Monday, October 26, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/एनपीएलको तेस्रो संस्करणमा लुम्बिनीको विजयी शुरुवात

एनपीएलको तेस्रो संस्करणमा लुम्बिनीको विजयी शुरुवात

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएलको तेस्रो संस्करणमा लुम्बिनीको विजयी शुरुवात

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्सले विजयी शुरुवात गरेको छ । सोमबार सम्पन्न तेस्रो संस्करणको पहिलो खेलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा शानदार शुरुवात गरेको हो । सुदूरपश्चिमले दिएको ८८ रनको लक्ष्य पछाएको लुम्बिनीले ९.५ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । लुम्बिनीका लागि डिआर्ची शर्टले ४० रन बनाए भने आसिफ सेखले ३२ रन बनाएका थिए । त्यस्तै सुदूरपश्चिमका बलर अनिल खरेलले २ विकेट लिए भने दिपेन्द्र सिंह ऐरीले एक विकेट लिएका थिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिमले १७.२ ओभरमा अल आउट हुदै ८७ रन मात्र बनाएको थियो । सुदूरपश्चिमका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले सर्बाधिक २७ रन बनाए भने अनिल खरेलले १५ रन बनाएका थिए । अन्य ब्याट्सम्यानले योगदान दिन नसक्दा सस्तैमा समेटिएको थियो । सुदूरपश्चिमको ब्याटिंग लाइन ध्वस्त गर्ने क्रममा लुम्बिनीका किशोर महतोले ४ विकेट लिएका थिए भने शेर मल्लले ३ विकेट लिएका थिए । त्यस्तै तिलक भण्डारी, रोहित पौडेल र शाडली भान स्कालक्वीकले एक एक विकेट लिएका थिए । अब एनपीएलको दोस्रो दिन मंगलबार दुई खेल हुने तालिका छ । मंगलबार पहिलो खेल अपराहन्न साढे १२ बजे बिराटनगर किंग्स र चितवन राइनोजबीच हुने छ भने दोस्रो खेल साँझ ५ बजे जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच हुने तालिका छ । The post एनपीएलको तेस्रो संस्करणमा लुम्बिनीको विजयी शुरुवात appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

तिहारसम्म मुस्ताङको ८० प्रतिशत स्याउ निकासी हुने अनुमान
ताजा खबरJust now

तिहारसम्म मुस्ताङको ८० प्रतिशत स्याउ निकासी हुने अनुमान

हरिकृष्ण शर्माकाठमाडौँ, कात्तिक ९ गते । मुस्ताङको घरपझोङ गाउँपालिका–२, मार्फामा स्याउ टिप्दै गरेको बगैँचामा पर्यटक घुम्दै खरिद गर्न आइपुग्छन् । दसैँ अगाडि करिब ५० प्रतिशत स्याउ नि... ...

गोरखापत्र
भौतिक र मानवीय सुरक्षाका लागि जलविद्युत् आयोजनाको डिजाइन पुनरावलोकनमा जुट्दै प्रवर्द्धक
ताजा खबरJust now

भौतिक र मानवीय सुरक्षाका लागि जलविद्युत् आयोजनाको डिजाइन पुनरावलोकनमा जुट्दै प्रवर्द्धक

जलविद्युत् आयोजनाको डिजाइनदेखि अन्य नदी करिडोरमा आउने विपत्तिबारे अध्ययन गर्न जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गत वैज्ञानिक र प्राविधिक समिति गठन गरिएको छ । ...

कान्तिपुर
सुनकोशीमा बेपत्ता तीनमध्ये दुई जनाको शव फेला
ताजा खबरJust now

सुनकोशीमा बेपत्ता तीनमध्ये दुई जनाको शव फेला

खोटाङ । काठमाडौँबाट यात्रु लिएर खोटाङ आउँदै गरेको सुमो दुर्घटनामा बेपत्ता भएका तीनमध्ये दुई जनाको शव फेला परेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका ३० वर्षीय हरि पुर्कुटी र... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play