Sunday, November 1, 2026||
MultiKhabarMultiKhabar

भक्तपुरमा क्याथल्याबसहित मुटु रोगको उपचार सेवा सञ्चालन गर्न आवश्यक : मुख्यमन्त्री थापामगर

Share:WhatsAppFacebookX (Twitter)Telegram
भक्तपुरमा क्याथल्याबसहित मुटु रोगको उपचार सेवा सञ्चालन गर्न आवश्यक : मुख्यमन्त्री थापामगर
Photo / Coverage: केन्द्रबिन्दु

भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भक्तपुरमा क्याथल्याबसहित मुटु रोगको उपचार सेवा सञ्चालन गर्न लागिरहेको बताएका छन् । मध्यपुरथिमि नगरपालिकास्थित नेपाल–कोरियामैत्री नगरपालिका अस्पतालको आज अनुगमनका गर्दै मुख्यमन्त्री थापामगरले हृदयघातका बिरामीको ज्यान बचाउन भक्तपुरमा मुटु रोगको उपचार गर्ने अस्पताल आवश्यक रहेको बताएका हुन् । मुख्यमन्त्री थापामगरले नेपाल-कोरियामैत्री नगरपालिका अस्पताललाई क्याथल्याबसहितको मुटु रोग सेवा सञ्चालन गर्न आग्रह गर्दै क्याथ ल्याब सञ्चालनका लागि प्रदेश सरकारले सहयोग गर्ने बताए । उनले भने, “भक्तपुरमा मुटु रोगको उपचार सुरु गर्नुपर्ने अत्यावश्यक छ, त्यसका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्छ । यस अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालन गर्नुस्, त्यसका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्छ ।” प्रत्येक नागरिकले सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउनुपर्ने बताउँदै उनले प्रत्येक नागरिकलाई सरल, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु सरकार तथा स्वास्थ्य संस्थाको उत्तिकै दायित्व रहेको बताए । मुख्यमन्त्री थापामगरले अस्पतालले प्रवाह गरेका सबै सेवाको अनुगमन गर्नुका साथै बिरामीसँग भेट गरी अस्पतालले प्रवाह गरेको सेवा र सन्तुष्टीबारे जानकारी लिएका हुन् । अनुगमनमा अस्पतालका स्वास्थ्य निर्देशक डा डिके रौशनले अस्पतालले प्रवाह गरेको सबै सेवाका बारेमा मुख्यमन्त्री थापालाई जानकारी गराएका थिए । अस्पतालले विस्तार गरेको नयाँ बन्दै गरेको भवनको बारेमा जानकारी दिँदै उनले अस्पताललाई १०० शय्यामा विस्तार गर्नका लागि प्रदेश सरकारकाबाट अनुमति प्रदान गर्न आग्रह गरे । उनले भने, “दक्षिण कोरिया सरकारको सहयोगमा सुविधा सम्पन्न नयाँ भवन निर्माणको अन्तिम चरणमा पुगेको छ, देशभरका बिरामीको चाँप एकदमै बढ्दो छ, दैनिक एक हजारभन्दा बढी बिरामी आउँछन्, अस्पताल १०० शैयामा सञ्चालन गर्न अनमति माग गरेका छौँ, अनुमति दिन आग्रह गर्दछौँ ।” अस्पतालको प्रशासन प्रमुख रुपेश श्रेष्ठले अस्पतालले पूरा गरेका सेवा र कार्य विवरणका बारेमा मुख्यमन्त्री थापामगरलाई जानकारी गराएका थिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
वैदिक विश्वविद्यालयको आवश्यकतामा जोड
Latest NewsJust now

वैदिक विश्वविद्यालयको आवश्यकतामा जोड

काठमाडौँ । ऋषिमुनिको तपोभूमि नेपालमा वैदिक विश्वविद्यालय स्थापनाको सङ्कल्प सान्दर्भिक भएकाले कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिइएको छ । श्री गजेन्द्रमोक्ष वैदिक विश्वविद्यालय स्थापनाका लागि नवलपरासीस्थित गजेन्द्रमोक्षधाममा आगामी मङ्सिर १ गतेदेखि २९ गतेसम्म... ...

रातोपाटी
सगरमाथा क्लबलाई अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिपको उपाधि
Latest NewsJust now

सगरमाथा क्लबलाई अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिपको उपाधि

बाँके । तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिपको उपाधि ललितपुरको सगरमाथा स्विमिङ क्लबले जितेको छ । नेपाल पौडी सङ्घको प्राविधिक सहयोगमा नेपालगन्ज स्विमिङ क्लबको आयोजनामा भएको दुई दिने प्रतियोगितामा सगरमाथाले ४२९... ...

रातोपाटी
लिभरपुलमाथि आर्सनलको जित, शीर्ष स्थान कायमै
Latest NewsJust now

लिभरपुलमाथि आर्सनलको जित, शीर्ष स्थान कायमै

काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत भएको खेलमा आर्सनलले लिभरपुलमाथि १–० गोलको महत्त्वपूर्ण जित हात पारेको छ । खेलमा आर्सनलका लागि काई हार्भाट्सले गरेको एकमात्र गोल नै निर्णायक बन्यो । उनले... ...

रातोपाटी
कालीगण्डकी बाढीको भएन अध्ययन
Latest NewsJust now

कालीगण्डकी बाढीको भएन अध्ययन

ठाकुरप्रसाद आचार्य म्याग्दी, कात्तिक १५ गते । गत असोज दोस्रो साता कालीगण्डकी नदीमा आएको विनासकारी बाढीले म्याग्दी, पर्वत, बागलुङ र स्याङ्जाका विभिन्न क्षेत्रमा अरबौँ रुपियाँ बराबरक... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play