Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

ओलीको आक्रोश- हिंसा र लुटपाटमार्फत सरकारबाट हटाइयो, आयोगहरूले आरोपित गर्ने काम गरे

Share:WhatsAppFacebookX (Twitter)Telegram
ओलीको आक्रोश- हिंसा र लुटपाटमार्फत सरकारबाट हटाइयो, आयोगहरूले आरोपित गर्ने काम गरे
Photo / Coverage: पर्दाफास

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको तत्कालीन सरकार लोकतान्त्रिक प्रक्रियाबाट नभई बलजफती, आगजनी र लुटपाटमार्फत हटाइएको जिकिर गरेका छन् । आइतबार काठमाडौँमा अखिल नेपाल किसान महासंघको बैठकलाई सम्बोधन गर्दै उनले उपद्रवकारीहरूले राज्यका संयन्त्र निष्क्रिय र निस्प्रभावी बनाएपछि आफूहरू सरकारबाट हट्नुपरेको दाबी गरेका हुन् । उनले जेन जेड आन्दोलनको क्रममा भएका घटनाहरूको निष्पक्ष छानबिन हुन नसकेको समेत टिप्पणी गरे । उनले सरकारद्वारा गठित छानबिन आयोग र मानव अधिकार आयोगले आन्दोलनको क्रममा भएको लुटपाट र आगजनीका घटनाको निष्पक्ष छानबिन गर्नुको सट्टा आफूहरूलाई आरोपित गर्ने उद्देश्यबाट प्रेरित भएको आरोप समेत लगाए । विदेशी सामाजिक सञ्जाल कम्पनीलाई नियमन गर्न खोजेको विषयमा तत्कालीन सञ्चार मन्त्रीमाथि कारबाही गर्नुपर्ने राष्ट्रिय मानव अधिकार आयोगको निष्कर्षप्रति समेत उनले आपत्ति जनाए । उनले विघठित प्रतिनिधि सभासम्बन्धी मुद्दाको फैसलामा ढिलाइ गरेको भन्दै सर्वोच्च अदालतको आलोचना समेत गरे । उनले भने, ‘अहिले हामीले धक्का खाएका छौँ, हामीले लोकतान्त्रिक बाटोबाट धक्का खाएका होइनौँ । बलजफती, आगो लगाएर, लुटपाट गरेर, राज्यका संयन्त्रहरू निष्क्रिय र निस्प्रभावी भएर हामी सरकारबाट हटाइयौँ । मान्छे मराएर उनीहरूले कब्जा गरे । मान्छे कसले मार्‍यो ? कसले गोली चलायो ? आयोग बने, स्थायी मानव अधिकार आयोग त छँदै छ । वास्तवमा छानबिन भएन । सम्भवतः आयोगहरूलाई छानबिन गर्नु पनि थिएन । केपी ओलीलाई आरोपित गर्नु थियो । उहाँहरूले गोली चलाउन आदेश दिएको छ भन्दा छैन भन्ने आयोगहरूकै निष्कर्ष छ गोली चलाउने आदेश प्रधानमन्त्री पनि दिएन, गृहमन्त्रीले पनि दिएन । अझ के भने इटलीले अहिले मेटालाई अर्बौँ रुपैयाँको दण्ड गरेको छ । बेथिति रूपमा चलाएको र मानहानी गरेको सजाय गरेको छ । हामी कहाँ थितिमा नबस्दाखेरी राज्य मान्दिनँ, कानून मान्दिन, तेरो संविधान मान्दिनँ, सरकार मान्दिन भन्दा हामीले बन्द गर्ने निर्णय नगरेका हौँ । अनि विदेशी व्यवसायीलाई नियमन गर्न खोजेको आरोपमा तत्कालीन सञ्चार मन्त्रीलाई कारबाही गर्नुपर्छ भन्ने मानव अधिकार आयोगको निष्कर्ष छ ।’ उनले नेकपा (एमाले)लाई देशको निर्णायक शक्तिको रूपमा विकास गर्ने बाटोमा आफूहरू अगाडि बढिरहेको बताए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
ओलीले दिए कार्यकर्तालाई निर्देशन- जुनसुकै बेला आन्दोलनमा उत्रिन तयार रहनू
OthersJust now

ओलीले दिए कार्यकर्तालाई निर्देशन- जुनसुकै बेला आन्दोलनमा उत्रिन तयार रहनू

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै समयमा सरकारविरुद्ध आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्ने भन्दै मानसिक र सांगठनिक रूपमा तयार रहन पार्टीपंक्तिलाई निर्देशन दिएका छन् । आइतबार काठमाडौँमा अखिल नेपाल किसान महासंघको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन्। उनले मुलुकको तत्कालीन राजनीतिक अवस्थालाई मध्यनजर गरेर आन्दोलनमा उत्रिनुपर्ने पार्टीसामु मुख्य कार्यभार रहेको भन्दै त्यसको लागि तयारी अवस्थामा बस्नुपर्नेमा उनको जोड ...

पर्दाफास
२१ किलो सुन तस्करी प्रकरण : ३ चिनियाँ पुर्पक्षका लागि कारागार चलान
OthersJust now

२१ किलो सुन तस्करी प्रकरण : ३ चिनियाँ पुर्पक्षका लागि कारागार चलान

१ मंसिर, काठमाडौं । साढे २१ किलो सुनसहित पक्राउ परेका तीन चिनियाँ नागरिक पुर्पक्षका लागि कारागार चलान भएका छन् । सुनसँगै बूढानीलकण्ठबाट पक्राउ परेका चीनको जियाङ्सु ग्वाङडोङका २७ वर्षीय हान फिई, सोही ठाउँका ४७ वर्षीय चोउ लङसिन र सोही ठाउँका ३७ वर्षीय वाङ जियान्जेन कारागार चलान भएका हुन् । उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले… ...

अनलाइन खबर
यी हुन् १९ विधामा सबैभन्दा बढी कर तिर्ने करदाता
OthersJust now

यी हुन् १९ विधामा सबैभन्दा बढी कर तिर्ने करदाता

सरकारले १५ औं राष्ट्रिय कर दिवसका अवसरमा बढी कर तिर्ने करदातालाई सम्मान गरेको छ । मंगलबार आन्तरिक राजस्व विभागले १९ विधामा करदातालाई सम्मान गरेको हो । ...

अनलाइन खबर
महेन्द्रसिंह धोनी चेन्नईको मेन्टर नियुक्त
OthersJust now

महेन्द्रसिंह धोनी चेन्नईको मेन्टर नियुक्त

१ मंसिर, काठमाडौं । भारतका विश्वविजेता कप्तान तथा चेन्नई सुपर किङ्सका पूर्वकप्तान महेन्द्रसिंह धोनीले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२७ देखि चेन्नई सुपर किंग्सको मेन्टरका रूपमा नयाँ भूमिका सम्हाल्ने भएका छन् । चेन्नई सुपर किंग्सले सोमबार धोनीलाई आगामी सिजनदेखि मेन्टरको जिम्मेवारी दिने घोषणा गरेको हो । सन् २००८ देखि टोलीसँग आबद्ध धोनीले खेलाडी तथा कप्तानका रूपमा… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play