एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल एकता सम्भव छैन : दाहाल

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा (एमाले) सँग राष्ट्रिय मुद्दामा सहकार्य हुनसक्ने भए पनि तत्काल पार्टी एकताको सम्भावना नरहेको बताएका छन्। पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार आयोजित ‘पार्टी जागरण अभियान’ शुभारम्भ कार्यक्रममा पत्रकारहरूसँग कुरा गर्दै दाहालले आफ्नो दल भ्रष्टाचारविरुद्ध उभिएको र एमाले सुशासनको विपक्षमा देखिएको दाबी गरे। उनले दुई दलको राजनीतिक चरित्र फरक रहेको बताए। पत्रकारका प्रश्नको जवाफ दिँदै दाहालले जनतामा माओवादीको अस्तित्वबारे भ्रम फैलाउन खोजिएको बताए। तत्कालीन नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहित २६ वटा साना–ठूला कम्युनिस्ट घटक एकीकृत भएर नेपाली कम्युनिस्ट पार्टी बनेको उल्लेख गर्दै उनले विभिन्न घटकका विचार र भावना नयाँ पार्टीमा समाहित भएको बताए। शान्ति प्रक्रियायता पार्टीका नाम परिवर्तन भए पनि मूल राजनीतिक कार्यदिशा र जनपक्षीय एजेन्डा नबदलिएको उनको भनाइ छ। एमालेसँगको भिन्नताबारे बोल्दै दाहालले सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान चलाइरहेकै बेला संसद्का दुई ठूला दल मिलेर आफूलाई सरकारबाट हटाएको स्मरण गरे। लोकतन्त्रमा पहिलो र दोस्रो दल मिलेर सत्ता सञ्चालन गर्नु संसदीय अभ्यासविपरीत भएको टिप्पणी गर्दै उनले आफूहरू भ्रष्टाचारविरुद्ध लडिरहेको र तत्कालीन सत्तापक्षले भ्रष्टाचारको संरक्षण गरेको आरोप लगाए। यद्यपि, राष्ट्रिय स्वाधीनता र लोकतान्त्रिक अधिकारको रक्षाका लागि आवश्यकताअनुसार जोसुकैसँग संवाद र सहकार्य गर्न सकिने उनले स्पष्ट पारे। तर त्यसलाई पार्टी एकताका रूपमा बुझ्न नहुने उनको भनाइ छ। एमालेसँग एकताका लागि इतिहास, पृष्ठभूमि र वैचारिक भिन्नताबारे गम्भीर समीक्षा आवश्यक रहेको उनले बताए। दाहालले माओवादी र एकीकृत समाजवादीसहित २६ वटा साना–ठूला घटक मिलेर नेपाली कम्युनिस्ट पार्टी बनेको उल्लेख गर्दै यो विघटन नभई रूपान्तरण भएको बताए। नामभन्दा काम महत्त्वपूर्ण रहेको भन्दै उनले सबैका विचार र भावनालाई समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। नेपाली कांग्रेस र एमालेको गठबन्धनले देशमा राजनीतिक दुर्घटना निम्त्याउन सक्ने भन्दै आफूहरूले पहिल्यै सचेत गराएको उनको भनाइ छ। राष्ट्रिय स्वाधीनता, लोकतान्त्रिक अधिकार र देशको हितका लागि आवश्यक परे जुनसुकै दलसँग सहकार्य गर्न तयार रहेको उनले दोहोर्याए। सामाजिक सञ्जाल र नयाँ प्रविधिको विकाससँगै कम्युनिस्ट आन्दोलनको भविष्यमाथि उठाइएका प्रश्नबारे दाहालले २०४६ सालको जनआन्दोलनपछि पनि यस्तै निराशाजनक भाष्य निर्माण गरिएको बताए। आलोचना र नकारात्मक प्रचारमा अल्झिनुभन्दा ऐतिहासिक लक्ष्य र काममा केन्द्रित भएर अघि बढ्नुपर्ने उनको भनाइ छ। उनले कम्युनिस्ट आन्दोलनलाई पुनः नयाँ उचाइमा पुर्याउने प्रतिबद्धतासमेत व्यक्त गरे।
Read Complete Original Article
Published originally on लुम्बिनी सञ्चार
Related News

डिएनएको प्रतीक्षामा बित्यो दसैँ
ज्योति पन्थी बबई, कात्तिक ८ गते । गत भदौ १० गते रसुवाको बाढीमा परेर बेपत्ता भएका आफन्तको परिवारले यस वर्षको दसैँ डिएनए परीक्षणको रिपोर्ट पाउने आशामा बिताए । विभिन्न कामका लागि रसुव... ...
_jngkj3r13m_7PHWnhfPpk.jpg)
नेपाली कांग्रेसका पदाधिकारी र सदस्यको शपथ तथा प्रमाणपत्र वितरण कात्तिक १२ गते
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरूको पद तथा गोपनीयताको शपथ ग्रहण तथा प्रमाणपत्र वितरणको कार्यक्रम कात्तिक १२ गते गर्ने तयारी भएको छ । सभापति गगन थापाले... ...

बाढी पहिरो प्रभावित स्थानमा विद्युत आपूर्ति पूर्ववत्
• म्याग्दी जिल्लामा बाढी पहिरोबाट प्रभावित स्थानमा विद्युत आपूर्ति पुनः सुरु भएको छ। • नेपाल विद्युत प्राधिकरणले क्षति पुगेका संरचनाहरू मर्मत गरेर विद्युत आपूर्ति नियमित बनाउने प्रयास गरिरहेको छ। • विद्युत आपूर्ति भएपछि ग्रामीण जनजीवनमा सुधार आएको छ। ...

आश्विन शुक्ल पूर्णिमा: नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्ने आज अन्तिम दिन
• आजको दिन नवदुर्गाको प्रसाद स्वरुप टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जानको लागि अन्तिम अवसर रहेको छ। • विजयादशमीको पूजा आराधना पछि प्रसाद ग्रहण गर्ने क्रम कोजाग्रत पूर्णिमासम्म जारी रहनेछ। • सडकमा चहलपहल बढेको भए पनि सवारी साधनको कमीले यात्रा सहज हुन सकेको छैन। ...


