Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

‘करोडौं बुझाउने हैसियत छ र ?’

Share:WhatsAppFacebookX (Twitter)Telegram
‘करोडौं बुझाउने हैसियत छ र ?’
Photo / Coverage: नेपालन्युज

काठमाडौं।नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाको नेतृत्व चयनमा १८ करोड रुपैयाँको आर्थिक लेनदेन भएको भन्ने प्रचारको खण्डन गरेका छन्। काभ्रेमा आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै शर्माले प्रमाण बिना लगाइएका आरोपका पछि नलाग्न आग्रह गरे। विशेष महाधिवेशनबाट स्थापित नेतृत्व विधि, विधान र प्रक्रियाअनुसार चयन भएको उनको दाबी थियो। आर्थिक लेनदेनको आरोपप्रति व्यङ्ग्य गर्दै शर्माले आफू र गगन थापाको राजनीतिक पृष्ठभूमि स्मरण गराए। ‘नौ महिना स्वास्थ्यमन्त्री भएको गगन थापा र जिन्दगीमा मन्त्री नभएको, सांसद मात्रै बनेको विश्वप्रकाश शर्माले करोडौं–करोड बुझाउन सकौंला र ?’ उनले प्रश्न गरे। वर्षौंसम्म पटक–पटक सत्तामा बसेका नेताहरूको तुलनामा आफूहरू आर्थिक लेनदेन गर्न सक्ने अवस्थामा नरहेको उनको आशय थियो। शर्माले कसैले केही भन्यो भन्दैमा त्यसलाई प्रमाण मान्न नसकिने बताए। बैंक डकैतीमा पक्राउ परेको व्यक्तिले कुनै नेतालाई प्रधानमन्त्री बनाउन ५० करोड रुपैयाँ लेनदेन भएको दाबी गर्दैमा त्यसलाई सत्य मान्न नसकिने उदाहरण दिँदै उनले सामाजिक सञ्जालमा फैलिने अप्रमाणित प्रचारप्रति सचेत रहन आग्रह गरे। ‘कसैले केही भन्यो भन्दैमा त्यसलाई अदालत र कानुनले मान्छ कि मान्दैन ? सामाजिक सञ्जालमा त्यसकै पछि लाग्ने कि नलाग्ने ?’ शर्माले प्रश्न गरे।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
म्यानचेस्टर युनाइटेडको संकटमा आशाको किरण बने १९ वर्षीय सिया लेसी
Latest NewsJust now

म्यानचेस्टर युनाइटेडको संकटमा आशाको किरण बने १९ वर्षीय सिया लेसी

काठमाडौँ । म्यानचेस्टर युनाइटेड अहिले कठिन समयबाट गुज्रिरहेको छ । मैदानमा निरन्तर कमजोर प्रदर्शन, समर्थकको बढ्दो असन्तुष्टि र क्लबको व्यवस्थापनमाथि प्रश्न उठिरहेका बेला एउटा युवा खेलाडीले भने समर्थकहरूमा नयाँ आशा... ...

रातोपाटी
लुम्बिनीका १२ जिल्लामा १ सय रोपनी फूल खेती: उत्पादन बढी कपिलवस्तुमा, कारोबारमा अगाडि दाङ
Latest NewsJust now

लुम्बिनीका १२ जिल्लामा १ सय रोपनी फूल खेती: उत्पादन बढी कपिलवस्तुमा, कारोबारमा अगाडि दाङ

तिहार लक्षित फूलखेतीबाट लुम्बिनी प्रदेशका किसानले १० करोड रुपैयाँसम्म आम्दानी गरेको अनुमान गरिएको छ । ...

कान्तिपुर
रेडक्रसको अगुवाइमा पुनः सञ्चालनमा ल्याइयो स्याफ्रुबेँसीको पुल
Latest NewsJust now

रेडक्रसको अगुवाइमा पुनः सञ्चालनमा ल्याइयो स्याफ्रुबेँसीको पुल

रसुवा । भदौ १० को भ‍ीषण बाढीका कारण क्षतिग्रस्त रसुवाको स्याफ्रुबेँसीस्थित पुलको पुन:र्निर्माण सम्पन्न भएसँगै पुनः सञ्चालनमा ल्याइएको छ । नेपाल रेडक्रस सोसाइटी, गोसाइँकुण्ड तथा आमाछोदिङमो गाउँपालिकाका वडा प्रतिनिधि एवं कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको संयुक्त श्रमदानमा ३ दिनमै पुल पुनर्निर्माण गरिएको हो । नेपाल रेडक्रसले पुलका लागि आवश्यक सामग्री र मिस्त्रीको ज्याला उपलब्ध गराएको थियो । विपद्को कठिन घडीमा ...

कर्पोरट खबर
बसको ठक्करबाट एक जनाको मृत्यु
Latest NewsJust now

बसको ठक्करबाट एक जनाको मृत्यु

• कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–३ बर्गदामा बसको ठक्करबाट ७७ वर्षीय लखन अहिरको मृत्यु भएको छ। • लु १ ख ९७२६ नम्बरको बसले हुलाकी सडकमा पैदलयात्रामा रहेका अहिरलाई ठक्कर दिएको हो। • दुर्घटनामा गम्भीर घाइते भएपछि उनलाई कपिलवस्तु अस्पतालमा लगिएको थियो, जहाँ मृत्यु भएको घोषणा गरिएको छ। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play