काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा अर्धशतकको संख्या १० पुगेको छ । विराटनगर किङ्ग्सका विदेशी खेलाडी आन्द्रे रसेलले जनकपुर बोल्ट्सविरुद्ध अर्धशतक बनाएसँगै प्रतियोगितामा अर्धशतकको संख्या दोहोरो अंकमा पुगेको हो । रसेलले जनकपुरविरुद्ध २८ बलमा ५० रन पूरा गर्नुभयो । उहाँको अर्धशतकमा पाँच छक्का र दुई चौका सामेल थिए । यसअघि यही खेलमा विराटनगरका लोकेश बम र इमरान शेखले पनि अर्धशतक बनाउनुभएको थियो । लोकेशले ३९ बलमा र इमरानले ४० बलमा अर्धशतक पूरा गर्नुभयो । इमरान प्रतियोगितामा अर्धशतक बनाउने आठौँ खेलाडी बन्नुभयो भने लोकेश नवौँ खेलाडी बन्नुभयो । लोकेशको यो जारी प्रतियोगितामा दोस्रो अर्धशतक हो । यसअघि काठमाडौं गोर्खाजका राशिद खानले कर्णाली याक्सविरुद्ध ३२ बलमा अर्धशतक बनाउनुभएको थियो । उहाँ प्रतियोगितामा अर्धशतक बनाउने सातौँ खेलाडी बन्नुभएको थियो । त्यसैगरी, जनकपुर बोल्ट्सका तृतराज दासले पोखरा एभेन्जर्सविरुद्ध ५१ बलमा ५० रन पूरा गर्नुभएको थियो । कर्णाली याक्सका कप्तान सोमपाल कामीले विराटनगर किङ्ग्सविरुद्ध २७ बलमा अर्धशतक बनाउँदै पाँचौँ अर्धशतककर्ताका रूपमा नाम लेखाउनुभएको थियो । विराटनगरका लोकेश बमले कर्णाली याक्सविरुद्ध ३२ बलमा अर्धशतक बनाउँदै प्रतियोगिताको चौथो अर्धशतक पूरा गर्नुभएको थियो । यसैगरी, जनकपुर बोल्ट्सका मोइन अलीले काठमाडौं गोर्खाजविरुद्ध ४९ बलमा अर्धशतक बनाउनुभएको थियो । प्रतियोगिताको दोस्रो अर्धशतक सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले पोखरा एभेन्जर्सविरुद्ध ३६ बलमा पूरा गर्नुभएको थियो । जारी एनपीएलको पहिलो अर्धशतक भने चितवन राइनोजका डेभिड मलानले बनाउनुभएको थियो । उहाँले विराटनगर किङ्ग्सविरुद्ध ४१ बलमा अर्धशतक पूरा गर्नुभएको थियो ।
एनपीएलमा अर्धशतकको संख्या १० पुग्यो, रसेलले बनाए दशौँ अर्धशतक

Read Complete Original Article
Published originally on हिमालय टाइम्स


![रास्वपाले विपक्षीसँग परामर्श गर्नुपर्छ : आङ्देम्बे [भिडियो]](https://hamrakura.com/uploads/news/images/bhismaraj-aangdembas-.jpg)



