एनपीएल खेल्न नेपाल आइपुगे बंगलादेशी क्रिकेटर अरिफुल इस्लाम

काठमाडौं । कर्णाली याक्समा अनुबन्धित दुई बंगलादेशी क्रिकेटर अरिफुल इस्लाम र अकबर अली नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आइपुगेका छन्। तेस्रो एनपीएल खेल्न दुई खेलाडी नेपाल आइपुगेको क्लबले जनाएको छ। उनीहरूलाई काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कर्णाली याक्सका प्रतिनिधिले स्वागत गरे। बंगलादेशको यू–१९ टोलीबाट विश्वकप खेलिसकेका अरिफुलले अस्ट्रेलियामा आयोजित टप इन्ड टी–२० सिरिजमा सानदार प्रदर्शन गरेका थिए। उनले ७ खेलमा २१९ रन बनाएका थिए। दुई अर्धशतक प्रहार गरेका उनी प्रतियोगितामा सर्वाधिक रन बनाउने ब्याटरको सूचीमा तेस्रो स्थानमा थिए। उनले अघिल्लो संस्करण बंगलादेश प्रिमियर लिगमा सिल्हेट स्ट्राइकर्सबाट खेलेका थिए। त्यस्तै २४ वर्षीय अकबर अली सन् २०२० मा बंगलादेशले पहिलोपटक आइसिसी यू–१९ विश्वकप जित्दाका कप्तान हुन्। दक्षिण अफ्रिकामा भएको उक्त प्रतियोगिताको फाइनलमा भारतलाई तीन विकेटले पराजित गर्दै बंगलादेशले उपाधि जितेको थियो। कर्णालीले दुई बंगलादेशका खेलाडीसहित कूल चार खेलाडी अनुबन्ध गरिसकेको छ। कर्णालीमा यसपटक पुन: स्कटल्यान्डका मार्क वाट देखिँदै छन्। यस्तै पाकिस्तानका अलराउन्डर हुसैन तलात पनि अनुबन्ध भएका छन्। कात्तिक ९ बाट सुरु हुने एनपिएलको लागि कर्णालीको मार्कीमा सोमपाल कामी छन्। यस्तै, राष्ट्रिय टिमबाट खेलिरहेका अलराउन्डर गुल्शन झा र बलर नन्दन यादव पनि कर्णालीमै छन्। टोलीमा विपिन शर्मा, युनिस विक्रम सिंह र दीपेन्द्र रावतसँगै पवन सरार्फ, युवराज खत्री, दीपक डुम्रे, सुर्य तामाङ, दिवान पुन, सचिन शर्मा र शिवम तिवारीलाई अनुबन्ध गरेको छ। The post एनपीएल खेल्न नेपाल आइपुगे बंगलादेशी क्रिकेटर अरिफुल इस्लाम appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

सामान्य प्रशासनमन्त्री रावल कात्तिक ९ गते चितवन जाँदै
काठमाडौँ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल मंसिर ९ गते बिहान चितवन भ्रमणमा जाने भएकी छन् । भ्रमणका क्रममा मन्त्री रावलले भूमिहीन तथा सुकुम्बासीका समस्या, सहकारी पीडितका गुनासा र भूमि व्यवस्थापनसम्बन्धी विषयमा छलफल गर्ने मन्त्रालयले जनाएको छ । यस्तै भरतपुर र कालिका नगरपालिकाका नागरिकसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ। मन्त्रालयबाट हालसम्म भएका काम, आगामी योजना तथा नागरिकका गुनासा ...

दसैँ मनाएर काठमाडौँ फर्किनेको लर्को
काठमाडौं । दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेका छन् । यात्रुहरू फर्किन थालेपछि उपत्यका भित्रिने प्रमुख नाकाहरूमा सवारी चाप बढ्न थालेको छ । घरबाट फर्किने यात्रु र सवारीसाधनको सङ्ख्या बढेसँगै नागढुङ्गा–कलङ्की, जडीबुटी–कोटेश्वर, भक्तपुरको जगाती, तथा दक्षिणकाली–फर्पिङलगायतका सडकखण्डमा सवारीसाधनको चाप बढेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । उपत्यका फर्किने यात्रुको चाप दिनहुँ बढ्न थालेपछि आवागमन सहज बनाउने, सवारी ...

दुर्व्यसनविरुद्ध कावासोतीका तीन युवा मेची–महाकाली साइकल यात्रामा
युवालाई दुर्व्यसनबाट टाढा रहन र नियमित व्यायाम गर्न प्रेरित गर्ने उद्देश्यले उनीहरूले नेपाल–भारत सीमा क्षेत्रबाट यात्रा थालेका हुन्। ...

दसैँ मनाएर फर्किने यात्रुको चाप बढ्दै, नाकामा सवारीको लर्को
काठमाडौं।दसैँको बिदा सकिएसँगै काठमाडौं उपत्यका फर्किने यात्रुहरूको संख्यामा वृद्धि भएको छ। यात्रु र सवारीसाधनको चाप बढेसँगै उपत्यका भित्रिने प्रमुख नाकाहरूमा सवारीसाधनको लर्को देखिन थालेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नागढुङ्गा-कलङ्की, जडीबुटी-कोटेश्वर, भक्तपुरको जगाती तथा दक्षिणकाली-फर्पिङ सडकखण्डमा सवारीसाधनको चाप उच्च बनेको छ। दसैँ मनाउन घटस्थापनादेखि कात्तिक ३ गतेसम्म पाँच लाख ७६ हजारभन्दा बढी यात्रु उपत्यकाबाट बाहिरिएका थिए। बिदा सकिएपछि उनीहरू ...


