एन्थ्रोपिकले गर्यो क्यानडामा पहिलो डाटा सेन्टरका लागि सम्झौता

एआई कम्पनी एन्थ्रोपिकले क्यानडाको नोभा स्कोटियास्थित पोइन्ट टपरमा डेटा सेन्टर सञ्चालनका लागि एभरविन्डसँग लिज सम्झौता गरेको छ। यो कम्पनीको क्यानडामा डाटा सेन्टरसम्बन्धी पहिलो सम्झौता हो। कम्पनीका एक अधिकारीले शुक्रबार दिएको जानकारीअनुसार एन्थ्रोपिकले आफ्नो एआई सहायक क्लोड सञ्चालनका लागि आवश्यक डाटा सेन्टर क्षमता उपयोग गर्न एभरविन्डसँग सम्झौता गरेको हो। यसैबीच, एभरविन्डले नोभा स्कोटियामा डेटा सेन्टर क्याम्पस र वायु ऊर्जा परियोजनामा १० अर्ब क्यानेडियन डलरभन्दा बढी लगानी गर्ने योजना सार्वजनिक गरेको छ। कम्पनीले यसलाई प्रान्तको इतिहासकै सबैभन्दा ठूलो निजी लगानी भएको दाबी गरेको छ। डाटा सेन्टरमा अत्यधिक विद्युत् र पानी खपत हुने तथा स्थानीय पूर्वाधारमा दबाब पर्ने भन्दै आलोचना हुँदै आएको छ। एन्थ्रोपिकका क्यानडाका सार्वजनिक नीति प्रमुख ज्याकोब ग्लिकले भने विद्युत् उपभोक्तामाथि अतिरिक्त आर्थिक भार नपर्ने, पानीका स्रोत सुरक्षित रहने र स्थानीय समुदायले पनि परियोजनाबाट लाभ पाउने सुनिश्चित गरिने बताएका छन्। रोयटर्सका अनुसार एन्थ्रोपिकले सन् २०२५ मा कम्प्युटिङ र पूर्वाधारमा ७ अर्ब ३३ करोड अमेरिकी डलर खर्च गरेको थियो। यो सन् २०२४ को तुलनामा तीन गुणा बढी हो। कम्पनी अमेरिकामा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्ने तयारीमा छ। उक्त आईपीओबाट कम्पनीको मूल्यांकन २ ट्रिलियन अमेरिकी डलरभन्दा बढी हुन सक्ने अनुमान गरिएको छ। तर, न्यूयोर्क सिटीका नियन्त्रक मार्क लेभिनले सुरक्षा र संस्थागत सुशासनसम्बन्धी चिन्ता व्यक्त गर्दै आईपीओ प्रक्रिया स्थगित गर्न आग्रह गरेका छन्। The post एन्थ्रोपिकले गर्यो क्यानडामा पहिलो डाटा सेन्टरका लागि सम्झौता appeared first on Technology Khabar.
Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर
Related News

सामसङ ग्यालेक्सी ए३८ फाइभजीमा ट्रिपल रियर क्यामरा सेटअप हुनसक्ने
दक्षिण कोरियाली स्मार्टफोन निर्माता सामसङले आगामी केही महिनाभित्र ‘सामसङ ग्यालेक्सी ए३८ फाइभजी’ (Samsung Galaxy A38 5G) सार्वजनिक गर्न सक्ने रिपोर्ट गरिएको छ। यस स्मार्टफोनमा ‘ट्रिपल रियर क्यामरा’ सेटअप हुने अपेक्षा गरिएको छ, जसमा मुख्य क्यामरा ५० मेगापिक्सेलको हुनेछ। यो ‘सामसङ ग्यालेक्सी ए३७ फाइभजी’ को नयाँ संस्करण हुन सक्छ, जुन यस वर्षको मार्च महिनामा भारतमा सार्वजनिक गरिएको थियो। एक मिडिया रिपोर्टका अनुसार, सामसङ ...

लेनोभोले विश्व बजारमा सार्वजनिक गर्यो किफायती ल्यापटप, स्न्यापड्रागन एक्स चिपयुक्त
लेनोभोले विश्व बजारमा नयाँ किफायती ल्यापटप सार्वजनिक गरेको छ। यसमा स्न्यापड्रागन एक्स सिरिजको प्रोसेसर र ५० वाट-आवर क्षमताको ब्याट्री जडान गरिएको छ। यसको डिस्प्लेमा ४०० निट्स सम्मको अधिकतम ब्राइटनेस (उज्यालोपन) पाइन्छ र यसले वाई-फाई ७ कनेक्टिभिटीलाई समर्थन गर्छ। १५ इन्चको डिस्प्ले रहेको यस ल्यापटपमा ५१२ जीबीसम्मको स्टोरेज सुविधा उपलब्ध छ। यो ल्यापटप ‘टीयूभी लो ब्लू लाइट’ प्रमाणीकरणसहित आउँछ र टिकाउपनका लागि ...

Five Cybersecurity Areas for Review This Month - CBIA
Five Cybersecurity Areas for Review This Month CBIA

