Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

एसियन लाइफ इन्स्योरेन्स कम्पनीको नाफा र इपिएसमा सुधार

Share:WhatsAppFacebookX (Twitter)Telegram
एसियन लाइफ इन्स्योरेन्स कम्पनीको नाफा र इपिएसमा सुधार
Photo / Coverage: टक्सार

काठमाडौँ । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमास (साउन–असोज) सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको खुद नाफासँगै प्रतिसेयर आम्दानी इपिएसमा समेत सुधार देखिएको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्म कम्पनीले १६ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा कम्पनीले १५ करोड २५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा ५.७९ प्रतिशतले वृद्धि भएको हो । नाफामा भएको वृद्धिसँगै कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (इपिएस) पनि बढेर १२.२९ रुपैयाँ कायम भएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको इपिएस ११.६२ रुपैयाँ रहेको थियो । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १२३.०३ रुपैयाँ र मूल्य आम्दानी अनुपात (पिई रेसियो) ३५.४७ गुणा रहेको छ । व्यापार विस्तारमा आक्रामक देखिएको कम्पनीले चालु वर्षको असोजसम्म २ अर्ब ८३ करोड ८० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ, जुन अघिल्लो वर्षको २ अर्ब ३२ करोड ३३ लाख रुपैयाँको तुलनामा २२.१५ प्रतिशतले बढी हो । त्यस्तै, कम्पनीको खुद बीमाशुल्क आर्जन पनि २१.३७ प्रतिशतले बढेर २ अर्ब ७७ करोड २२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यही अवधिमा कम्पनीले २ अर्ब २८ करोड ४० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । कम्पनीको जीवन बीमा कोषको आकारमा पनि उत्साहजनक वृद्धि देखिएको छ । अघिल्लो वर्ष ४८ अर्ब ४८ करोड ५२ लाख रुपैयाँ रहेको जीवन बीमा कोष १२.३९ प्रतिशतले बढेर समीक्षा अवधिसम्म ५४ अर्ब ४९ करोड ३६ लाख रुपैयाँ पुगेको छ । हाल ५ अर्ब २५ करोड १२ लाख रुपैयाँ चुक्तापुँजी रहेको यस कम्पनीको जगेडा तथा कोषहरू पनि बलिया देखिएका छन् । समीक्षा अवधिसम्म कम्पनीको रिटेन्ड अर्निङ ६७ करोड ३ लाख रुपैयाँ र महाविपत्ति कोष ३४ करोड ५० लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्षको असार मसान्तसम्म रिटेन्ड अर्निङ ५२ करोड ६७ लाख रुपैयाँ र महाविपत्ति कोष ३२ करोड ८८ लाख रुपैयाँ रहेको थियो । यस्तै, समीक्षा अवधिसम्म कम्पनीको सेयर प्रिमियममा १० करोड ९९ लाख रुपैयाँ र अन्य इक्विटीमा ८ करोड ४० लाख रुपैयाँ सञ्चित रहेको छ, जुन अघिल्लो वर्षको असार मसान्तमा क्रमशः १० करोड ९९ लाख रुपैयाँ र ९ करोड १४ लाख रुपैयाँ रहेको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
आईजीपी हटाउने निर्णय सरकारको, पार्टीको होइन : रास्वपा प्रवक्ता
Latest NewsJust now

आईजीपी हटाउने निर्णय सरकारको, पार्टीको होइन : रास्वपा प्रवक्ता

सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता जगदीश खरेलले दानबहादुरलाई प्रहरीका महानिरीक्षक आईजीपी पदबाट हटाउन कुनै निर्देशन नदिएको बताएका छन्।  सांसदसमेत रहेका खरेलले आईजीपी हटाउने वा पदमा कायम राख्ने विषयमा पार्टीले सरकारलाई कुनै निर्देशन नदिएको बताएका हुन्।  आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै... ...

नेपालखबर
एपेक शिखर सम्मेलनको साइडलाइनमा ट्रम्प, सी र पुटिनबीच ऐतिहासिक त्रिपक्षीय भेटवार्ता हुँदै
Latest NewsJust now

एपेक शिखर सम्मेलनको साइडलाइनमा ट्रम्प, सी र पुटिनबीच ऐतिहासिक त्रिपक्षीय भेटवार्ता हुँदै

त्रिपक्षीय बैठकले २१ अर्थतन्त्र सहभागी हुने एपेक शिखर सम्मेलनको मुख्य एजेन्डालाई नै छायामा पार्न सक्ने चिन्ता अर्थशास्त्रीहरुको छ ...

कान्तिपुर
तमोर कोरिडोरले राँके बजारको व्यापार घटायो
Latest NewsJust now

तमोर कोरिडोरले राँके बजारको व्यापार घटायो

पाँचथर । तमोर कोरिडोर सडकबाट ताप्लेजुङ जाने यात्रुको सङ्ख्या बढेपछि मेची राजमार्गस्थित पाँचथर–इलाम सीमावर्ती राँके बजारको व्यापार घटेको छ । मेची राजमार्गमा यात्रा गर्ने यात्रु तथा पाथीभरा दर्शनका लागि जाने तीर्थयात्री... ...

रातोपाटी
सबै खेलाडीले रोनाल्डोको सम्मानमा लगाए ७ नम्बरको जर्सी
Latest NewsJust now

सबै खेलाडीले रोनाल्डोको सम्मानमा लगाए ७ नम्बरको जर्सी

क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएपछि पोर्चुगलका खेलाडीले उनको सम्मानमा विशेष तरिकाले बिदाइ गरेका छन् । ...

हाम्राकुरा
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play