Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

करको भार घटाउन दरमा पुनरावलोकन र व्यवसाय गर्ने लागत कम गर्नुपर्छः अञ्जन श्रेष्ठ

Share:WhatsAppFacebookX (Twitter)Telegram
करको भार घटाउन दरमा पुनरावलोकन र व्यवसाय गर्ने लागत कम गर्नुपर्छः अञ्जन श्रेष्ठ
Photo / Coverage: टक्सार

काठमाडाैँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले नेपालको आर्थिक वृद्धिदर दक्षिण एसियामै न्युन रहे पनि कर वृद्धिदर उच्च रहेको बताउँदै करको भार घटाउनुपर्ने बताएका छन् । राष्ट्रिय कर दिवसका अवसरमा बोल्दै श्रेष्ठले नेपालको कर तथा आर्थिक वृद्धिसम्बन्धी तथ्यांकले अर्थतन्त्रमा करको भार बढी रहेको बताएका हुन् । उनकाअनुसार नेपालको कर–कुल गार्हस्थ्य उत्पादन (ट्याक्स टु जीडीपी) अनुपात २१ प्रतिशत पुगेको छ । समग्र कर भुक्तानीको तुलनामा पनि नेपाली करदाताले क्षेत्रीय स्तरमा उच्च कर भार वहन गरिरहेको उनको भनाइ छ । नेपालको जीडीपी वृद्धिदर दक्षिण एशियामै न्युन र कर वृद्धिदर उच्च हुनु अर्थतन्त्रका लागि चुनौतीपूर्ण अवस्था भएको उनले बताए । यस अवस्थाको जिम्मेवारी वर्तमान सरकारलाई मात्र दिन नमिल्ने उल्लेख गर्दै उहाँले विगतका सरकार तथा समग्र नेपाली समाजले यसको जिम्मेवारी लिनुपर्ने बताएका हुन् । व्यवसायीले करको भार बढी भएको महशुस गरिरहेको भन्दै श्रेष्ठले अर्थमन्त्रीलाई करका दर घटाउने दिशामा अघि बढ्न आग्रह गरे । व्यवसाय सञ्चालनको लागत (कस्ट अफ डुइङ बिजनेस) घटाउने विषयलाई प्राथमिकतामा राखेर आर्थिक नीति अघि बढाउनुपर्ने उनको सुझाव छ । नयाँ सरकार गठन भएपछि केही सकारात्मक प्रयास र नीतिगत पहल भएको पनि उनले उल्लेख गरे । सरकार गठन भएको छोटो समयमै तयारी गरेर ल्याइएको चालु आर्थिक वर्षको बजेटमा व्यक्तिगत आयकर दरमा कटौती, भन्सार दरमा कटौती, उधारो असुली, बौद्धिक सम्पती संरक्षण, सीमित दायित्वको साझेदारीसम्बन्धी कानुन तथा सनसेट कानून निर्माणलगायतका दूरगामी महत्त्वका घोषणा हुनु सकारात्मक रहेको उनले बताए । त्यस्तै, निजी क्षेत्रको संरक्षण र प्रवद्र्धनका लागि सरकारले अघि सारेको निजी क्षेत्र संरक्षण तथा प्रवद्र्धन रणनीति (पिआईपिएस) लाई पनि स्वागतयोग्य कदम बताउँदै छिट्टै अब यी कार्यान्वयनमा लैजानुपर्ने उल्लेख गरे । निजी क्षेत्रको संरक्षण, लगानी प्रवद्र्धन र व्यवसाय सञ्चालनको वातावरण सुधार गर्न सरकारले गरेका नीतिगत घोषणालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा बताउँदै श्रेष्ठले करको भार कम गर्दै व्यवसाय गर्ने लागत घटाउनसके लगानी र आर्थिक गतिविधि विस्तारमा सहयोग पुग्ने बताए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मुक्तिनाथबाट सुरु भएको मेची–महाकाली रथयात्रा सम्पन्न
Latest NewsJust now

मुक्तिनाथबाट सुरु भएको मेची–महाकाली रथयात्रा सम्पन्न

हरिकृष्ण शर्मामुस्ताङ, मंसिर १ गते । हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थल मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका –१, मा अवस्थित मुक्तिनाथ मन्दिरबाट कात्तिक ८ गते सुरु भएको राष... ...

गोरखापत्र
घरायसी विवादका क्रममा श्रीमानले लोहोरो प्रहार गर्दा श्रीमतीको मृत्यु
Latest NewsJust now

घरायसी विवादका क्रममा श्रीमानले लोहोरो प्रहार गर्दा श्रीमतीको मृत्यु

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका–१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ । प्रहरीका अनुसार सामान्य विवादका क्रममा मङ्गलबार बिहान अन्दाजी १ बजे ४२ वर्षीय मनोज कार्कीले आफ्नै ४०... ...

रातोपाटी
आइन्स्टाइन र न्युटन फेलो भएको संस्थामा डा. रोजीको उपस्थिति, पाइन् ५ करोड २५ लाखको अनुदान
Latest NewsJust now

आइन्स्टाइन र न्युटन फेलो भएको संस्थामा डा. रोजीको उपस्थिति, पाइन् ५ करोड २५ लाखको अनुदान

विराटनगर । बेलायतको चार सय वर्ष पुरानो इतिहास बोकेको संस्था र त्यसअन्तर्गत सञ्चालित प्रतिष्ठित अनुसन्धान फेलोसिपमा एक जना नेपाली महिला अनुसन्धानकर्ता छनोट भएकी छन् । नेपाली ऊर्जा तथा जलवायु नीति... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play