Sunday, November 1, 2026||
MultiKhabarMultiKhabar
Home/🇳🇵Latest/कम्युनिस्ट पार्टीहरू फेरि शक्तिशाली बन्नेछन् : प्रचण्ड

कम्युनिस्ट पार्टीहरू फेरि शक्तिशाली बन्नेछन् : प्रचण्ड

Share:WhatsAppFacebookX (Twitter)Telegram
कम्युनिस्ट पार्टीहरू फेरि शक्तिशाली बन्नेछन् : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतासँगको सम्बन्ध सुधार गर्दै कम्युनिस्ट पार्टीहरूलाई फेरि शक्तिशाली बनाउने दाबी गरेका छन्। उनले देश अहिले अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै संविधान र लोकतन्त्रको रक्षामा चुनौती थपिएको बताए। आइतबार सर्लाही सदरमुकाम मलङ्गवामा आयोजित पार्टीको एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले विगतका गल्ती सच्याएर जनतामाझ जाने बताए। पार्टीलाई पुनः सङ्गठित गर्दै जनताको विश्वास जित्ने उनको भनाइ थियो। ‘विगतका गल्ती सच्याउँदै जनताका घरदैलो तथा टोलबस्तीमा पुग्दै छौँ। हेर्दै जानुहोस्, कम्युनिस्ट पार्टीहरू फेरि पनि शक्तिशाली बन्ने छन्,’ उनले भने। जनतासँगको सम्बन्ध सुधार र पार्टी सङ्गठनलाई बलियो बनाउने उद्देश्यले राष्ट्रिय जागरण अभियान सुरु गरिएको प्रचण्डले बताए। देशभर नयाँ चेतना फैलाउन घरदैलो अभियानसँगै राष्ट्रव्यापी आन्दोलनको तयारीसमेत भइरहेको उनले जानकारी दिए। परिवर्तनको उद्गम भूमि, हजारौँ सहिदको बलिदान र राजनीतिक विरासत बोकेको मधेशलाई पार्टीले प्राथमिकतामा राखेको उनको भनाइ थियो। सबैभन्दा बढी निर्वाचन क्षेत्र रहेको मधेशले राष्ट्रियता र स्वाधीनताको रक्षाका लागि फेरि अग्रभागमा रहेर साथ दिनुपर्ने उनले बताए। कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पछिल्लो समय पुराना राजनीतिक दल र राजनीतिज्ञलाई नकारात्मक रूपमा प्रस्तुत गर्ने प्रयास भइरहेको बताए। उनले ३५ वर्षको अवधिमा देशमा कुनै उपलब्धि नभएको भन्ने भाष्य गलत रहेको उल्लेख गर्दै शिक्षा, साक्षरता, सडक, विद्युत् तथा पूर्वाधारका क्षेत्रमा उल्लेख्य परिवर्तन भएको दाबी गरे। नेपालले वर्तमान सरकारलाई रोजगारी सिर्जना, किसानका समस्या समाधान र उद्योगधन्दा सञ्चालनमा ध्यान दिन सुझाव दिए। उनले युरोपका देशमा जस्तै नेपालमा पनि कम्युनिस्ट पार्टीको झन्डा फहराउने दाबी गरे। कार्यक्रममा सर्लाहीका विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता नेपाली कम्युनिस्ट पार्टीमा एकीकृत भएको घोषणा गरिएको थियो। देशका अन्य ७६ जिल्लामा यसअघि नै एकता प्रक्रिया सम्पन्न भए पनि सर्लाहीमा आइतबार एकता सभा गरिएको नेकपा सर्लाहीका नेता रामेश्वर रायले जानकारी दिए। कार्यक्रममा जिल्लाभरबाट सहभागी नेता तथा कार्यकर्तालाई पार्टीका केन्द्रीय संयोजक, सहसंयोजक र प्रदेश इन्चार्जलगायत नेताले प्रशिक्षणसमेत दिएका थिए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
हिउँले सेताम्मे इम्जा !
Latest NewsJust now

हिउँले सेताम्मे इम्जा !

सोलुखुम्बु, कात्तिक १५ गते । आज दिउँसो जलविज्ञान तथा जलस्रोत अनुसन्धान (सीएचडब्लूआरआर) द्वारा जडित स्वचालित क्यामेरा स्टेशनले इम्जा हिमतालको सुन्दर दृश्य कैद गर्‍यो। ताजा हिमपातले... ...

गोरखापत्र
स्वतन्त्र प्रेसको रक्षा गर्न इन्सेकको माग
Latest NewsJust now

स्वतन्त्र प्रेसको रक्षा गर्न इन्सेकको माग

काठमाडौं । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले विभिन्न सञ्चार गृहमै प्रवेश गरी पत्रकारहरूमाथि गरिएको धरपकडको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ। आइतबार इन्सेकले विज्ञप्ति जारी गर्दै कार्तिक १३ गते पत्रकार विश्वमणि सुवेदी, शोभराज बराल र धिरज बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको र नयाँ पत्रिकाको कार्यालयमै प्रवेश गरी पत्रकार नवराज मैनालीलाई नियन्त्रणमा लिने प्रयास गरेको घटनाप्रति ध्यानाकर्षण भएको बताएका छन्। प्रकाशित समाचारको विषयवस्तुलाई लिएर कसैको ...

कर्पोरट खबर
फेसबुकबाट प्रधानमन्त्रीको धम्की- उम्किन्छु भनेर सपना नदेखे हुन्छ!
Latest NewsJust now

फेसबुकबाट प्रधानमन्त्रीको धम्की- उम्किन्छु भनेर सपना नदेखे हुन्छ!

प्रधानमन्त्री वालेन्द्र शाहले सामाजिक सञ्जालमा धम्कीपूर्ण स्ट्याटस लेख्दै ‘एक दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ!’ भनेका छन्। सोमबार अपरान्ह उनले फेसबुकमा स्ट्याटस लेखेका छन्, ‘सही समय आएपछि, सबैको गलत समय आउँछ, एक दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ!’ प्रधानमन्त्री शाहले कसलाई लक्षित गर्दै यस्तो धम्की दिएका हुन् स्पष्ट छैन।  उनको... ...

नेपालखबर
मकवानपुरका अध्यक्षसँग राप्रपाले माग्यो स्पष्टीकरण
Latest NewsJust now

मकवानपुरका अध्यक्षसँग राप्रपाले माग्यो स्पष्टीकरण

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को केन्द्रीय अनुशासन समितिले पार्टीबाट निलम्बनमा परेका बागमती प्रदेशका तीन मन्त्री तथा संसदीय दलका नेता उद्धव थापालाई पार्टीको कार्यक्रममा सहभागी गराएको विषयमा राप्रपा मकवानपुरका अध्यक्ष ऋषिलाल श्रेष्ठसँग... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play