एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेन शाहले गर्नुहुने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री बालेन्द्र शाहले गर्नुहुने भएको छ । त्रिवि क्रिकेट मैदानमा आज साँझ ५ बजेदेखि एनपीएलका खेलहरू सुरु हुँदैछन् । प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री शाहले गर्नुहुने भएको हो । प्रधानमन्त्री शाहले आजै नेपाली क्रिकेटलाई शुभकामना पनि दिनुभएको थियो । करिब एक महिनासम्म सञ्चालन हुने प्रतियोगिताका लागि आयोजक नेपाल क्रिकेट संघ (क्यान) ले यसपटक विभिन्न नयाँ व्यवस्था गरेको छ । पहिलोपटक एनपीएलमा डीआरएस (डिसिजन रिभ्यु सिस्टम) प्रणाली लागू गरिएको छ । यसले खेलका क्रममा अम्पायरका निर्णयको पुनरावलोकन गर्न सहयोग गर्नेछ । त्यस्तै, विभिन्न देशका चर्चित विदेशी खेलाडीहरूको सहभागिताले प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक र आकर्षक बनाउने अपेक्षा गरिएको छ । प्रतियोगितामा आठ टोली सहभागी छन् । एनपीएलले नेपाली क्रिकेटको विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको क्रिकेटलाई थप चिनाउन महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

नेकपाको जागरण अभियान : घटेको जनमत बढाउने, सकेसम्म सदस्य थप्ने र नविकरणमा जोड दिइने
• नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी स्थानीय तह र प्रदेश सभा निर्वाचनको तयारीका लागि दुईमहिने जागरण अभियान सुरु गरेको छ। • अभियानमार्फत सदस्यता नवीकरण, जनसम्बन्ध सुदृढीकरण र उम्मेदवार छनोटमा जनताको अपेक्षाअनुसार जोड दिइनेछ। • महँगी, कालाबजारी र सरकारका जनविरोधी कामविरुद्ध जनतालाई जागरुक बनाउँदै आन्दोलनको तयारी गर्ने नेकपाको योजना छ। ...

डाक्टर केसीद्वारा सत्याग्रहको चेतावनी, सरकारलाई दुई दिनको अल्टिमेटम
काठमाडौं। चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले थप दुई दिनको अल्टिमेटम दिँदै आफ्ना मागबारे ध्यानाकर्षण गराएका छन्। केसीले सोमबार बिहान एक प्रेस विज्ञप्ति जारी गरी सरकारलाई दुई दिनको अल्टिमेटम थप गरी माग पूरा गर्न सम्झाएका हुन्। केसीले २ कात्तिकमा विभिन्न चार बुँदे माग राख्दै पूरा गर्न सरकारलाई एक साताको समय दिएका थिए। एक साताको अवधि पूरा हुँदा आफ्ना मागबारे सरकार ...

जुवा तास खेलिरहेको अवस्थामा चार लाख नगदसहित आठ जना पक्राउ
सुनसरी । जुवातास खेलिरहेको अवस्थामा इटहरीबाट रु चार लाख ५६ हजार नगदसहित आठ जना पक्राउ परेका छन् । इटहरी उपमहानगरपालिका–४ शान्तिचोकस्थित द इस्टन होटलमा आइतबार साँझ जुवातास खेलिरहेको अवस्थामा प्रहरी टोलीले... ...

हेटौँडामा कारको फल्स बटममा लुकाइएको १४ किलो चाँदीजस्तो धातुसहित चार जना पक्राउ
• मकवानपुरको हेटौँडामा चेकपोइन्ट नजिकबाट १४ किलो १८० ग्राम चाँदीजस्तो देखिने सेतो धातु बरामद गरिएको छ। • प्रहरीले कारमा सवार चार जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ, जसमा एक भारतीय चालक र उनका परिवारका सदस्य छन्। • बरामद गरिएको धातुको वास्तविकता पुष्टि गर्न परीक्षण भइरहेको छ। ...


