कपिलवस्तु । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–३ बर्गदामा बसको ठक्करबाट स्थानीय ७७ वर्षीय लखन अहिरको मृत्यु भएको छ । तौलिहवाबाट बहादुरगञ्जतर्फ गैरहेको गरेको लु १ ख ९७२६ नम्बरको बसले हुलाकी सडकमा पैदलयात्रामा रहेका अहिरलाई ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिए । दुर्घटनामा गम्भीर घाइते भएपछि उपचारका लागि उनलाई कपिलवस्तु अस्पताल तौलिहवा लगिएकामा अस्पतालले मृत्यु भइसकेको घोषणा गरेको थियो । पैदल यात्रुलाई ठक्कर दिने बस प्रहरीले नियन्त्रणमा लिए पनि चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।
कपिलवस्तुमा बसको ठक्करबाट वृद्धको मृत्यु

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






