राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा कुनै विश्राम दिन कुनै पनि खेल राखिएको छैन । लिग चरणका खेल सम्पन्न भएपछि आज आज विश्राम राखिएको हो। लिग चरणबाट लिग चरणबाट लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, काठमाण्डौ गोर्खाज र चितवन राइनोज प्लेअफमा पुगेका छन् । अब पहिलो क्वालिफायरमा लुम्बिनी लायन्स र सुदूरपश्चिम खेल्नेछन् । पहिलो क्वालिफायर भोलि हुनेछ। इलिमिनेटरमा काठमाण्डौ गोर्खाजले चितवन राईनोजसँग खेल्नेछ । इलिमिनेटर खेल पर्सि र दोस्रो क्वालिफायर बिहीबार हुनेछ । पहिलो क्वालिफायर विजेता फाइनल पुग्दा पराजित टिम र इलिमिनेटरको विजेताले एक अर्कासँग खेल्नेछन् । एलिमिनेटरमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ भने विजेता दोस्रो क्वालिफायरमा पुग्नेछ । फाइनल मंसिर ५ गते हुनेछ ।
एनपीएलमा आज विश्राम, उपाधिका लागि अब चार टोलीबीच प्रतिस्पर्धा

Read Complete Original Article
Published originally on पर्दाफास






