Sunday, October 25, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/एनपीएलको पारदर्शिताबारे उठेका प्रश्नमा क्यान सचिव खड्का: ‘सुधार गर्न तयार छौँ’

एनपीएलको पारदर्शिताबारे उठेका प्रश्नमा क्यान सचिव खड्का: ‘सुधार गर्न तयार छौँ’

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएलको पारदर्शिताबारे उठेका प्रश्नमा क्यान सचिव खड्का: ‘सुधार गर्न तयार छौँ’

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपीएल) को पारदर्शिताबारे उठेका प्रश्न र आलोचनालाई सकारात्मक रूपमा लिने बताएका छन् । आइतबार कीर्तिपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले एनपीएल सञ्चालनका क्रममा भएका कामकारबाहीबारे सम्बन्धित निकायलाई जवाफ दिइसकेको उल्लेख गर्दै आवश्यक सुधार गर्न क्यान तयार रहेको बताए । उनले एनपीएल सञ्चालनका लागि गभर्निङ काउन्सिलले छुट्टै कार्यविधि बनाएको र निर्णय प्रक्रियालाई छिटो तथा प्रभावकारी बनाउन आवश्यक संयन्त्र विकास गरिएको जानकारी दिए । प्रतियोगितासम्बन्धी निर्णय क्यानको बोर्ड र गभर्निङ काउन्सिलमा छलफल गरेर लिने गरिएको उनको भनाइ छ । एनपीएल कुनै व्यक्तिलाई चर्चित बनाउन वा कसैलाई होच्याउन सञ्चालन गरिएको प्रतियोगिता नभएको उल्लेख गर्दै खड्काले यसलाई नेपाली क्रिकेटको विकास र विस्तारसँग जोडेर हेर्नुपर्ने बताए । क्यानले राष्ट्रिय खेलकुद परिषद्, सम्बन्धित मन्त्रालय तथा सरकारसमक्ष आवश्यक कागजात र प्रक्रियागत विवरण पेस गरेको पनि उनले जानकारी दिए । ती निकायबाट प्राप्त पत्रको जवाफ दिइसकेको र आगामी दिनमा पनि जवाफदेही भएर काम गर्ने उनले बताए । खड्काले भने, ‘हामीले गरेको काम र गतिविधिमा सुधार गर्नुपर्ने पक्ष छन् भने सुधारेर अगाडि बढ्छौँ । मिडियाले स्वतन्त्र रूपमा आलोचना गर्न पाउँछ र सम्बन्धित विषयमा गरिएका आलोचनालाई हामी सकारात्मक रूपमा लिन्छौँ । नेपाल क्रिकेट कुनै एउटा व्यक्तिमा सीमित छैन । क्रिकेट खेल पनि टिमले खेल्ने हो र क्रिकेट संघ पनि टिमवर्कबाट अगाडि बढेको छ । यो टिमवर्क नभएको भए एनपीएल र नेपाली क्रिकेट आजको अवस्थामा आउन सफल हुने थिएन ।’ क्यानको नेतृत्वले विगत तीन वर्षदेखि पाएको जिम्मेवारी पूरा गर्न प्रयास गरेको उल्लेख गर्दै खड्काले सही नियत हुँदाहुँदै पनि कुनै काममा कमजोरी हुन सक्ने स्वीकार गरे । त्यस्ता कमजोरी पहिचान गरेर सच्याउँदै लैजाने उनको भनाइ छ । एनपीएलको तेस्रो संस्करण सोमबारदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ । – न्युज एजेन्सी नेपाल

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लुम्बिनी सञ्चार

Visit Publisher Site →

Related News

देशभर १३ विपद्का घटना, एक जनाको मृत्यु, आठ घाइते
ताजा खबरJust now

देशभर १३ विपद्का घटना, एक जनाको मृत्यु, आठ घाइते

काठमाडौँ। देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका १३ वटा विपद्का घटना भएका छन् । ती घटनामा परी एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । विपद्का घटनाबाट करिब रु १३ लाख २० हजार बराबरको आर्थिक क्षति भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कात्तिक ७ गते बिहान १० बजेदेखि कात्तिक ८ गतेसम्म देशका विभिन्न ...

नेपालन्युज
बंगलादेशका विश्वप्रसिद्ध अलराउन्डर शाकिब अल हसन नेपाल आइपुगे
ताजा खबरJust now

बंगलादेशका विश्वप्रसिद्ध अलराउन्डर शाकिब अल हसन नेपाल आइपुगे

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा पोखरा एभेन्जर्समा अनुबन्ध भएका बंगलादेशी विश्वप्रसिद्ध क्रिकेटर शाकिब अल हसन नेपाल आइपुगेका छन्। उनी आइतबार काठमाडौं आइपुगेका हुन्।  विश्व क्रिकेटका सर्वकालीन उत्कृष्ट अलराउन्डरमध्ये एक मानिने शाकिब अल हसनले अन्तर्राष्ट्रिय क्रिकेटमा लामो समयदेखि उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। उनको अनुभव, नेतृत्व क्षमता र खेल जिताउने प्रद... ...

नेपालखबर
बर्जुमा बोराभित्र पुरुषको शव फेला
ताजा खबरJust now

बर्जुमा बोराभित्र पुरुषको शव फेला

• सुनसरी जिल्लाको बर्जु गाउँपालिका–२ भीमपुरस्थित केसेलिया खोलामा एक पुरुषको शव बोराभित्र फेला परेको छ। • मृतक व्यक्ति भारतको बनारसका लालजीप्रसाद गुप्ता हुन्, जो विराटनगरमा बस्दै थिए। • घटनाको अनुसन्धान भइरहेको छ र गुप्ताको मृत्युको कारण र संलग्न व्यक्तिहरूको बारेमा जानकारी संकलन गरिँदैछ। ...

नेपालबहस
युट्युबमा सर्वाधिक भ्युज पाउने ५ नेपाली गीत
ताजा खबरJust now

युट्युबमा सर्वाधिक भ्युज पाउने ५ नेपाली गीत

काठमाडौं । नेपाली गीत–सङ्गीतको बजार पछिल्लो समय युट्युब र डिजिटल प्लेटफर्ममा निकै फराकिलो बन्दै गएको छ । युट्युब नेपालमा गीत संगीत हेर्ने, सुन्ने सबैभन्दा मुख्य प्लेटफर्म हो । कुन गीत... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play