Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

ओलम्पिक आयोजनामा भारतीय दाबी बलियो

Share:WhatsAppFacebookX (Twitter)Telegram
ओलम्पिक आयोजनामा भारतीय दाबी बलियो
Photo / Coverage: केन्द्रबिन्दु

नयाँदिल्ली । सन् २०३६ को ओलम्पिक आयोजना गर्ने लक्ष्यसहित भारतले प्रस्तुत गरेको प्रस्ताव सकारात्मक रहेको भन्दै भारतीय अधिकारीहरूले आयोजक छनोट प्रक्रियाको अर्को चरणमा प्रवेश गर्ने विश्वास व्यक्त गरेका छन् । अहमदाबादलाई मुख्य आयोजक सहरका रूपमा अघि सार्दै भारतीय ओलम्पिक सङ्घले अन्तर्राष्ट्रिय ओलम्पिक समितिसमक्ष आफ्नो प्रस्तुतीकरण गरेको हो । भारतीय ओलम्पिक सङ्घ (आइओए)ले बिहीबार अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आइओसी)को भविष्यका आयोजकसम्बन्धी आयोगसमक्ष अनलाइन प्रस्तुतीकरण गर्दै गुजरातको अहमदाबादमा ओलम्पिक आयोजना गर्ने आफ्नो योजना प्रस्तुत गरेको थियो । आइओएका प्रमुख कार्यकारी रघुराम अय्यरले प्रस्तुतीकरण निकै राम्रो भएको बताएका छन् । पत्रकारहरूसँग कुरा गर्दै उनले आइओसीसँगको छलफल व्यापक स्तरमा भएको जानकारी दिए । प्रधानमन्त्री नरेन्द्र मोदीको गृह राज्य गुजरातमा रहेको अहमदाबादले सन् २०३० को राष्ट्रमण्डल खेलकुद आयोजना गर्ने तयारी गरिरहेको छ । यसलाई सहरको सङ्गठनात्मक क्षमता परीक्षण गर्ने महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ । सन् २०३६ को ओलम्पिक आयोजनाका लागि भारतसहित जर्मनी, हङ्गेरी, कतार, दक्षिण अफ्रिका, दक्षिण कोरिया र टर्की गरी सात देशले रुचि देखाएका छन् । यद्यपि, भारतको ओलम्पिक आयोजनासम्बन्धी प्रयास भारतीय ओलम्पिक सङ्घभित्रको आन्तरिक विवादबीच अघि बढिरहेको छ । यसै महिनाको सुरुमा आइओसीले प्रशासनिक समस्या समाधान गर्न भारतीय सङ्घलाई चेतावनी दिएको थियो । निर्वाचन प्रक्रियामा ठूलो धाँधली भएको आरोप लगाएपछि सङ्घकी अध्यक्ष पीटी उषाले डिसेम्बरमा पुनः निर्वाचन नलड्ने घोषणा गरेकी थिइन् । अय्यरका अनुसार भारत अहिले आइओसीसँग निरन्तर संवादको चरणमा छ । यो चरण सफलतापूर्वक पार गरेमा आगामी वर्ष मार्च वा अप्रिलमा हुने रणनीतिक संवादमा सहभागी हुने अवसर प्राप्त हुनेछ । उनले ओलम्पिकजस्तो ठूलो प्रतियोगिता आयोजना गर्न केन्द्र सरकार, राज्य सरकार, स्थानीय निकाय र खेलकुद सङ्घहरूको पूर्ण समर्थन आवश्यक पर्ने बताइन् । सन् २०२८ को लस एन्जलस ओलम्पिकपछि वा सन् २०२९ को सुरुतिर सन् २०३६ को ओलम्पिक आयोजकबारे अन्तिम निर्णय हुन सक्ने उनले बताइन् । -एएफपी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकता दिन उमेश श्रेष्ठको आग्रह
Latest NewsJust now

शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकता दिन उमेश श्रेष्ठको आग्रह

नेपाली कांग्रेसका कोषाध्यक्ष तथा शिक्षा र स्वास्थ्य क्षेत्रका उद्यमी उमेश श्रेष्ठले शिक्षा र स्वास्थ्यलाई राज्यले पहिलो प्राथमिकतामा राख्न सके मात्रै मुलुकको समग्र विकास सम्भव हुने बताएका छन् । शुक्रबार उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) को ३०औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै श्रेष्ठले नेपालको शिक्षा क्षेत्रको विकासका लागि स्पष्ट नीति, ऐन तथा कानुन निर्माण गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘ ...

फरकधार
ट्रान्सफर्मर विवादमा अल्झियो कालीमाटीका पाँच बस्तीको बिजुली बिस्तार योजना
Latest NewsJust now

ट्रान्सफर्मर विवादमा अल्झियो कालीमाटीका पाँच बस्तीको बिजुली बिस्तार योजना

सल्यानको घुइँयाबारीमा नयाँ ट्रान्सफर्मर जडानपछि पुरानो र्याङमा लैजाने विषयमा कुरा नमिल्दा स्थानीय विद्युत प्राधिकरणमा धर्ना दिइरहेका छन् । ...

कान्तिपुर
समुद्री सीमा विवादमा कम्बोडिया र थाइल्यान्ड सहमत
Latest NewsJust now

समुद्री सीमा विवादमा कम्बोडिया र थाइल्यान्ड सहमत

नोम पेन्ह । कम्बोडिया र थाइल्यान्डले विवादित समुद्री क्षेत्रको भौगोलिक अवस्था बुझ्न संयुक्त राष्ट्रसङ्घीय आयोगलाई दुवै देशका तट तथा सम्बन्धित टापुहरूको स्थलगत भ्रमण गर्न अनुमति दिने सहमति गरेका छन् । समुद्री कानूनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धि (युएनसीएलओएस) अन्तर्गतको मेलमिलाप आयोगसँग मलेसियाको क्वालालम्पुरमा भएको चारदिने तेस्रो बैठकपछि दुवै देशले यस्तो सहमति गरेका हुन् । बैठकका क्रममा समुद्री सीमा निर्धारणसँग सम्बन्धित प्राविधिक विषयमा काम गर्न ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement