Sunday, October 18, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/एनपीएलको ‘अफिसियल टेलिकम पार्टनर’ बन्यो एनटीसी

एनपीएलको ‘अफिसियल टेलिकम पार्टनर’ बन्यो एनटीसी

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएलको ‘अफिसियल टेलिकम पार्टनर’ बन्यो एनटीसी

काठमाडौं । यही कात्तिक ९ देखि मंसिर ५ गतेगतेसम्म त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान, कीर्तिपुरमा सञ्चालन हुने नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल ३) प्रतियोगितामा नेपाल टेलिकम ‘अफिसियल टेलिकम पार्टनर’ रहने भएको छ। यस सम्बन्धी सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र नेपाल प्रिमियर लिग सिजन–३ को आयोजक नेपाल क्रिकेट संघ (क्यान) को तर्फबाट महाप्रबन्धक उत्सव ढुंगानाले हस्ताक्षर गरेका छन्। नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा भएको सम्झौता हस्ताक्षर कार्यक्रममा नेपाल टेलिकमको तर्फबाट प्रमुख प्राविधिक अधिकृत डिल्लीराम अधिकारीले राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगितामा कम्पनीले पहिलेदेखि नै सहयोग गर्दै आएको स्मरण गर्दै कम्पनीको ब्राण्ड इमेज बढाउन मात्र नभई नेपालमा क्रिकेट खेललाई संस्थागत रुपमा थप प्रवद्र्धन गर्नका लागि समेत यो सहकार्य उपयोगी हुने विश्वास व्यक्त गरे। यसले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्वलाई समेत व्यवहारमा लागु गर्न र दुई संस्था बिचको सहकार्यलाई बलियो बनाउन भूमिका खेल्ने उनले बताए। नेपाल क्रिकेट संघका महाप्रबन्धक उत्सव ढुंगानाले नेपाल टेलिकम जस्तो प्रतिष्ठित ब्राण्डसँग जोडिएर सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्दै यसबाट नेपाली क्रिकेट खेललाई अझै अगाडि बढाउन योगदान पुग्ने विश्वास व्यक्त गरे। उनले यो सहकार्यले भविष्यमा नेपालमा क्रिकेट खेललाई मात्र नभई खेलाडीको जीवनस्तरमा समेत परिवर्तन ल्याउन सहयोग पुग्ने अपेक्षा गरे। नेपाली खेलकुद क्षेत्रको संवद्र्धन एवम् प्रवद्र्धन गर्ने नेपाल सरकारको नीतिलाई यस सहकार्यले थप टेवा पुर्‍याउने विश्वास कम्पनीले लिएको छ। एनपीएलले हालै इन्टरनेसनल क्रिकेट काउन्सिल (आईसीसी) बाट मान्यता पाएकोमा टेलिकमले नेपाल क्रिकेट संघ क्यानलाई बधाई ज्ञापन गरेको छ। The post एनपीएलको ‘अफिसियल टेलिकम पार्टनर’ बन्यो एनटीसी appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

माइती–मावली सम्बन्ध प्रगाढ बनाउने पर्व दसैँ
ताजा खबरJust now

माइती–मावली सम्बन्ध प्रगाढ बनाउने पर्व दसैँ

काठमाण्डु – दसैँ नेपाली समाजमा धार्मिक आस्था र सांस्कृतिक परम्पराको निरन्तरतासँगै पारिवारिक सम्बन्ध नवीकरण गर्ने विशिष्ट पर्व हो । मान्यजनबाट टीका र जमरासहित आशीर्वाद ग्रहण गर्ने, आफन्तसँग भेटघाट गर्ने, मीठा परिकार खाने र सुखदु:ख साटासाट गर्ने चलनले यसपर्वलाई पूजाआजामा मात्र सीमित राखेको छैन । विशेषगरी माइती र मावलीबिचको सम्बन्ध प्रगाढ बनाउने, टाढिएका आफन्तलाई नजिक ल्याउने […] ...

काठमाण्डुपाटी
स्ट्रोकको जोखिम पहिचान गर्न अष्ट्रेलियाली अनुसन्धानकर्ताद्वारा एआई उपकरण विकास
ताजा खबरJust now

स्ट्रोकको जोखिम पहिचान गर्न अष्ट्रेलियाली अनुसन्धानकर्ताद्वारा एआई उपकरण विकास

काठमाडाैँ। अष्ट्रेलियाका अनुसन्धानकर्ताले डिएनए विश्लेषणमार्फत स्ट्रोकको आनुवंशिक जोखिम पहिचान गर्नसक्ने कृत्रिम बुद्धिमत्ता (एआई) उपकरण विकास गरेका छन् । यसले व्यक्तिअनुसार स्ट्रोकको जोखिम मूल्याङ्कन गर्न र रोकथामका उपायलाई थप प्रभावकारी बनाउन... ...

रातोपाटी
स्ट्रोकको जोखिम पहिचान गर्न अष्ट्रेलियाली अनुसन्धानकर्ताद्वारा एआई उपकरण विकास
ताजा खबरJust now

स्ट्रोकको जोखिम पहिचान गर्न अष्ट्रेलियाली अनुसन्धानकर्ताद्वारा एआई उपकरण विकास

मेलबर्न । अस्ट्रेलियाका अनुसन्धानकर्ताले डीएनए विश्लेषणमार्फत स्ट्रोकको आनुवंशिक जोखिम पहिचान गर्न सक्ने कृत्रिम बुद्धिमत्ता (एआई) उपकरण विकास गरेका छन् । यसले व्यक्तिअनुसार स्ट्रोकको जोखिम मूल्याङ्कन गर्न र रोकथामका उपायलाई थप... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play