एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै

काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल) मा मंगलबार दुई खेल हुँदैछन् । आज बिहान चितवन राइनोज र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा हुनेछ भने साँझ जनकपुर बोल्ट्स र कर्णाली याक्स आमनेसामने हुनेछन् । सोमबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो दिन लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको थियो। पहिलो दिन एक खेल मात्रै भएकोमा दोस्रो दिन भने दुई खेल हुन लागेका हुन् । आजको पहिलो खेलमा कुशल मल्लको कप्तानीमा रहेको चितवन राइनोजले सन्दीप लामिछानेको नेतृत्वमा रहेको विराटनगर किङ्ग्सको सामना गर्नेछ । दुवै टोलीमा नेपाली तथा विदेशी खेलाडीको मिश्रण रहेकाले प्रतिस्पर्धा रोचक हुने अपेक्षा गरिएको छ । विराटनगरको टोलीमा लोकेश बम, बसिर अहमद, प्रतिश जीसी, सुवास भण्डारी, नारायण जोशी, रुपेश सिंह, नरेन साउद र सुजन थपलियालगायतका खेलाडी छन् । त्यस्तै, इमरान शेख, प्रतीक श्रेष्ठ, आन्द्रे रसेल, एन्जेलो म्याथ्युज, शुभम रन्जाने र चरिथ असलंका पनि विराटनगरको टोलीमा समावेश छन् । यता, चितवनको टोलीमा देव खनाल, अर्जुन साउद, रिजन ढकाल, कमल सिंह ऐरी, रञ्जित कुमार, दीपक बोहरा, रवि बोपारा, सिकन्दर राजा र कलिम सानालगायतका खेलाडी छन् । चितवनमा विवेक यादव, मौसम ढकाल, विपिन रावल, हसन अली, गौतम केसी, सलाहुद्दिन खान र उसामा मीर पनि रहेका छन् । मंगलबारको दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्नेछन् । हर्मित सिंहको कप्तानीमा रहेको जनकपुरमा कुशल परेरा, ललित राजवंशी, मयन यादव, अनिल साह, विकास आग्री, आदित्य मेहता र तृतराज दास छन्। त्यस्तै, अभिषेक तिवारी, विशाल पटेल, विशाल सुशलिङ, अमरसिंह रौतेला, रित गौतम, सन्तोष कार्की, जिमी नीशम, मोइन अली र इफ्तिकार अहमद पनि जनकपुरको टोलीमा छन् । जनकपुरसँग प्रतिस्पर्धा गर्न लागेको कर्णाली याक्सको कप्तानी सोमपाल कामीले गर्नेछन् । कर्णालीको टोलीमा डेभिड मिलर, नन्दन यादव, युवराज खत्री, पवन सर्राफ, विपिनप्रसाद शर्मा, दीपक डुम्रे, युनिश सिंह ठकुरी, शुभ कंसाकार, दीपेन्द्र रावत, सूर्य तामाङ, सचिन शर्मा र दिवान पुनलगायतका खेलाडी छन् । एनपीएलको समूह चरणका खेल कात्तिक २९ गतेसम्म सञ्चालन हुनेछन् । त्यसपछि मङ्सिर १ गते पहिलो र दोस्रो स्थानमा रहने टोलीबीच पहिलो क्वालिफायर हुनेछ भने मङ्सिर २ गते तेस्रो र चौथो स्थानमा रहने टोलीबीच इलिमिनेटर खेल हुनेछ । मङ्सिर ३ गते पहिलो क्वालिफायरमा पराजित टोली र इलिमिनेटरमा विजयी टोलीबीच दोस्रो क्वालिफायर हुनेछ। प्रतियोगिताको फाइनल मङ्सिर ५ गते हुनेछ ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

युद्धविराम कायम गर्न हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव
साउदी अरेबियाले यमनका हुथी विद्रोहीसँग युद्धविराम कायम गर्न र आफ्नो देशमाथिका आक्रमण रोक्न इरानको मध्यस्थतामा भएको वार्ताका क्रममा एक अर्ब अमेरिकी डलर दिने प्रस्ताव गरेको इजरायली सञ्चारमाध्यमले जनाएका छन् ।... ...

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त
चितवन । भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काममा ढिलाइ भएको छ । आगामी पुस २७ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्नेमा हालसम्म प्रगति ६५ प्रतिशत मात्रै भएको छ ।... ...

एआई र क्रिप्टो क्षेत्रका दाताले खन्याए अमेरिकी मध्यावधि निर्वाचनमा चन्दा
काठमाडौं । अमेरिकी मध्यावधि निर्वाचनको मिति नजिकिँदै जाँदा त्यहाँका धनाढ्य तथा अर्बपतिले राजनीतिक दल र उम्मेदवारलाई धमाधम चन्दा दिइरहेका छन् । विश्वकै सबैभन्दा धनी व्यक्ति इलन मस्कदेखि प्रविधि क्षेत्रका प्रमुखहरूले यो निर्वाचनलाई अहिलेसम्मकै सबैभन्दा महँगो बनाउन अर्बौं डलर चन्दा खन्याइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । अमेरिकी राष्ट्रपतिको चारवर्षे कार्यकालको ठीक बीच अर्थात् दुई वर्ष पूरा भएपछि मध्यावधि निर्वाचन हुने गर्छ ...

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त
चितवन, कात्तिक १० गते । भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको काममा ढिलाइ भएको छ । आगामी पुस २७ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्नेमा हाल... ...


