काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत पोखरा एभेन्जर्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा भइरहेको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भइरहेको यस खेलमा पोखरा एभेन्जर्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । पहिलो ब्याटिङ गरिरहेको पोखराले ६ ओभरको समाप्तीमा १ विकेटको क्षतिमा ४२ रन बनाएको छ। पोखराका लागि युवराज सिंह सामरा आक्रामक ब्याटिङ गर्दै १६ बलमा ५ चौका र १ छक्कासहित ३३ रन बनाएर क्रिजमा टिकेका छन् भने कुशल भुर्तेलले ३ रन बनाएर उनलाई साथ दिइरहेका छन्। यसअघि माहेदी हसन ५ रन बनाएर सोमपाल कामीको बलमा आउट भएका थिए।
कर्णालीविरुद्ध पोखराको मध्यम सुरुवात

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






