Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

एनपिएलमा नेपाली खेलाडीको दबदबा

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपिएलमा नेपाली खेलाडीको दबदबा
Photo / Coverage: नेपालन्युज

काठमाडौं।काठमाडौंमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगिताको सुरुवाती चरणमा नेपाली खेलाडीले ब्याटिङ र बलिङ दुवैतर्फ प्रभावशाली प्रदर्शन गरेका छन्। प्रतियोगिताका १३ खेल सम्पन्न हुँदा नेपाली खेलाडीले विदेशी खेलाडीसँग प्रतिस्पर्धा गर्दै व्यक्तिगत प्रदर्शनमा आफूलाई अब्बल साबित गरिरहेका छन्। यसअघिका संस्करणमा सुरुवाती चरणदेखि विदेशी खेलाडीको प्रदर्शनले बढी चर्चा पाउने गरेकामा यस पटक नेपाली खेलाडीले पनि ब्याटिङ र बलिङमा निरन्तर प्रभाव छाडेका छन्। विशेष गरी युवा खेलाडीको प्रदर्शनले प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक बनाएको छ। ब्याटिङतर्फ विराटनगर किङ्सका नेपाली ब्याटर लोकेश बम सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा शीर्ष स्थानमा छन्। उनले चार खेलमा १६२.०६ को स्ट्राइक रेटमा १८८ रन बनाइसकेका छन्। यस क्रममा उनले दुई अर्धशतक प्रहार गरेका छन्। विराटनगरको लगातार दुई जितमा लोकेशको ब्याटिङ महत्त्वपूर्ण बनेको थियो। आक्रामक ब्याटिङ गरिरहेका उनले छोटो समयमै ठूलो स्कोर बनाउन सक्ने क्षमता देखाएका छन्। सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा दोस्रो स्थानमा विराटनगरकै वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल छन्। उनले चार खेलमा एक अर्धशतकसहित १४१ रन बनाएका छन्। अन्तर्राष्ट्रिय क्रिकेटमा स्थापित रसेलसँगै नेपाली ब्याटरले सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा अग्रता लिनु घरेलु क्रिकेटका लागि सकारात्मक पक्ष हो। लोकेश बाहेक नेपाली युवा ब्याटर पवन सर्राफ र इमरान शेखले पनि राम्रो प्रदर्शन गरिरहेका छन्। पवनले १०३ र इमरानले १०० रन बनाइसकेका छन्। नेपाली ब्याटरले व्यक्तिगत प्रदर्शनमा सुधार गर्दै टोलीको जितमा समेत योगदान पुर्‍याउन थालेका छन्। विराटनगर किङ्सका निर्देशक दीपेन्द्र चौधरीले एनपिएलमा नेपाली खेलाडीले देखाएको प्रदर्शन नेपाली क्रिकेटका लागि सुखद रहेको बताए। प्रतियोगिताको सुरुवाती चरणमै घरेलु खेलाडीले विदेशी खेलाडीसँग प्रतिस्पर्धा गर्दै आफ्नो क्षमता देखाउनु सकारात्मक संकेत भएको उनको भनाइ छ। “जारी एनपिएलको सुरुवाती चरणमा नेपाली खेलाडीबाट राम्रो प्रदर्शन देखिएको छ। प्लेयर अफ द म्याच अवार्ड जित्ने खेलाडीको सूचीमा पनि घरेलु खेलाडी अगाडि देखिएका छन्। यो नेपाली क्रिकेटका लागि राम्रो संकेत हो”, पूर्व राष्ट्रिय क्रिकेट खेलाडी समेत रहेका चौधरीले भने। ब्याटिङमा मात्र नभई बलिङतर्फ पनि नेपाली खेलाडीको प्रदर्शन उल्लेखनीय छ। सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा कर्णाली याक्सका कप्तान सोमपाल कामी शीर्ष स्थानमा छन्। उनले तीन खेलमा ८.२० को इकोनोमी रेटमा सात विकेट लिएका छन्। सोमपालले प्रभावकारी बलिङ गर्दै विपक्षी ब्याटरलाई दबाबमा राखेका छन्। कप्तानीसँगै बलिङ र ब्याटिङ दुवैतर्फ जिम्मेवारीपूर्ण प्रदर्शन गरिरहेका उनको लय कर्णालीका लागि महत्त्वपूर्ण बनेको छ। सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा इङ्ग्यान्डका मोइन अली र श्रीलङ्काका एन्जेलो म्याथ्युज पनि छन्। उनीहरू दुवैले समान चार खेलमा सात–सात विकेट लिएका छन्। यस्तै, सुदूरपश्चिम रोयल्सका युवा स्पिनर अनिल खरेलले पनि प्रभावशाली बलिङ गरिरहेका छन्। उनले चार खेलमा ६.१२ को इकोनोमी रेटमा छ विकेट लिएका छन्। विपक्षी ब्याटरलाई खुलेर रन बनाउन नदिने उनको क्षमताले सुदूरपश्चिमको बलिङलाई थप मजबुत बनाएको छ। जनकपुर बोल्ट्सबाट पहिलो पटक एनपिएल खेलिरहेका १६ वर्षीय तीव्र गतिका बलर राहुल यादव पनि यस संस्करणका आकर्षण बनेका छन्। उनले चार खेलमा सातको इकोनोमी रेटमा ६ विकेट लिएका छन्। जनकपुरको दुई जितमा राहुलको योगदान महत्त्वपूर्ण रहेको छ। कम उमेरमै ठूलो प्रतियोगितामा अवसर पाएका राहुलले आफ्नो बलिङ क्षमतामार्फत समर्थकको ध्यान खिचेका छन्। उनी यस संस्करणमा ‘प्लेयर अफ द म्याच’ समेत घोषित भइसकेका छन्। अनुभवी विदेशी तथा राष्ट्रिय टोलीका खेलाडीसँगै मैदानमा उत्रिएर आत्मविश्वासपूर्ण प्रदर्शन गरेका राहुल नेपाली क्रिकेटको भविष्यका लागि सकारात्मक सम्भावना भएको जनकपुरमा आबद्ध इङ्ग्ल्यान्डका अलराउन्डर मोइन अलीले बताएका छन्। उनले राहुललाई ‘नेपाली मलिङ्गा’ को उपमा समेत दिएका छन्। विराटनगर किङ्सका निर्देशक चौधरीका अनुसार एनपिएलले नेपाली खेलाडीलाई अन्तर्राष्ट्रियस्तरका खेलाडीसँग एउटै प्रतियोगितामा खेल्ने र आफ्नो क्षमता परीक्षण गर्ने अवसर दिएको छ। नेपाली खेलाडीले देखाएको निरन्तरता र आत्मविश्वासले घरेलु क्रिकेटको स्तरमा सुधार भइरहेको संकेत गरेको उनको भनाइ छ। “विगतका संस्करणमा सुरुवातदेखि नै विदेशी खेलाडीले प्रभाव जमाउँदै आएका थिए। तर, यसपालि नेपाली खेलाडीबाट पनि निरन्तर उत्कृष्ट प्रदर्शन देखिएको छ”, उनले भने। नेपाल क्रिकेट संघ (क्यान) का पूर्वछनोट समिति संयोजकसमेत रहनुभएका चौधरीले प्रतियोगिताभर नेपाली खेलाडीको प्रदर्शन यही लयमा कायम रहने विश्वास व्यक्त गरे। पूरा सिजनमा घरेलु खेलाडीले अझ राम्रो प्रदर्शन गर्दै टोलीको नतिजामा निर्णायक भूमिका खेल्न सक्ने उनको भनाइ छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कमला पुल मङ्सिरदेखि सञ्चालन गर्ने तयारी, हुलाकी सडकको सीमाभित्रका संरचना हटाइँदै
Latest NewsJust now

कमला पुल मङ्सिरदेखि सञ्चालन गर्ने तयारी, हुलाकी सडकको सीमाभित्रका संरचना हटाइँदै

जनकपुरधाम । तराई–मधेसको ‘लाइफलाइन’ मानिने हुलाकी राजमार्गअन्तर्गत धनुषाको जनकपुरधामस्थित कदमचोकदेखि कमला नदीको पुलसम्म सडक सीमाभित्र निर्माण गरिएका अनधिकृत संरचना हटाउन थालिएको छ । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालयले सडक सीमाभित्र निर्माण... ...

रातोपाटी
एनपीएलमा नेपाली खेलाडीको प्रभावशाली प्रदर्शन, ब्याटिङ र बलिङ दुवैतर्फ अब्बल
Latest NewsJust now

एनपीएलमा नेपाली खेलाडीको प्रभावशाली प्रदर्शन, ब्याटिङ र बलिङ दुवैतर्फ अब्बल

काठमाडौँ । काठमाडौँमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगिताको सुरुआती चरणमा नेपाली खेलाडीले ब्याटिङ र बलिङ दुवैतर्फ प्रभावशाली प्रदर्शन गरेका छन् । प्रतियोगिताका १३ खेल सम्पन्न... ...

रातोपाटी
फूल खेती रमाएकी बागलुङकी कमला थापा
Latest NewsJust now

फूल खेती रमाएकी बागलुङकी कमला थापा

बागलुङ । बागलुङ नगरपालिका-१ रामरेखाको मैनडाँडाकी कमला थापाको पछिल्ला दिनमा परिचय फेरिएको छ । उनलाई धेरैले सफल कृषकको परिचय दिएकी छन् । त्यसमा पनि फूले खती गर्ने कृषकका रूपमा उनले नाम कमाएको छ । फूल खतीले उनलाई नामसँगै दाम पनि दिएको छ । सुरुआती दिनमा उनले प्लास्टिक टनेलमा व्यावसायिक तरकारी खेती गर्थिन्। पछिल्लो तीन वर्षदेखि तरकारी छाडेर उनी फूल खेतीमा लागिन् ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play