Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

एनपीएलमा आज २ खेल हुँदै, को-को भिड्दैछन् ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएलमा आज २ खेल हुँदै, को-को भिड्दैछन् ?
Photo / Coverage: पर्दाफास

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुने तालिका छ। कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा दिउँसो १२:३० बजे विराटनगर किंग्स र जनकपुर बोल्ट्स बीच प्रतिस्पर्धा हुनेछ। त्यस्तै, दोस्रो खेल साँझ ५ बजे लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स बीच प्रतिस्पर्धा हुनेछ। तीन खेल खेलिसकेको विराटनगरले एउटा खेलमा मात्रै जित हासिल गर्न सकेको छ । आफ्नो चैाथो खेलमा विराटनगर दोस्रो जितका लागि मैदानमा उत्रने तयारी छ । उता जनकपुर बोल्ट्सले पनि तीन खेल खेलिसक्दा एकमा हार बेहोरेको छ भने दुई खेलमा विजयी भएको छ । आज जनकपुर लगातार तेस्रो जितको खोजीमा छ । त्यस्तै आजै साँझ ५ बजे हुने दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन्। अपराजित लुम्बिनी लायन्सले दुई खेलमा एक खेलमा जित निकालेको छ भने अर्को खेलमा वर्षाका कारण अङ्क बाँडेको छ । त्यस्तै पोखरा एभेन्जर्सले दुई खेल खेलिसक्दा पनि जित निकाल्न सकेको छैन । दुई खेलमा पराजित पोखरा एभेन्जर्स तेस्रो खेलमा जित्नै पर्ने दबाबमा छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
चाबहिलसहितका क्षेत्रमा तीन घण्टा विद्युत् आपूर्ति बन्द
OthersJust now

चाबहिलसहितका क्षेत्रमा तीन घण्टा विद्युत् आपूर्ति बन्द

चाबहिल सबस्टेसनको ६६ केभी बस आइसोलेटर मर्मतसम्भार गर्नुपर्ने भएकाले काठमाडौंका विभिन्न क्षेत्रमा तीन घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार आज बिहान ५ बजेदेखि ८ बजेसम्म चाबहिल सबस्टेसनबाट विद्युत् वितरण हुने क्षेत्रमा आपूर्ति बन्द रहने छ । विद्युत् आपूर्ति बन्द हुने क्षेत्रहरूमा चाबहिल, पशुपति, गौशाला, मित्रपार्क, जयबागेश्वरीलगायत आसपासका क्षेत्र रहेका छन् । प्राधिकरणले निर्धारित समयअघि नै मर्मतसम्भारको काम ...

पर्दाफास
सातै प्रदेशका अर्थमन्त्रीको साझा माग : अनुदान कटौती रोक, अधिकार हस्तान्तरण गर
OthersJust now

सातै प्रदेशका अर्थमन्त्रीको साझा माग : अनुदान कटौती रोक, अधिकार हस्तान्तरण गर

बजेटमा विनियोजन भइसकेको अनुदानसमेत राजस्व संकलनमा कमी आएको कारण देखाउँदै बीचमै कटौती गर्ने प्रवृत्ति अन्त्य गर्न उनीहरूले संघीय सरकारको ध्यानाकर्षण गराएका छन् । ...

अनलाइन खबर
सरकारविरुद्ध विपक्षी मोर्चा कस्दै कांग्रेस
OthersJust now

सरकारविरुद्ध विपक्षी मोर्चा कस्दै कांग्रेस

सञ्चारगृहमा प्रहरी प्रवेश, पत्रकार पक्राउ, न्यायालयमा बिचौलियाको प्रवेश, कर्मचारीतन्त्रमा बढ्दो त्रास तथा सरकारको कार्यशैलीलाई साझा मुद्दा बनाउँदै कांग्रेसले विपक्षी दलहरूलाई एकै ठाउँमा उभ्याउन खोजेको छ । ...

अनलाइन खबर
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ
OthersJust now

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ

१७ कात्तिक, धनगढी । कैलालीमा कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएर १६ वर्षदेखि फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको संयुक्त टोलीले कर्तव्य ज्यान मुद्दामा फरार रहेका बर्दगोरिया गाउँपालिका–१ कट्टीपुर बस्ने ५८ वर्षीय प्रेमबहादुर शाहीलाई पक्राउ गरेको हो । २८ पुस २०६७ मा… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play