Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

एनपीएलमा आज विराटनगर र जनकपुर तथा लुम्बिनी र पोखरा भिड्दै

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएलमा आज विराटनगर र जनकपुर तथा लुम्बिनी र पोखरा भिड्दै
Photo / Coverage: नेपालन्युज

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुईवटा खेल हुँदै छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा विराटनगर किङ्ग्स र जनकपुर बोल्ट्स तथा दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्दै छन्। विराटनगर र जनकपुरबीचको खेल दिउँसो १२:३० बजे सुरु हुनेछ भने लुम्बिनी र पोखराबीचको खेल साँझ ५ बजे हुने तालिका छ। जनकपुर बोल्ट्स तीन खेलमा दुई जित निकाल्दै अंक तालिकाको दोस्रो स्थानमा छ। हर्मित सिंहको कप्तानीमा रहेको जनकपुर आफ्नो विजयी लयलाई निरन्तरता दिँदै प्लेअफको यात्रा सहज बनाउने लक्ष्यमा छ। यता, सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किङ्ग्सका लागि आजको खेल महत्त्वपूर्ण छ। सुरुका दुई खेलमा हार व्यहोरेको विराटनगरले तेस्रो खेलमा सुदूरपश्चिम रोयल्समाथि जित हासिल गर्दै लयमा फर्किएको छ। आन्द्रे रसेलजस्ता अनुभवी विदेशी खेलाडी रहेको विराटनगर जितको यात्रालाई निरन्तरता दिन चाहन्छ। त्यस्तै, साँझ हुने खेलमा साविक विजेता लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स भिड्नेछन्। रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिलो खेलमा जित र दोस्रो खेलमा वर्षाका कारण अंक बाँडेको थियो। अपराजित रहेको लुम्बिनी आज आफ्नो प्रदर्शन प्रमाणित गर्ने योजनामा छ। अर्कोतर्फ, कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा एभेन्जर्स दबाबमा छ। अघिल्ला दुई खेलमा हार व्यहोरेको पोखराका लागि प्रतियोगितामा टिकिरहन आजको खेल जित्नैपर्ने दबाब छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सिराहामा सयपत्री फूलको व्यावसायिक खेती फस्टाउँदै
Latest NewsJust now

सिराहामा सयपत्री फूलको व्यावसायिक खेती फस्टाउँदै

जीवछ यादवलहान, कात्तिक १७ गते । सिराहा जिल्लामा पछिल्लो समय सयपत्री फूलको व्यावसायिक खेती फस्टाउँदै गएको छ । विवाह, चाडपर्व, धार्मिक अनुष्ठान तथा सांस्कृतिक कार्यक्रममा फूलको माग ब... ...

गोरखापत्र
बाँझो जमिनमा सामूहिक खेती
Latest NewsJust now

बाँझो जमिनमा सामूहिक खेती

तनहुँ समाचारदातातनहुँ, कात्तिक १७ गते । सामुदायिक वन संरक्षणमा मात्र सीमित नराखी यसलाई कृषि उत्पादन, खाद्य सुरक्षा र स्थानीयको आय आर्जनसँग जोड्न सकिन्छ भन्ने उदाहरण तनहुँको एक उपभो... ...

गोरखापत्र
एम्बुलेन्स : सेवा कि व्यापार ?
Latest NewsJust now

एम्बुलेन्स : सेवा कि व्यापार ?

विशुद्ध मानव सेवाका नाममा सञ्चालित एम्बुलेन्स सेवा व्यावसायिक हिसाबले सञ्चालन हुनु खेदजनक हो। ...

कान्तिपुर
बाँदर धपाउँदा भरुवा बन्दुकको छर्रा लागेर एक घाइते, २ नाल भरूवा बन्दुकसहित एक प्रहरी नियन्त्रणमा
Latest NewsJust now

बाँदर धपाउँदा भरुवा बन्दुकको छर्रा लागेर एक घाइते, २ नाल भरूवा बन्दुकसहित एक प्रहरी नियन्त्रणमा

जितपुर सिमरा उपमहानगरपालिका १६ धर्मनगरका ३० वर्षीय गोविन्द ठाडा मगरले पडकाएको भरूवा बन्दुकको छर्राले एक जना घाइते भएका छन् । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play