एनपीएलको चौथो अर्धशतक लोकेश बमको नाममा

काठमाडौं । विराटनगरका किङ्सका लोकेश बम राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा अर्धशतक हिर्काउने चौथो खेलाडी बनेका छन्। लोकेशले आज कर्णाली याक्सविरूद्धको खेलमा ३२ बलमै ५० रन पूरा गरेका हुन्। उनको अर्धशतकमा ६ छक्का र १ चौका सामेल छ । यसअघि प्रतियोगिताको तेस्रो अर्धशतक जनकपुर बोल्ट्सका मोइन अलीको नाममा छ। अलीले काठमाडौं गोर्खाजकाविरूद्ध ४९ बलमा अर्धशतक पूरा गरेका थिए । यसअघि एनपीएलको दोस्रो अर्धशतक सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीको नाममा छ । ऐरीले पोखरा एभेन्जर्सकाविरूद्ध ३६ बलमै अर्धशतक पूरा गरेका थिए। जारी एनपीएलको पहिलो अर्धशतक भने चितवन राइनोजका डेभिड मलानको नाममा छ । मलानले विराटनगर किङ्ग्सका विरुद्ध ४१ बलमै अर्धशतक हिर्काएका थिए।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

‘इनम’सँग कनेक्सनको आरोपपछि बोले न्यायाधीश फुयाल, ‘अनुसन्धानका लागि सहयोग गर्छु’
काठमाडौं । उच्च पदस्थलाई प्रभावमा पारी विचौलियाको आरोपमा पक्राउ परेका विवादित इनम सापकोटासँगको कनेन्सनबारे आरोपपछि सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले प्रतिक्रिया जनाएका छन् । न्यायाधीश सापकोटा इनममार्फत् न्याय सम्पादनमा समेत सेटिङको आरोपबारे समाचार छापिएपछि विवादमा तानिएका छन् । उनले बिहीबार साँझ विज्ञप्ति जारी गर्दै ‘स्वतन्त्र, निष्पक्ष र सुशासनसहितको न्यायपालिकाप्रति आफ्नो पूर्ण प्रतिबद्धता रहेको दाबी गर्दै […] ...

एनपीएलमा दर्शकलाई सास्ती, क्यानले सुनेन गुनासो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सफलतापूर्वक सञ्चालन भइरहँदा पनि दर्शकले भोग्नुपरेका आधारभूत समस्याबारे नेपाल क्रिकेट संघको ध्यान नगएको भन्दै गुनासो बढेको छ । मैदान र खेलको आकर्षण बढे पनि टिकट व्यवस्थापन, पार्किङ, शौचालय, खानेपानी र खानाको मूल्यजस्ता विषयमा दर्शकले असुविधा भोग्नुपरेको गुनासो गरेका छन् । दर्शकका अनुसार पहिलो संस्करणदेखि उठ्दै आएका समस्या दोस्रो र तेस्रो संस्करणसम्म पनि दोहोरिएका ...

सुनकोसी मरिण डाइभर्सनका निर्देशक रिजाल पक्राउ
सुनकोसी मरिण डाइभर्सन आयोजनाका निर्देक कृष्णकुमार रिजाल पक्राउ परेका छन्। बिहीबार जिल्ला प्रहरी कार्यालय, सिन्धुलीको टोलीले रिजाललाई कार्यकक्षबाटै पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर, काठमाडौं उपस्थित गराउन पत्राचार गरेपछि रिजाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले जनाएको छ। आयोजनाका निर्देशक रिजाललाई बिहीबार नै जिल्ला प्रहरी कार्यालय, ... ...

गिटहबको ‘अक्टोभर्स’ प्रतिवेदनमा ‘भोटेकोशी बाढी’ पोर्टल उत्कृष्ट प्रोजेक्टमा समावेश
भोटेकोशी बाढीसम्बन्धी आधिकारिक सूचनालाई एकीकृत रूपमा प्रवाह गर्न तयार पारिएको ‘रसुवा–भोटेकोशी बाढी’ पोर्टललाई गिटहबले आफ्नो ‘अक्टोभर्स २०२६’ प्रतिवेदनमा वर्षकै उत्कृष्ट प्रोजेक्टका रूपमा उल्लेख गरेको छ । ...


