एनपीएलको तेस्रो संस्करणमा पहिलोपटक डीआरएस प्रयोग हुने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पहिलोपटक डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार सामाजिक सञ्जालमार्फत यस संस्करणमा डीआरएस प्रयोग गरिने जानकारी दिएको हो। यसअघि क्यानका सचिव पारस खड्काले एनपीएलमा डीआरएस भित्र्याउने तयारी भइरहेको बताएका थिए। त्यसका लागि दुई कम्पनीको प्रविधि परीक्षण गरिएको थियो। परीक्षणपछि प्रविधिको शुद्धता मूल्यांकन गरेर अन्तिम निर्णय लिइने उनको भनाइ थियो। क्यानका अनुसार एनपीएलमा एलबीडब्लु (लेग बिफोर विकेट) को निर्णय पुनरावलोकन गर्न फूल थ्रीडी बल ट्र्याकिङ प्रविधि प्रयोग हुनेछ। यससँगै रनआउट र स्टम्पिङका निर्णय पनि रिभ्यू गर्न सकिनेछ। डीआरएस क्रिकेटमा अम्पायरको निर्णय पुनरावलोकन गर्न प्रयोग गरिने प्रविधि हो। अम्पायरको निर्णयमा असहमति भएमा खेलाडीले निर्धारित प्रक्रियाअनुसार रिभ्यू माग गर्न सक्छन्। प्रविधिबाट प्राप्त प्रमाणका आधारमा अम्पायरको निर्णय कायम रहन वा परिवर्तन हुन सक्छ। एनपीएलमा डीआरएस लागू भएसँगै अम्पायरका निर्णयलाई थप तथ्यपरक बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। यसले खेलको निष्पक्षता बढाउनुका साथै प्रतियोगिताको प्राविधिक स्तर सुधार गर्न पनि मद्दत गर्नेछ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु
झापा। हात्तीको आक्रमणबाट बाह्रदशी गाउँपालिका–२ जनता चोककी ७० वर्षीय लजुमा खातुनको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रञ्जन अवाका अनुसार आजको प्रातःकालीन पदयात्रामा उनलाई बिरिङ खोला नजिक दुई... ...

दसैँका बेला कालीमाटीमा कति छ यी तरकारी तथा फलफूलको मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सदाझैँ आज कात्तिक ३ गतेका लागि पनि तरकारी तथा फलफूलो थोक मूल्य तोकेको छ। प्रमुख तरकारी तथा फलफूलको थोक मूल्य (प्रतिकेजी/वटा) यस्तो छ: गोलभेडा ठुलो (भारतीय): न्यूनतम रू ८० - अधिकतम रू ९० (औसत रू ८५) गोलभेडा सानो (लोकल): न्यूनतम रू ७० - अधिकतम रू ८५ (औसत रू ७७) आलू रातो (मुडे): न्यूनतम रू... ...

झापामा हात्तीको आक्रमणबाट ७० वर्षीया वृद्धाको मृत्यु, एक जना घाइते
झापा । हात्तीको आक्रमणबाट बाह्रदशी गाउँपालिका–२ जनता चोककी ७० वर्षीया लजुमा खातुनको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रञ्जन अवाका अनुसार आजको प्रातःकालीन पदयात्रामा उनलाईई बिरिङ खोला नजिक दुई वटा हात्तीले आक्रमण गरेका थिए । गम्भीर घाइते उनलाई भद्रपुरस्थित प्रादेशिक अस्पताल लैजाँदै बाटामा मृत्यु भएको हो । शव परीक्षणका लागि उक्त अस्पतालमा राखिएको छ । खातुनसँगै पदयात्रामा रहनुभएका ...

दसैँका बेला जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ
काठमाडौं । दसैँका बेला जुवातास खेलिरहेको अवस्थामा ललितपुर र चितवनबाट १७ जना पक्राउ परेका छन् । ललितपुरको महालक्ष्मी नगरपालिका–४ ढुङ्गेसाँघु इमाडोलस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा सोमबार बेलुकी चार जना पक्राउ... ...


