एनपीएलका सात टोलीको लोगो अंकित एक्स्ट्रीमका विशेष क्यान बजारमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्स्ट्रीम इनर्जी ड्रिङ्कले सात टोलीका लोगो अंकित विशेष संस्करणका क्यान बजारमा ल्याएको छ। क्रिकेट समर्थकले आफूलाई मनपर्ने टोलीप्रतिको समर्थन फरक शैलीमा व्यक्त गर्न सकून् भन्ने उद्देश्यले कम्पनीले स्पेसल एडिसन क्यान सार्वजनिक गरेको हो। कम्पनीका अनुसार विशेष क्यानमा काठमाडौं गोर्खाज, लुम्बिनी लायन्स, विराटनगर किङ्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, कर्णाली याक्स र पोखरा एभेन्जर्सका लोगो समावेश गरिएका छन्। एनपीएलको तेस्रो संस्करणमा एक्स्ट्रीमले काठमाडौं गोर्खाज, लुम्बिनी लायन्स, विराटनगर किङ्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्ससँग मुख्य प्रायोजकका रूपमा साझेदारी गरेको छ। पोखरा एभेन्जर्ससँग भने जर्सीको छातीमा लोगो रहने गरी प्रायोजन साझेदारी गरिएको कम्पनीले जनाएको छ। क्रिकेटमा समर्थकले आफ्नो मनपर्ने टोलीप्रतिको माया जर्सी, झन्डा र हुटिङमार्फत व्यक्त गर्दै आएका छन्। यही भावनालाई जोड्दै एक्स्ट्रीमले टोलीको लोगो अंकित क्यानमार्फत समर्थकलाई आफ्नो रोजाइको टिमसँग जोड्ने प्रयास गरेको हो। कम्पनीका अनुसार यी विशेष क्यानले एनपीएलको उत्साहलाई क्रिकेट मैदान र दर्शकदीर्घाबाट बाहिर बजारसम्म विस्तार गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ। क्रिकेट हेर्दा, साथीभाइसँग खेलको चर्चा गर्दा वा समर्थकबीचको जमघटमा समेत मनपर्ने टोलीको पहिचान झल्काउन यी क्यान उपयोगी हुने कम्पनीको विश्वास छ। नेपाली क्रिकेटको लोकप्रियता बढ्दै गएको अवस्थामा युवा पुस्ताको रुचि र खेलप्रतिको आकर्षणलाई जोड्ने उद्देश्यले विशेष क्यान बजारमा ल्याइएको कम्पनीले जनाएको छ। एनपीएलका सात टोलीका लोगो अंकित एक्स्ट्रीम इनर्जी ड्रिङ्कका विशेष क्यान उपभोक्ताले नजिकका पसल तथा बिक्री केन्द्रबाट खरिद गर्न सक्ने कम्पनीले जनाएको छ। विशेष क्यानमार्फत क्रिकेट समर्थकले आफ्नो मनपर्ने टोलीको पहिचानलाई फरक शैलीमा प्रस्तुत गर्न सक्ने र एनपीएलको रौनकलाई मैदानबाहिर समेत विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। The post एनपीएलका सात टोलीको लोगो अंकित एक्स्ट्रीमका विशेष क्यान बजारमा appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

बुबाबिनाको दसैं औपचारिकता जस्तै : रेखा थापा
म चार–पाँच वर्षकी थिएँ होला, स्कर्ट लगाएकी थिएँ । लिंगेपिङमा मेरो पालो आउँदा जामा उडेर लाज होला भन्ने डरले कुनामा गएर टोलाएर बसेँ । ...

सप्तकोशीमा डुबेर बेपत्ता युवा मृत फेला
सुनसरी। सप्तकोशीमा पौडी खेल्ने क्रममा आइतबार साँझ बेपत्ता भएका बराहक्षेत्रका एक युवक साेमबार बिहान मृत फेला परेका छन्। बराहक्षेत्र नगरपालिका–१० बकुल्लाचापका २३ वर्षीय ओसन कोइरालाको शव आज बिहान फेला परेको... ...

बढ्यो सुन र चाँदी दुवैको भाउ
नेपाली बजारमा सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (सोमबार) छापावाल सुनको भाउ प्रतितोला २ लाख ९० हजार २ सय रुपैयाँ कायम गरिएको हो। हिजो आइतबार सुनको मूल्य तोलाको २ लाख ८९ हजार ७ सय रुपैयाँ थियो। यस्तै अघिल्लो दिनको तुलनामा चाँदीको भाउ पनि बढेको छ। सुनचाँदी व्यवसा... ...

सप्तकोशीमा डुबेर बेपत्ता युवा मृत फेला
सुनसरी।सप्तकोशीमा पौडी खेल्ने क्रममा आइतबार साँझ बेपत्ता भएका बराहक्षेत्रका एक युवक आज बिहान मृत फेला परेका छन्। बराहक्षेत्र नगरपालिका–१० बकुल्लाचापका २३ वर्षीय ओसन कोइरालाको शव आज बिहान फेला परेको हो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार निजको शव परीक्षणका लागि इनरुवास्थित जिल्ला अस्पताल पठाइएको इलाका प्रहरी कार्यालयले जनाएको छ। ...


