Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

एनपीएल तेस्रो संस्करण : जनकपुर चितवनविरुद्ध ८८ रनमै सीमित

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएल तेस्रो संस्करण : जनकपुर चितवनविरुद्ध ८८ रनमै सीमित
Photo / Coverage: विश्वखबर

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज भएको खेलमा जनकपुर बोल्ट्सले चितवन राइनोजलाई ८९ रनको झिनो लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा जम्मा ८८ रन जोड्न सकेको हो । जनकपुरका लागि कप्तान हरमित सिंहले सर्वाधिक २५ रन बनाए । विशाल सुस्लिङले १५, ओपनर सन्तोष कार्कीले १० र तृतराज दासले ५ रनको योगदान दिए । त्यस्तै रायन बर्ल ६, आदित्य महता ४, अविशेष तिवारी ४ रनमा आउट हुँदा ह्यारी टेक्टर र जिम्मी निसम रन नबनाइकनै पेभेलियन फर्के । बलिङतर्फ चितवनका रन्जित कुमारले ३ विकेट लिए । सिकन्दर राजा र कमिल मिसाराले समान २–२ विकेट लिए । रिजन ढकाल र कमलसिंह ऐरीले पनि समान १–१ विकेट लिए । अहिले चितवन राइनोज जवाफी ब्याटिङ गरिरहेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on विश्वखबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मधेस प्रदेशसभा शनिबार दिउँसो १ बजे आह्वान
Latest NewsJust now

मधेस प्रदेशसभा शनिबार दिउँसो १ बजे आह्वान

जनकपुर। मधेस प्रदेशसभाको बैठक शनिबार दिउँसो १ बजेदेखि बस्नेगरी आह्वान गरिएको छ । मधेस प्रदेश सरकार (मन्त्रिपरिषद्)को शुक्रबार बसेको बैठकको निर्णयअनुसार प्रदेशसभा आह्वान गर्न सिफारिस भएपछि प्रदेश प्रमुखले नेपालको संविधानको धारा... ...

रातोपाटी
नवनियुक्त चार न्यायाधीशले गरे पदवहाली
Latest NewsJust now

नवनियुक्त चार न्यायाधीशले गरे पदवहाली

काठमाडौँ । सर्वोच्च अदालतका नवनियुक्त चार न्यायाधीशहरूले पदवहाली गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा प्रधानन्यायाधीश डा मनोजकुमार शर्माबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि नवनियुक्त न्यायाधीशहरू डा रत्नबहादुर बागचन्द, चन्द्रबहादुर... ...

रातोपाटी
भीमफेदी दुर्घटनाका मृतकको शव आफन्तले बुझे [तस्बिरहरू]
Latest NewsJust now

भीमफेदी दुर्घटनाका मृतकको शव आफन्तले बुझे [तस्बिरहरू]

मृतकका आफन्त र सरकारले गठन गरेको दुर्घटना छानबिन समितिबीच राहत तथा क्षतिपूर्तिको विषय प्रतिवेदनमा समेट्ने सहमति भएपछि ...

हाम्राकुरा
घाइते रास्वपा कार्यकर्ताको उपचार र न्यायको माग
Latest NewsJust now

घाइते रास्वपा कार्यकर्ताको उपचार र न्यायको माग

छठ पर्वको अवसरमा रास्वपाले बिहीबार आयोजना गरेको कार्यक्रममा झडप भएको थियो । असलमका अनुसार उनीसहित चार जना घाइते भएका छन् भने तीन जनाको हात भाँचिएको छ । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play