एनपीएलबाट ७५ करोड रुपैयाँसम्मको कारोबार हुने क्यानको अनुमान, पुरस्कार राशि बढ्यो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणबाट नेपाल क्रिकेट संघ (क्यान) अन्तर्गत ७० देखि ७५ करोड रुपैयाँसम्मको आर्थिक कारोबार हुने अनुमान गरिएको छ । क्यानका कोषाध्यक्ष पदम खड्काले आइतबार कीर्तिपुरस्थित क्रिकेट मैदानमा आयोजित पत्रकार सम्मेलनमा एनपीएलको प्रायोजन, टिकट बिक्री तथा अन्य स्रोतबाट उक्त परिमाणमा आर्थिक कारोबार हुने अनुमान गरिएको जानकारी दिए । उनका अनुसार प्रतियोगिताका लागि प्रायोजनबाट मात्रै करिब २० करोड रुपैयाँ प्राप्त हुने अनुमान छ । टिकट बिक्रीलगायत अन्य स्रोतबाट हुने आम्दानीसमेत जोड्दा क्यानअन्तर्गतको एनपीएलले ७० देखि ७५ करोड रुपैयाँसम्मको आर्थिक कारोबार गर्ने उनको भनाइ छ । फ्रेन्चाइज टोलीका मालिकहरूले पनि प्रतियोगिताका लागि क्यानले गर्ने खर्चकै हाराहारीमा खर्च गर्ने अनुमान गरिएको खड्काले बताए । यसअनुसार एनपीएलको तेस्रो संस्करण सञ्चालन हुने एक महिनाको अवधिमा समग्र आर्थिक कारोबार करिब डेढ अर्ब रुपैयाँ पुग्ने उनको अनुमान छ । खड्काले एनपीएलको तेस्रो संस्करणका लागि पुरस्कार राशि पनि बढाइएको जानकारी दिए । उनका अनुसार प्रतियोगिताको विजेताले एक करोड ५० लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले ८० लाख रुपैयाँ पाउनेछ भने तेस्रो हुने टोलीले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्नेछन् । पहिलो र दोस्रो संस्करणमा पनि व्यक्तिगत तथा टोलीगत पुरस्कारको व्यवस्था गरिएको उल्लेख गर्दै उनले यसपटक एनपीएल गभर्निङ काउन्सिलको सल्लाह र क्यान अध्यक्षको सहमतिमा पुरस्कार राशि निर्धारण गरिएको बताए । क्यानको नेतृत्वले नेपाली क्रिकेटलाई आर्थिक रूपमा सबल बनाउने र संस्थाको कार्यकाललाई उपलब्धिमूलक बनाउने लक्ष्यसहित काम गरिरहेको उनको भनाइ छ । एनपीएलको पहिलो संस्करणदेखि तेस्रो संस्करणसम्म आइपुग्दा प्रतियोगिताले आर्थिक रूपमा उल्लेखनीय प्रगति गरेको उनले बताए । एनपीएलको तेस्रो संस्करणले नेपाली क्रिकेटको व्यावसायिक विकासमा थप योगदान पुर्याउने अपेक्षा क्यानले गरेको छ । – न्युज एजेन्सी नेपाल
Read Complete Original Article
Published originally on लुम्बिनी सञ्चार
Related News
![[अर्काइभ] ओखलढुंगा काण्डका योद्धालाई फाँसी दिनेलाई नै मानव अधिकार आयोगको अध्यक्ष बनाएपछि...](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2018/default/ekantipur-default-2025.png)
[अर्काइभ] ओखलढुंगा काण्डका योद्धालाई फाँसी दिनेलाई नै मानव अधिकार आयोगको अध्यक्ष बनाएपछि...
ओखलढुंगा काण्डमा यज्ञबहादुर थापा र भीमनारायण श्रेष्ठलाई मृत्युदण्ड दिने फैसला हुँदा प्रधानन्यायाधीश रहेका नयनबहादुर खत्रीलाई गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष नियुक्त गरेपछि राजनीतिक वृत्तमा विवाद भएको थियो । ...

एनपीएलमा पाकिस्तानी खेलाडीको सहभागिता अनिश्चित
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) मा पाकिस्तानी खेलाडीहरूको सहभागिता अनिश्चित बनेको छ। क्रिकइन्फोका अनुसार एनपीएलमा सहभागी हुने पाकिस्तानी खेलाडीहरूले नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) प्राप्त गर्ने सम्बन्धमा समस्या देखिएको छ। यसअघि एनओसी पाइसकेका खेलाडीहरूलाई समेत प्रतियोगितामा सहभागी हुन रोक लगाइएको बताइएको छ। एनपीएलसँग सम्बन्धित स्रोतहरूले पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले एनओसी जारी गर्नका लागि प्रत्येक खेलाडीसँग २५ हजार अमेरिकी डलर माग गरेको ...
बेनिघाट–तातोपानी सडक खुलाउने काम सम्पन्न
गोरखापत्र अनलाइनकाठमाडौं, कात्तिक ८ गते । बूढीगण्डकी नदीमा आएको बाढीका कारण अवरुद्ध बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक खण्डअन्तर्गत बेनिघाटदेखि तातोपानीसम्मको सडक खुलाउने काम सम्पन्... ...

सिरहामा खैरो हेरोइनसहित दुई जना पक्राउ
काठमाडौं। प्रहरीले सिरहाको गोलबजार नगरपालिका-४ बाट लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ। आइतबार लागुऔषध नियन्त्रण ब्युरोको बर्दिबास शाखाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा सिरहाको सुखीपुर नगरपालिका-५ का ३१ वर्षीय अजय कुमार यादव र सोही ठाउँका २० वर्षीय अरविन्द कुमार यादव रहेका छन्। लागुऔषध नियन्त्रण ब्युरोका सहप्रवक्ता तथा डीएसपी जीवन निरौलाका अनुसार आरोपीहरूको साथबाट ५३ ग्राम ...


