Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

एमालेले एक दिन अगाडी सार्‍यो केन्द्रिय कमिटीको बैठक

Share:WhatsAppFacebookX (Twitter)Telegram
एमालेले एक दिन अगाडी सार्‍यो केन्द्रिय कमिटीको बैठक
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । नेकपा एमालेले मंसिर ५ गतेका लागि तय गरेको केन्द्रीय कमिटी बैठक एक दिनअघि सारेर मंसिर ४ गते बोलाउने निर्णय गरेको छ । मंगलबार पार्टी कार्यालय च्यासलमा बसेको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकको मिति परिवर्तन गर्ने निर्णय गरेको एमाले उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो । बैठकले मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलामा प्रस्तुत गरिने एजेण्डासमेत पारित गरेको छ । भेलामा स्थानीय तह निर्वाचनको तयारी र पार्टी सङ्गठन परिचालनलाई मुख्य विषय बनाइने उपमहासचिव भट्टले बताउनुभयो । उहाँका अनुसार राष्ट्रिय भेलामा अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राष्ट्रिय राजनीति, पार्टीको भावी कार्यदिशा र आगामी दिनमा गर्नुपर्ने कामबारे कार्यपत्र प्रस्तुत गर्नुहुनेछ । वरिष्ठ नेता विद्यादेवी भण्डारीले समसामयिक राष्ट्रिय राजनीति र पार्टीका विषयमा कार्यपत्र प्रस्तुत गर्नुहुनेछ । त्यसैगरी, उपाध्यक्ष रामबहादुर थापाले संसदीय सङ्घर्षसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुहुनेछ भने अर्का उपाध्यक्ष विष्णु पौडेलले एमाले नेतृत्वको कार्यकालमा भएका विकास निर्माणका कामको तथ्याङ्कसहित विवरण प्रस्तुत गर्नुहुनेछ । पार्टीको शुद्धीकरण र सुदृढीकरणका विषयमा महासचिवले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको भट्टले जानकारी दिनुभयो । भट्टले भन्नुभयो, “केन्द्रीय कमिटीको बैठक हामीले ५ गते राख्ने भनेका थियौँ, त्यसलाई ४ गते सारिएको छ । आजको महत्त्वपूर्ण निर्णय राष्ट्रिय भेला तयारीसम्बन्धी हो । राष्ट्रिय भेलामा अध्यक्ष कमरेडको वर्तमान नेपालको राष्ट्रिय राजनीति, भावी कार्यदिशा र पार्टीले गर्नुपर्ने कामका विषयमा कार्यपत्र प्रस्तुत हुन्छ । त्यसैगरी समसामयिक राष्ट्रिय राजनीति र पार्टी विशेषमा वरिष्ठ नेताको कार्यपत्र प्रस्तुत हुन्छ । उपाध्यक्ष रामबहादुर थापाले संसदीय सङ्घर्षका बारेमा कार्यपत्र प्रस्तुत गर्नुहुनेछ भने एमालेको कार्यकालमा भएका विकासका कामको तथ्याङ्कसहितको प्रस्तुति उपाध्यक्ष विष्णु पौडेलले गर्नुहुनेछ । पार्टीको शुद्धीकरण र सुदृढीकरणका विषयमा महासचिवले कार्यपत्र प्रस्तुत गर्ने निर्णय भएको छ ।” बैठकमा राष्ट्रिय भेलाको तयारीबारे सङ्गठन विभाग प्रमुख तथा पार्टीका केन्द्रीय सचिव भानुभक्त ढकालले जानकारी गराउनुभएको थियो । राष्ट्रिय भेलामा पार्टी पुनर्गठनको विषयमा भने छलफल नहुने भट्टले स्पष्ट पार्नुभयो । उक्त विषय केन्द्रीय कमिटीले यसअघि नै टुङ्ग्याइसकेकाले थप छलफल आवश्यक नरहेको उहाँको भनाइ थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
काभ्रेको पाँचखालस्थित ह्वाइट पार्क रिसोर्टबाट ल्यापटप र मोबाइलसहित ३६ जना चिनियाँ नियन्त्रणमा
Latest NewsJust now

काभ्रेको पाँचखालस्थित ह्वाइट पार्क रिसोर्टबाट ल्यापटप र मोबाइलसहित ३६ जना चिनियाँ नियन्त्रणमा

• काभ्रेको पाँचखालस्थित ह्वाइट पार्क रिसोर्टबाट ३६ जना चिनियाँ नागरिकलाई ल्यापटप र मोबाइलसहित नियन्त्रणमा लिइएको छ। • स्थानीयवासीको गुनासोपछि प्रहरीले छापा मारेर उनीहरूको बसाइको उद्देश्य र कागजातको बारेमा अनुसन्धान गरिरहेको छ। • नियन्त्रणमा लिइएका ३६ जनामध्ये ३१ जना पुरुष र ५ जना महिला रहेका छन्, र थप अनुसन्धानका लागि विज्ञसहितको टोली माग गरिएको छ। ...

नेपालबहस
नेपालगन्जमा कर सप्ताह सुरु
Latest NewsJust now

नेपालगन्जमा कर सप्ताह सुरु

सिराज खान बाँके, मङ्सिर १ गते । विविध कार्यक्रमसहित नेपालगन्जमा मङ्गलबारदेखि राष्ट्रिय कर दिवस तथा कर सप्ताह २०८३ सुरु भएको छ । प्रभातफेरी र अन्तरक्रिया कार्यक्रम गरेर कर सप्ताह सु... ...

गोरखापत्र
काम गरेको पारिश्रमिक नदिनेमाथि खनिइन् नायिका गरिमा शर्मा
Latest NewsJust now

काम गरेको पारिश्रमिक नदिनेमाथि खनिइन् नायिका गरिमा शर्मा

काठमाडौं । अभिनेत्री तथा मोडल गरिमा शर्मा काम गरेको पारिश्रमिक नदिनेमाथि खनिएकी छन् । कलाकारको प्रतिभा, मेहनत, समय, लोकप्रियता र सिर्जनात्मक क्षमताको अनुचित फाइदा उठाउनु नै कलाकारको शोषण भएको उनले... ...

रातोपाटी
माछापुच्छ्रे बैंक लि र ट्याप ट्याप सेन्डबिच रेमिट्यान्स सम्झौता
Latest NewsJust now

माछापुच्छ्रे बैंक लि र ट्याप ट्याप सेन्डबिच रेमिट्यान्स सम्झौता

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेड र अन्तर्राष्ट्रिय डिजिटल विप्रेषण सेवा प्रदायक ट्यापट्याप सेन्डबिच विप्रेषण सेवा सञ्चालन गर्ने सम्झौता भएको छ । सम्झौता भएसँगै विप्रेषण कारोबार औपचारिक रुपमा शुुरु भएको छ । यस सम्झौता सँगै विदेशमा रहेका नेपाली तथा अन्य सेवाग्राहीले ट्यापट्याप सेन्डको मोबाइल एप प्रयोग गरी सहज रुपमा नेपालमा रकम पठाउन सक्नेछन् । यसरी प्रेषित गरिएको रकम माछापुच्छ«्र्रे बैंककोे आफ्नै विप्रेषण सेवा ...

टक्सार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play