Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

कर्णाली सरकारको विशेष प्राथमिकतामा छः लामिछाने

Share:WhatsAppFacebookX (Twitter)Telegram
कर्णाली सरकारको विशेष प्राथमिकतामा छः लामिछाने
Photo / Coverage: नेपालन्युज

सुर्खेत। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कर्णालीलाई सरकारले विशेष प्राथमिकतामा राखेर विकासका काम अघि बढाउने बताएका छन्। शनिबारदेखि सुर्खेतको वीरेन्द्रनगरमा सुरु भएको पार्टीको कर्णाली प्रदेशस्तरीय प्रशिक्षणको उद्घाटका क्रममा बोल्दै उनले सरकारले कर्णालीलाई विशेष प्राथमिकतामा राखेको बताए। उनले कर्णालीबाट रास्वपालाई मत प्राप्त हुनु र नहुनुले कर्णालीको विकासको प्राथमिकता निर्धारण नहुने बताए। “चुनावमा कर्णालीमा अन्य ठाउँको जस्तो उपस्थििति हुन सकेन, तर हामीले मत पाउनु र नपाउनुले अर्थ राख्दैन,” उनले भने, “हाम्रा मान्छे जिताईदेउ अनि हामी विकास गर्छाैं भनेर सौदाबाजी गर्न आएका होइनौं, चाहे रास्वपा सरकारमा होउञ्जेलसम्म कर्णालीबाट हामीलाई भोट नआएपनि हामी कर्णालीलाई प्राथमिकतामा राख्न छोड्दैनौं।” लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी विद्रोहका लागि एक मञ्चका रुपमा स्थापना भएको बताए। पुराना दल र व्यवहारप्रति गर्न खोजेको विद्रो रास्वपाले निलो क्रान्तिमार्फत गरेको उनले बताउ। “विद्रोहसँग जोडिएर कर्णालीले धेरै गुमाएको छ, विद्रोहसँग सिंगो देश डारईरहेका बेला कर्णाली विशेषगरी डराएको थियो,’ उनले भने, “हामीले रातो क्रान्ति होईन, निलो क्रान्तिबाट विद्रोह ग¥र्यौं र चार बर्षको अन्तरालमा बहुमतको सरकार बनाउन सफल भयौं।’ उनले पार्टीका शुभेच्छुक, कार्यकर्ता तथा नेतालाई प्रशिक्षण दिन औपचारिक रुपमा कर्णालीबाट सुरु गरिएको बताए। प्रदेशस्तरीय प्रशिक्षणका लागि सभापति लामिछाने शुक्रबार सुर्खेत आएका थिए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
सडकमै बसेर खाना खाँदै सुकुमबासी, तस्बिरमा हेर्नुहोस्
Latest NewsJust now

सडकमै बसेर खाना खाँदै सुकुमबासी, तस्बिरमा हेर्नुहोस्

काठमाडौँ । स्थानीय प्रशासनले होल्डिङ सेन्टरमा‌ खाना प्रवेश नदिए पछि बोडेको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुमबासीले सडकमै बसेर खाना खाएका छन् । जेनजी अभियन्ता माजिद अन्सारी सहितको समूहले ल्याएको खाना... ...

रातोपाटी
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा संकलन
Latest NewsJust now

मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा संकलन

मुस्ताङ। मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी संकलन भएको छ। मुक्तिनाथ विकास समिति कोषमा चालु आव २०८३/०८४ को पहिलो चार महिनामा रसिद र दान पेटिकामार्फत उक्त रकम संकलन भएको संकलन भएको हो। समितिका व्यवस्थापक दिनेश भुसालका अनुसार चालु आवको पहिलो चार महिनामा रसिद र दान पेटिकामा समेत गरी नेपाली रु २६ लाख ...

नेपालन्युज
चार महिनामा मुक्तिनाथ मन्दिरमा ४५ लाखभन्दा बढी भेटी संकलन
Latest NewsJust now

चार महिनामा मुक्तिनाथ मन्दिरमा ४५ लाखभन्दा बढी भेटी संकलन

मुस्ताङ । प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा चालु आर्थिक वर्षको पहिलो चार महिनामा ४५ लाख रुपैयाँभन्दा बढी भेटी संकलन भएको छ । मुक्तिनाथ विकास समितिका अनुसार चालु आर्थिक वर्ष २०८३/०८४ को साउनदेखि कात्तिकसम्म रसिद र दान पेटिकामार्फत कुल ४५ लाख ४६ हजार ८३२ रुपैयाँ बराबरको भेटी संकलन भएको हो । समितिका व्यवस्थापक दिनेश भुसालका अनुसार […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement