Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

एकै महिनामा ‘नेपाल लाइफ समृद्धि लगानी योजना’को नाफा ८७ प्रतिशतले घट्यो,सुरुवाती पुँजी नै साढे ११ करोडले गुम्यो

Share:WhatsAppFacebookX (Twitter)Telegram
एकै महिनामा ‘नेपाल लाइफ समृद्धि लगानी योजना’को नाफा ८७ प्रतिशतले घट्यो,सुरुवाती पुँजी नै साढे ११ करोडले गुम्यो
Photo / Coverage: टक्सार

काठमाडौँ । नेपाल लाइफ म्युचुअल फन्ड अन्तर्गत सञ्चालित ‘नेपाल लाइफ समृद्धि लगानी योजना’को वित्तीय अवस्था एक महिनामै नराम्ररी खस्किएको छ । योजनाले सार्वजनिक गरेको २०८३ कार्तिक मसान्तको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो महिना अर्थात असोजको तुलनामा खुद नाफामै करिब ८७ प्रतिशतले गिरावट आएको छ भने सुरुवाती पुँजी नै ११ करोडले गुमेको छ । लगानीकर्ताले एक महिनामै ५.७७ प्रतिशत अर्थात ११ करोड ५३ लाख ९९ हजार रुपैयाँ गुमाएका हुन् । प्रति इकाई १० रुपैयाँ अङ्कित मूल्यमा २० करोड इकाई जारी गर्दै २ अर्ब रुपैयाँको आकारबाट कोष योजना सुरु भएको थियो । कार्तिक मसान्तसम्म आइपुग्दा कोषको आकार नै १ अर्ब ८८ करोड ४६ लाख रुपैयाँमा खुम्चिएको छ । पछिल्लो एक महिनामै योजनाको खुद सम्पत्ति ६ करोड ८२ लाख ४७ हजार रुपैयाँ (३.४९ प्रतिशत) ले ओरालो लागेको छ । एकै महिनामा कोषको नाफामा ६ करोड ५३ लाख रुपैयाँभन्दा बढीको गिरावट आएको छ । कार्तिक मसान्तमा खुद नाफा ९९ लाख २९ हजार रुपैयाँमा सीमित भएको छ जबकि असोज मसान्तमा ७ करोड ५२ लाख ४६ हजार रुपैयाँ थियो । सम्पत्ति र नाफामा आएकोे भारी गिरावटसँगै ‘नेपाल लाइफ समृद्धि लगानी योजना’को प्रति इकाई खुद सम्पत्ति मूल्य (न्याभ) पनि असोजको ९ रुपैयाँ ७६ पैसाबाट ३४ पैसाले घटेर ९ रुपैयाँ ४२ पैसामा झरेको वित्तीय विवरणमा उल्लेख छ । योजना सुरु भएयता लगानीकर्ताले प्रति इकाई ५८ पैसा साँवा गुमाइसकेको विवरणले देखाउँछ । व्यवस्थापकीय खर्च झन् बढ्योवित्तीय विवरणले आम्दानी र खर्चबिचमा निकै असन्तुलन देखाएको छ । असोज मसान्तमा १७ करोड ७ लाख २७ हजार रुपैयाँ रहेको कुल आम्दानी कार्तिकमा २९.४५ प्रतिशतले घटेर १२ करोड ४ लाख ५६ हजार रुपैयाँमा झरेको छ । योजनाको आम्दानी, नाफा र सम्पत्तिमा ठुलो पहिरो जाँदासमेत कोषको सञ्चालन तथा व्यवस्थापकीय खर्च भने झन् बढेको वित्तीय विवरणले देखाउँछ । असोजमा ९ करोड ५४ लाख ८१ हजार रुपैयाँ रहेको कुल खर्च कार्तिकमा १५.७६ प्रतिशतले बढेर ११ करोड ५ लाख २६ हजार रुपैयाँ पुगेको छ । कोषले कुल सम्पत्तिको करिब २२ प्रतिशत अर्थात् ४१ करोड ७६ लाख रुपैयाँ बैंक मौज्दातमै निष्क्रिय राखेको छ । कोषले उत्पादन तथा प्रशोधन समूहमा २३ करोड १ लाख, जलविद्युतमा १८ करोड ८१ लाख र लघुवित्तमा १६ करोड ६८ लाख रुपैयाँ जस्ता उच्च उतारचढाव हुने क्षेत्रमा ठुलो लगानी केन्द्रित गरेको तथ्याङ्कले देखाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
Latest NewsJust now

यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो (भारतीय)... ...

रातोपाटी
अमेरिकी वायुसेना प्रमुख क्लाउड कम्प्युटिङ प्रणाली ‘क्लाउड वन’ मा ह्याकरको पहुँच
Latest NewsJust now

अमेरिकी वायुसेना प्रमुख क्लाउड कम्प्युटिङ प्रणाली ‘क्लाउड वन’ मा ह्याकरको पहुँच

वाशिङ्टन । अमेरिकी वायुसेनाको प्रमुख क्लाउड कम्प्युटिङ प्रणाली ‘क्लाउड वन’ मा ह्याकरहरूले अनधिकृत पहुँच बनाएका छन्। यसबाट संवेदनशील सैन्य रणनीति, कर्मचारी विवरण तथा सैन्य सामग्री र आपूर्तिसम्बन्धी ठूलो परिमाणको तथ्यांक जोखिममा पर्न सक्ने तीन जना जानकार व्यक्तिले रोयटर्सलाई बताएका छन्। प्रणाली स्तरोन्नतिको काम भइरहेका बेला करिब एक महिनाअघि क्लाउड वनमा साइबर आक्रमण भएको पत्ता लागेको तीमध्ये दुई जनाले बताए। उनीहरूका अनुसार ...

केन्द्रबिन्दु
‘नझरेका फूलहरू’मा कवि रोशन परियारका कविता र नारायणगोपालका गीत
Latest NewsJust now

‘नझरेका फूलहरू’मा कवि रोशन परियारका कविता र नारायणगोपालका गीत

काठमाडौँ, मङ्सिर १३ गते । स्वरसम्राट् नारायणगोपालको स्मृतिमा ‘नझरेका फूलहरू’ले मङ्सिर महिनाभर विभिन्न साहित्यिक तथा सांगीतिक कार्यक्रम आयोजना गरिरहेको छ । यसैक्रममा मङ्सिरको दोस्रो... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement