एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण आजदेखि शुरु हुदैछ । आजदेखि शुरु हुने एनपीएलको तेस्रो संस्करणको फाइनल मङ्सिर ५ गते हुने तालिका रहेको छ । तेस्रो संस्करणको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र दुवै सिजनको उपविजेता सुदूरपश्चिम रोयल्स आमने सामने हुदैछन् । टियु क्रिकेट मैदानमा हुने यो खेल आज दिउसो साढे ४ बजेदेखि शुरु हुदैछ । आजको टिकट यसअघि नै सोल्ड आउट भएको छ । स्टेडियममा पुगेर हेर्न टिकट नपाउनेले नेपालमा मोबाइलमा नेटटिभीमा, टेलिभिजनमा हिमालयन स्पोर्ट्समा, नेपाल बाहिर टेलिभिजनमा स्टार स्पोर्ट्समा, भारतमा फ्यानकोडएपमा हेर्न सकिने क्यानले जानकारी दिएको छ । साथै आधिकारीक च्यानलबाट प्रत्यक्ष खेलहरु हेरेर नेपाली क्रिकेटलाई सहयोग गर्न क्यानका सचिव पारस खड्काले अपिल समेत गरेका छन् । यो सिजन विशेष: एनपीएलको यो तेस्रो सिजन नेपाली खेलकुदको सबैभन्दा ठूलो उत्सव बन्ने निश्चित भएको छ । अघिल्ला दुई सिजनभन्दा यो सिजन आइसीसीको मान्यता, डीआरएस प्रविधि र विश्वका केहि उत्कृष्ट खेलाडीको आगमनले विशेष हुने भएको हो । क्रिकेटको सर्वोच्च संस्था अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले यस सिजनलाई आधिकारिक मान्यता दिनु नेपाली क्रिकेटका लागि ठुलो उपलब्धि मानिएको छ । आईसीसीको मान्यता पाउनु भनेको औपचारिक स्वीकृति मात्र नभएर समग्र नेपाली क्रिकेटमाथिको विश्वास बढेको भन्ने पनि बुझ्न सकिन्छ । आइसीसीको मान्यतासँगै यस सिजनका सबै खेलले आधिकारिक टी–२० को मान्यता पाएका छन्, जसबाट यी खेलहरुमा बन्ने रन र लिने विकेट खेलाडीको करिअरको आधिकारिक रेकर्डमा गणना हुनेछन् । अर्कोतर्फ आइसीसीको मान्यतापछि धमाधम अन्तर्राष्टिय क्रिकेटका सुपरस्टार खेलाडीहरु एनपीएलमा भित्रिने वातावरण पनि बनेको छ । यसअघि आधिकारिक मान्यता नहुँदा सक्रिय अन्तर्राष्ट्रिय खेलाडीहरू नेपाल आउन हिचकिचाउने गरेका थिए । साथै अब फ्रेन्चाइज टोलीहरूलाई टेस्ट राष्ट्रका सक्रिय खेलाडी भित्र्याउन कुनै समस्या नहुने भएको छ । अब फ्रेन्चाइजीले एक एसोसियटससहित कुल आठ विदेशी खेलाडी भित्राउन सक्ने भएका छन् । प्लेइङ–११ मा भने अधिकतम चार जना विदेशी खेलाडी तथा कम्तीमा एक जना एसोसिएट राष्ट्रका खेलाडी हुनुपर्ने नियम बनाइएको छ । त्यस्तै यस सिजनलाई विशेष बनाउने अर्को महत्वपूर्ण स्टेप हो डीआरएस अर्थात् ‘डिसिजन रिभ्यु सिस्टम’ । यो एनपीएलको तेस्रो सिजनमा क्रिकेट र क्रिकेट फ्यानहरुका लागि सबै भन्दा ठुलो कदम हो । डीआरएस प्रणालीअनुसार एलबीडब्लूको निर्णय जाँच्न थ्रीडी बल ट्र्याकिङ प्रविधि प्रयोग गरिनेछ, जसले बलको बाउन्स, स्विङ र स्टम्पमा लाग्ने सम्भावनाको रेखाङ्कन गर्छ । ब्याट र बलको सम्पर्क पत्ता लगाउन ‘एज डिटेक्सन’ र साउन्ड वेभ टेक्नोलोजी जडान गरिएको छ । यसका साथै रनआउट, स्टम्पिङ, फ्रन्ट फुट नोबल, वाइडको उचाइ र छक्काको दूरी नाप्न भिडियो रिभ्यु प्रयोग हुनेछ । प्रत्येक टोलीले प्रति इनिङ्स दुईवटा रिभ्युको अधिकार पाउनेछन् । क्यानका सचिव पारस खड्काका अनुसार यो प्रविधि मा लाग्ने लागत क्यान र आठवटै फ्रेन्चाइजले सहभुक्तानी गर्ने मोडल बनाइएको छ र यसका लागि करिब २ करोड खर्च हुने बताइएको छ । डीआरएसले म्याचको कुल समय करिब ३० मिनेट बढाउने भएकाले समय व्यवस्थापन गर्न क्यानले प्रारम्भिक रूपमा निकालेको खेल तालिकामा ३० मिनेट थप गरेको छ । त्यस्तै एनपीएलको तेस्रो सिजनमा म्याच फिक्सिङ र भ्रष्टाचार रोक्न आईसीसीको एन्टी करप्सन युनिटले खेलस्थल, ड्रेसिङ रुम र टोलीहरूमा निगरानी राख्ने भएको छ । नियमानुसार, रिटायर्डलगायत सबै विदेशी खेलाडीले आफ्नो सम्बन्धित क्रिकेट बोर्डबाट नो अब्जेक्सन सर्टिफिकेट अर्थात् एनओसी लिनैपर्ने अनिवार्य व्यवस्था छ भने एनपीएल सुरु हुनुभन्दा छ महिनाअघि कुनै पनि गैरमान्यताप्राप्त निजी लिग खेलेका खेलाडीले यहाँ खेल्न पाउने छैनन् । एनपीएलमा यसअघि पहिलो सिजनमा शिखर धवन र दोस्रो सिजनमा फाफ डु प्लेसिस खेलेर चर्चा बनाएका थिए भने उनीहरुको आगमनले एनपीएल र समग्र नेपाली क्रिकेटको प्रमोसनमा सहयोग पुगेको थियो । तर यसपटकको एनपीएलमा जोडिएका स्टार खेलाडीहरुका करण यसको रोमाञ्चकता बढ्ने निश्चित देखिएको छ । अहिलेसम्म अस्ट्रेलियाका पूर्वकप्तान डेभिड वार्नर काठमाडौं गोर्खाजबाट खेल्दैछन् भने वेस्ट इन्डिजका अलराउण्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट खेल्दैछन् । त्यस्तै बंगलादेशका अलराउन्डर शाकिब अल हसन पोखरा एभेन्जर्सबाट, इंग्ल्यान्डका मोइन अली र न्युजील्यान्डका जिमी निशम जनकपुर बोल्ट्सबाट खेल्दैछन् । त्यस्तै दक्षिण अफ्रीकाका डेभिड मिलर कर्णाली याक्सबाट, वेस्ट इन्डिजका शेरफेन रदरफोर्ड फाबियन एलेन सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन् । त्यस्तै पाकिस्तानी बलर हसन अली, जिम्बाबेका सिकन्दर राजा चितवन राइनोजबाट खेल्दैछन् । त्यसैगरी, पाकिस्तानका पूर्वफास्ट बलर शोएब अख्तर एनपीएलमा हिमालय स्पोर्ट्सको आधिकारिक ब्रोडकास्टिङमा एनालिस्टको भूमिकामा सहभागी हुने भएका छन् भने पोखरा एभेन्जर्सले भारतीय पूर्व खेलाडी इरफान पठानलाई ब्रान्ड एम्बासडरको रुपमा जोडेको छ । पुरस्कार रकम बढ्यो: तेस्रो संस्करणको विजेताले एक करोड ५० लाख रुपैयाँ पाउने भएको छ । आइतबार नेपाल क्रिकेट संघ (क्यान) ले पत्रकार सम्मलेन आयोजना गर्दै प्रतियोगिताको विजेताले पाउने रकमबारे जानकारी दिएको हो । त्यस्तै, उपविजेताले ८० लाख पाउने छ भने तेस्रो हुनेले ४० लाख र चौथो हुनेले ३० लाख पाउने भएको छ । यसअघि दोस्रो सिजनमा विजेतालाई १ करोड १० लाख रुपैयाँ पुरस्कार दिइएको थियो भने उपविजेताले ५१ लाख नगद पाएका थिए । त्यसैगरी तेस्रो हुने टिमले २५ लाख र चौथो स्थान हासिल गरेको टिमले १५ लाख नगद प्राप्त गरेका थिए । The post एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

विपत्बिच बढ्यो विद्युत् निर्यात
गोरखापत्र समाचारदाताकाठमाडौँ, कात्तिक ९ गते । भोटेकोशी र बुढीगण्डकी नदीमा आएको विनाशकारी बाढीका बिच पनि नेपालको विद्युत् निर्यातमा भने सकारात्मक सुधार देखिएको छ । नेपाल विद्युत् प... ...

एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेन शाहले गर्ने
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन प्रधानमन्त्री बालेन शाहले गर्ने भएका छन् । प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार प्रधानमन्त्री बालेन उद्घाटनका लागि अपराह्न त्रिवि क्रिकेट मैदान जाने... ...

चाँदीजस्तो देखिने सेतो धातुसहित चार जनालाई पक्राउ
काठमाडौं । कारको फल्स बटममा लुकाएर ल्याएको १४ किलो १८० ग्राम चाँदीजस्तो देखिने सेतो धातुसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ। हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोइन्ट नजिकबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा भारतको रक्सोल निवासी करिब ५० वर्षीय कार चालक रमेश कुमार साह सोनार, उनकी श्रीमती करिब ४२ वर्षीया चन्दा देवी सोनार, उनीहरूका १७ वर्षीय छोरा र चालककी भान्जी ...

प्रधानमन्त्री शाह एनपीएल उद्घाटनमा सहभागी हुने
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्घाटनमा सहभागी हुने भएका छन् । प्रधानमन्त्री शाहकी प्रेस विज्ञ दीपा दाहालले प्रधानमन्त्री एनपीएलको उद्घाटनमा सहभागी हुने बताइन् । कीर्तिपुर जानुअघि प्रधानमन्त्री शाहले फेसबुकमार्फत शुभकामना पनि दिएका छन् । उद्घाटन दिउँसो ५ बजे हुनेछ । ...


