Monday, October 26, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता

एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता

10/26/2026, 5:05:38 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता

काठमाडाैँ । पूर्वराष्ट्रपति तथा नेकपा (एमाले)की वरिष्ठ नेता विद्यादेवी भण्डारी चार दिने चीन भ्रमण सकेर सोमवार स्वदेश फर्किएकी छिन् । वरिष्ठ नेता भण्डारी चीनको हेबोई प्रान्तको स्योङआनमा आयोजना गरिएको ‘ग्लोवल गभर्नेन्स फोरम’मा सहभागि भएर सोमबार स्वदेश फर्किएकी हुन् । अक्टोबर २३ देखि २५ सम्म चलेको फोरमलाई नेता भण्डारी सम्बोधन गरेकी थिइन् । चाइनिज पिपल्स इन्स्टिच्युट अफ फरेन अफेयर्स (सीपीआईएफए)ले आयोजना गरेको उक्त फोरममा विश्वका विभिन्न देशका राजनीतिक नेता, कुटनीतिज्ञ, व्यवसायी तथा सञ्चारमाध्यमका प्रतिनिधिहरू सहभागी भएका थिए । फोरममा बदलिँदो विश्व व्यवस्थाका बीच अन्तर्राष्ट्रिय सहकार्य, विश्वव्यापी शासन प्रणालीमा सुधार, साइबर क्षेत्र तथा अन्तरिक्षको शासनसँग सम्बन्धित चुनौती र एआईको सुरक्षित प्रयोगलगायत विषयमा भएको थियो । स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफू भ्रमणमा भन्दा पनि सम्मेलनमा सहभागि हुने गएको बताइन् । उनले भनिन्, “सबै कुरा सञ्चारमाध्यममा आइ सकेको नै छ । यो भ्रमण भन्दा पनि जिजिआईको सम्मेलन हो । त्यसमा भाग लिन म गएको हो । अनि त्यहाँ बोलेको कुरा त लिखित वक्तव्य नै जारी भएको छ । चाहिने कुरा त्यतैबाट हेर्न मिल्छ ।” एमाले वरिष्ठ नेता भएवपछि भण्डारीको यो पहिलो विदेश भ्रमण हो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

इरान, टर्की, पाकिस्तान र साउदी अरबले अलग्गै क्षेत्रीय सुरक्षा संरचना बनाउन थाले पहल
ताजा खबरJust now

इरान, टर्की, पाकिस्तान र साउदी अरबले अलग्गै क्षेत्रीय सुरक्षा संरचना बनाउन थाले पहल

तेहरान- इरान, टर्की, पाकिस्तान र साउदी अरबले क्षेत्रीय देशकै हित र निर्णयमा आधारित सुरक्षा संरचना निर्माणका लागि पहल अघि बढाउन सक्ने भएका छन् । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले सोमबार तेहरानमा टर्की, पाकिस्तान र साउदी अरबका उच्च अधिकारीहरूसँग हुने बैठकले क्षेत्रीय सुरक्षा संयन्त्र निर्माणका लागि थप कदम चाल्ने आधार तयार गर्न सक्ने बताएका छन् […] ...

काठमाण्डुपाटी
प्रलोभन देखाइ रकम असुल गर्ने वर्णवाल पक्राऊ
ताजा खबरJust now

प्रलोभन देखाइ रकम असुल गर्ने वर्णवाल पक्राऊ

दिपकप्रसाद गौतम वीरगञ्ज (पर्सा), कार्तिक ९ गते । पर्सा प्रहरीले आफू सुरक्षाकर्मीको घुमुवा हुँ भन्दै विभिन्न व्यक्तिहरुसँग अवैध रकम असुली गरेको आरोपमा पोखरिया नगरपालिका वडा नम्बर ५... ...

गोरखापत्र
स्कारपियो दुर्घटनामा ५ जनाकाे मृत्यु
ताजा खबरJust now

स्कारपियो दुर्घटनामा ५ जनाकाे मृत्यु

गुल्मी। गुल्मीको कालीगण्डकी गाउँपालिका–२ दबौखानीस्थित कालीगण्डकी करिडोर सडक खण्डमा स्कारपियो दुर्घटना हुँदा ५ जनाकाे मृत्यु भएकाे छ । स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको बीएए ०२२० नम्बरको स्कारपियो सडकबाट खसेर दुर्घटना... ...

रातोपाटी
एनपीएल : उद्घाटन खेलमा लुम्बिनी लायन्सलाई ८८ रनको लक्ष्य
ताजा खबरJust now

एनपीएल : उद्घाटन खेलमा लुम्बिनी लायन्सलाई ८८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण अन्तर्गतको सुरुवाती खेलमा लुम्बिनी लायन्सले ८८ रनको लक्ष्य पाएको छ । पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले लुम्बिनीलाई ८८ रनको टार्गेट दिएको हो । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस हारेर सुदूरपश्चिमले पहिले ब्याटिङ गर्‍यो । सुदूरपश्चिम रोयल्स १७ ओभर २ बलमा ८७ रन बनाउँदै […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play