयारी गरिएको छ । सहायक रथी बस्नेत अघिल्लो असारमा जनसम्पर्क तथा सूचना निर्देशनालयमा आएका थिए । करिव सत्र महिनापछि उनको सरुवा भएको हो । नेपाली सेनामा सैनिक जनसम्पर्क निर्देशनालयको निर्देशक नै सूचना अधिकारी तथा प्रवक्ता रहने अभ्यास छ । सैनिक प्रवक्ताको जिम्मेवारी सम्हाल्न लागेका सहायक रथी श्रेष्ठको पृष्ठभूमि प्राविधिक हो । सेनाका अधिकारीहरुका अनुसार, उनी इन्जियनियर हुन् र बम डिस्पोजका विज्ञ हुन् । सेनामा पहिलो पटक प्राविधिक तर्फका सहायक रथीलाई प्रवक्ताको जिम्मेवारी दिइएको सैनिक अधिकारीहरुले नै बताएका छन् । तर, सैनिक प्रवक्ता बस्नेतले भने यससम्बन्धी प्रक्रिया नै सुरु नभएको दाबी गरेका छन् । ‘प्रक्रिया सुरु नै भएको छैन, भएपछि खबर गर्छु नि,’ प्रवक्ता बस्नेतले सिधाकुरासँग भने । मुख्यालय स्रोतका अनुसार, जेनजी आन्दोलनदेखि हालसम्म निर्देशनालयको निर्देशकको रुपमा बस्नेतले निर्वाह गरेको भूमिकाको मूल्यांकन गर्दै प्रधानसेनापति अशोकराज सिग्देलले बस्नेतलाई आफ्नो सचिवालयमा लगेका हुन् । बस्नेतले अब केही दिनपछि प्रधानसेनापतिको सैनिक सचिवको रुपमा जिम्मेवारी सम्हाल्नेछन् ।
सहायक रथी बस्नेत सेनापतिको सचिवालयमा, प्रवक्तामा श्रेष्ठ

Read Complete Original Article
Published originally on पर्दाफास


.jpg)
.jpg)


