एनपीएलमा पहिलोपटक डीआरएस प्रविधि प्रयोग गरिने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पहिलोपटक डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रविधि प्रयोग गरिने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार सामाजिक सञ्जालमार्फत प्रतियोगितामा डीआरएस लागू गरिने जानकारी दिएको हो। क्रिकेटमा अम्पायरले दिएको निर्णयप्रति असहमति भएमा खेलाडीले पुनरावलोकनको माग गर्न सक्ने व्यवस्था नै डीआरएस हो। अन्तर्राष्ट्रिय क्रिकेटमा व्यापक रूपमा प्रयोग हुँदै आएको यो प्रविधिले अम्पायरका निर्णयलाई प्राविधिक माध्यमबाट पुनः परीक्षण गर्न सहयोग पुर्याउँछ। क्यानका अनुसार एनपीएलमा एलबीडब्लू (लेग बिफोर विकेट) सम्बन्धी निर्णय पुनरावलोकनका लागि थ्रीडी बल ट्र्याकिङ प्रविधि प्रयोग गरिनेछ। यसका साथै रनआउट, स्टम्पिङ र नो बलसम्बन्धी निर्णयमा पनि रिभ्यूको व्यवस्था हुनेछ। प्रतियोगितामा कृत्रिम बुद्धिमत्ता (एआई) को सहायताले बल ब्याटमा लागेको वा नलागेको पत्ता लगाउने एज डिटेक्सन प्रविधिसमेत प्रयोग गरिनेछ। यसले बलले ब्याट छोएको अवस्थाको विश्लेषण गरी निर्णय प्रक्रियालाई थप विश्वसनीय बनाउन सहयोग गर्नेछ। त्यस्तै, बलको उचाइका आधारमा वाइडसम्बन्धी निर्णय परीक्षण गर्ने सुविधा पनि उपलब्ध हुनेछ। यसबाहेक छक्काको दूरी र उचाइ मापन गर्नुका साथै बलिङसम्बन्धी विभिन्न विश्लेषणात्मक तथ्यांक पनि उपलब्ध गराइने क्यानले जनाएको छ। एनपीएलमा डीआरएसको प्रयोगले अम्पायरका निर्णयमा शुद्धता बढाउनुका साथै खेलको प्रतिस्पर्धात्मकता र विश्वसनीयता अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

दसैंभन्दा चिसोबाट जोगिने चिन्तामा बाढीपीडित
काठमाडौँ, कात्तिक ३ गते । रसुवा–भोटेकोशी बाढीबाट प्रभावित परिवार काठमाडौँ उपत्यका अन्तर्गतका विभिन्न होल्डिङ सेन्टरहरुमा बस्दैआएका छन् । भदौ १० गते आएको बाढी पश्चात् उनीहरुले होल्ड... ...

दसैँको उपहार : भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा
चितवन । दसैँको मुखमा चितवनको इच्छाकामना गाउँपालिका–७ का भूमिहीनले आफ्नै नाममा जग्गाधनी प्रमाणपुर्जा पाएपछि उनीहरूको खुसीको सीमा रहेन । वर्षौंदेखि आफू बसोबास गर्दै आएको जमिनबाट कतै हट्नुपर्ने हो कि भन्ने... ...

रसुवा र नुवाकोटका धार्मिक तथा पर्यटकीय क्षेत्र भ्रमणका लागि सुरक्षित
रसुवा। भोटेकोशी र त्रिशूली नदीमा भदौमा गएको बाढीका कारण बगे–भत्केका सडक मर्मतसम्भार भएसँगै नदी तटीय क्षेत्रबाहेक अन्यत्रको जनजीवन लयमा फर्केको छ। रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङका अनुसार बाढीले सखाप पारेका... ...

वैदेशिक रोजगारीबाट आएको रकम मधेसमा कहाँ गरिन्छ खर्च ?
काठमाडौँ । सप्तरी, राजविराजका रामकिसुन देव पाँच वर्षपछि गत वर्ष साउदीबाट फर्के । पाँच वर्ष वैदेशिक रोजगारीमा रहे पनि उनको हातमा अहिले केही छैन । उनी अहिले घर बनाउने मजदुरी... ...


