Friday, October 16, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/एनपीएलमा डीआरएस प्रविधि ल्याउने तयारी

एनपीएलमा डीआरएस प्रविधि ल्याउने तयारी

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएलमा डीआरएस प्रविधि ल्याउने तयारी

काठमाडाैं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपीएल) मा निर्णय पुनरावलोकन प्रणाली (डीआरएस) प्रविधि प्रयोगमा ल्याउने तयारी गरेको छ । क्यानका सचिव पारस खड्काकाअनुसार यस अत्याधुनिक प्रविधिलाई प्रतियोगितामा समावेश गर्न करिव डेढदेखि दुई करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । यस विषयमा आगामी तीन दिनभित्र औपचारिक घोषणा गरिने खड्काले बताउनु भयो । काठमाडौंमा शुक्रवार आयोजित एक कार्यक्रममा बोल्दै क्यान सचिव खड्काले एनपीएललाई निष्पक्ष र व्यावसायिक बनाउन डीआरएस प्रविधि भित्र्याउने गृहकार्य भइरहेको जानकारी दिनुभयो । यद्यपि यसको आधिकारिक निर्णय भने प्रक्रिया पूरा भएपछि मात्र सार्वजनिक गरिने उहाँले प्रष्ट पार्नुभयो । डीआरएस लागू गर्दा म्याचको समय आधा घण्टासम्म लम्बिन सक्ने भएकाले प्रतियोगिताको खेल तालिकामा केही हेरफेर हुनसक्ने देखिएको बताउनु भयो । हाल निर्धारित कार्यतालिकाअनुसार खेल दिउँसो साढे ४ बजे शुरु गर्ने योजना रहे पनि डबल हेडर (एकै दिन दुई खेल हुने) दिनहरूमा समय व्यवस्थापनका लागि केही फेरबदल गर्नुपर्ने अवस्था आउन सक्ने खड्काले बताउनु भयो । म्याच सकिने समय बेलुका सवा ७ देखि साढे ७ अनुमान गरिएकोमा डीआरएसका कारण ८ देखि सवा ८ सम्म पुग्न सक्ने आँकलन गरिएको छ । चिसो मौसम र शीत (ड्यू) को प्रभावलाई समेत दृष्टिगत गर्दै खेल केही छिटो शुरु गर्ने विकल्पमा पनि छलफल भइरहेको छ । डीआरएस प्रविधि जडानका लागि लाग्ने करिव डेढदेखि दुई करोड रुपैयाँ खर्चको व्यवस्थापन क्यान र सहभागी आठवटै फ्रान्चाइजी टोलीहरूले संयुक्त रूपमा वहन गर्ने योजना छ । कमर्सियल मिडिया राइट्सबाट आउने ५० प्रतिशत आम्दानी बाँडफाँडको हिस्साबाट यो खर्च समायोजन गरिनेछ । जसले गर्दा कुनै एकल पक्षमाथि आर्थिक भार नपर्ने सचिव खड्काको भनाइ छ । क्रिकेट समर्थक, सहभागी टोली र समग्र नेपाली क्रिकेटको प्रतिष्ठाका लागि यो प्रविधि अत्यावश्यक रहेको उल्लेख गर्दै क्यानले प्रक्रिया टुंगो लागेपछि सबै विवरण सार्वजनिक गर्ने जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

नेपालमा नोभेम्बर १७ देखि आईसीसी एसिया सम्मेलन हुने
ताजा खबरJust now

नेपालमा नोभेम्बर १७ देखि आईसीसी एसिया सम्मेलन हुने

काठमाडौँ। नेपालमा आगामी नोभेम्बर १७ देखि २१, २०२६ सम्म अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एसिया सम्मेलन आयोजना हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) को व्यवस्थापन तथा आईसीसीको आयोजनामा सम्मेलन हुन... ...

रातोपाटी
सिद्धार्थ बैंकको मोबाइल बैंकिब एपमा ‘सिद्धार्थ एनपीएल क्रिकेट च्यालेन्ज’सञ्चालनमा ल्यायो
ताजा खबरJust now

सिद्धार्थ बैंकको मोबाइल बैंकिब एपमा ‘सिद्धार्थ एनपीएल क्रिकेट च्यालेन्ज’सञ्चालनमा ल्यायो

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नेपाल प्रिमियर लिग एनपीएल सिजन ३ लाई लक्षित गर्दै आफ्नो मोबाइल बैंकिब एपमा ‘सिद्धार्थ एनपीएल क्रिकेट च्यालेन्ज’ सञ्चालनमा ल्याएको छ । बैंकले एनपीएलसँगको आफ्नो सहकार्यलाई डिजिटल माध्यमसँग जोड्दै ग्राहक तथा क्रिकेटप्रेमीलाई मनोरञ्जनसँगै लोयल्टी पोइन्ट आर्जन गर्ने अवसर प्रदान गरेको हो । मोबाइल बैंकिब एपको लगइन स्क्रिनमा उपलब्ध यस गेममा प्रयोगकर्ताले लगइन नगरी पनि सहभागी हुन सक्नेछन् । ...

कर्पोरट खबर
हेटौंडाको ट्राफिक अस्तव्यस्तता, प्रहरीदेखि उपमहानगरपालिका जिम्मेवारी पन्छ्याउँदै
ताजा खबरJust now

हेटौंडाको ट्राफिक अस्तव्यस्तता, प्रहरीदेखि उपमहानगरपालिका जिम्मेवारी पन्छ्याउँदै

• हेटौंडामा सवारी चाप बढ्दै गए पनि ट्राफिक व्यवस्थापन र पूर्वाधारमा सुधार हुन सकेको छैन, जसले समस्या चुल्याएको छ। • स्थानीय सरकार र प्रहरीबीचको समन्वयको अभावले ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको छ, र यसलाई समाधान गर्न आवश्यक कदम चाल्नुपर्ने आवश्यकता छ। • हेटौंडाको ट्राफिक व्यवस्थापन सुधार गर्न बुद्धचोक, सीमाचोक र बाइपास क्षेत्रको सवारी चाप अध्ययन गरी दीर्घकालीन योजना बनाउनुपर्ने सुझाव दिइएको ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play